एनसेल एप क्याम्प २०१५ का विजेताहरु

  • Get News Alerts

नेपालको मोवाइल सेवा प्रदायक एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको एनसेल एपक्याम्प २०१५ सकिएको छ। यसमा सर्वोत्कृष्ट विजेता खेल तथा मनोरन्जन विधाबाट ‘अननेम्ड भिआर’ घोषित भएको छ। 
 
सर्वोत्कृष्ट विजेता भएसँगै थ्रिडी हरर गेम एप ‘अननेम्ड भिआर’ थ्रिडी हरर गेम एप विकास गर्ने टोलीले विधागत विजेताको तर्फबाट २  लाख ५० हजार रुपैयाँ र सर्वोत्कृष्ट विजेताको तर्फबाट ५ लाख रुपैयाँ सहित नगद ७ लाख ५० हजार रुपैयाँ जितेको छ। त्यस्तै सर्वोत्कृष्ट विजेताले २०१६ मा हुने अन्तर्राष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पनि पाउनेछन् ।
 
एप क्याम्पमा २०१५ मा खेल तथा मनोरन्जनबाट अननेम्ड भिआर, स्वास्थ्यबाट स्किन कन्सल्ट, युटिलीटीबाट पिनपिक्स र पर्यटनबाट निडर विधागत विजेता भएका छन्। प्रत्येक टोलीले २ लाख ५० हजार रुपैयाँ नगद उपहार प्राप्त गरेका छन्।
 
विगत पाँच महिनादेखि जारी एनसेल एप क्याम्पमा प्रतियोगिताका लगि दर्ता भएका ७२८ आइडिया मध्ये १५० आइडिया प्रतियोगिताको लागि छनोटमा परेका थिए । ती सबैलाई उछिन्दै यी टोलीहरुले विजेताको उपाधी हासिल गरेका हुन्।
 
अननेम्ड भिआर, खेल तथा मनोरन्जन, विधागत तथा सर्वोत्कृष्ट विजेताः
अननेम्ड भिआर एक थ्रीडी सर्भाइभल हरर गेम एप हो जसको निर्माण डेभलपर शीतल कुमार महर्जन (टोली नेता) र विवेक शाही ठकुरी, डिजाइनरहरु मनिस श्रेष्ठ र प्रवेश मानन्धरले गरेका हुन्। यो टोली एपक्याम्पमा आउनुअघि पहिलेदेखि नै यस क्षेत्रमा काम गर्दै आइरहेको  छ। यो टोलीले हालसम्म ७ वटा गेम एपहरु निर्माण गरिसकेको छ। 
 
‘हामीहरु यो क्षेत्रमा काम त गरिरहेका थियौँ तर हामीले बजारीकरण गर्न भने सकेका थिएनौँ। हामीलाई एपको विकास गरेर त्यसलाई कसरी व्यवसायिक बनाउने, एपबजारमा कसरी चिनाउने, कसरी उपयोगी बनाउने भन्ने निर्देशनको अभाव थियो। यो एनसेल एपक्याम्पले पुरा गरिदिएको छ। एनसेल एपक्याम्पमा हामीले सम्बन्धीत क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तित्वहरुबाट एपको दिगोपना र व्यवसायिकरणका लागि कसरी काम गर्ने भन्ने सिकेका छौँ,’ शीतलले भने, ‘एनसेलले हामीलाई प्लेटफर्म दिएको छ। हामीले यहाँबाट पाएको ज्ञान र उपहारलाई हाम्रो एपको विकास र व्यवसायीकरणमा लगाउनेछौँ।’
 
स्किन कन्सल्ट, स्वास्थ्यः
स्किन कन्सल्ट एप, फोटा र समस्याको विवरण मार्फत् छाला सम्बन्धी समस्याहरुको पहिचान र समाधान गर्न लागि निर्माण गरिएको एप हो। यसको विकास छाला विशेषज्ञ डा. रुपक घिमिरे (टोली नेता) र डिजाइनरहरु आर्जन बास्कोटा र रोबस गौलियसले गरेका हुन्। 
 
‘हाम्रो क्षेत्रमा छालासम्बन्धी थुप्रै समस्याहरु लिएर आउने विरामीहरु छन्। उनीहरु फेसबुक, भाइबर वा अन्य माध्यमबाट हामीलाई सोध्ने गरिरहने कारणले यस्तो एप निर्माण गर्ने आइडीया आएको हो। धेरै जनालाई एकैपटक सहयोग गर्न सकियोस् भनेर हामीले यो एपको विकास गरेका हौँ, डा. रुपकले भने, ‘तर यो हाम्रो सोच हामीसँग मात्र थियो, एनसेल एपक्याम्पले हामीलाई हाम्रो आइडीया चिनाउने, यसको विकास र व्यवसायीकरण कसरी गर्ने भन्नेमा ठूलो सहयोग गरेको छ।’
 
निडर, युटीलीटीः 
निडर एप समाजमा हुने लैंगिक हिंसा कम गरेर सुरक्षित र सशक्त बनाउनका लागि समाजमा भएका हिंसाहरुको रिपोर्ट गर्ने, सहयोग तथा जानकारी प्रदान गर्नका लागि निर्माण गरिएको एप हो। यो एपको निर्माण अमुदा मिश्र (टोली नेता),  डेभ्लपर निरन मानन्धर र विजनेस डेभ्लपर वात्शल राजभण्डारी र रोजीना कर्मचार्यले गरेका हुन्। 
 
‘हाम्रो देशमा लैगिंक हिंसा व्याप्त छ। यसबाट सुरक्षित महसुस गराउन र उनीहरुलाई सशक्त बनाउने उद्देश्यले यो एप निर्माण गरिएको हो। समाजमा भएका यस्ता हिंसाका पीडितहरुलाई एपको मार्फत् सहयोग गर्न हामी यो कार्यमा अघि बढेका हौँ, अमुदा मिश्रले भनिन्, ‘यस कामका लागि एनसेल एपक्याम्पले हामीलाई ठूलो मद्दत गरेको छ। एनसेल आफैँमा मा एक ब्राण्ड नेम भएका कारण हामीलाई मार्केटिङमा सहज भएको छ। हामी विजेता भएपछि नै हामीलाई हाम्रो एपको बारेमा धेरैले सोधपुछ गर्न थालेका छन्।’
 
पीनपीक्स, पर्यटनः
पीनपीक्स एप स्मार्टफोनको क्यामराको माध्यमबाट नेपालका प्रमुख हिमाल तथा पहाडहरुको पहिचान गर्न, खोज्न र स्थान पत्ता लगाउन मद्दत गर्ने एप हो। यसको निर्माण रोहित श्रेष्ठ (टोली नेता), डेभ्लपरहरु रितेश जंग थापा, आतिश न्यौपाने, डिजाइनर हिल्सन श्रेष्ठ र बिजनेस डेभ्लपर सोहील लाल श्रेष्ठले गरेका हुन्। 
 
‘हाम्रो एपले नेपालका प्रमुख हिमाल तथा पहाडहरुको बारेमा जानकारी दिन्छ। नेपालको पर्यटनमा यसले मद्दत पुर्याउँछ भन्ने हाम्रो विश्वास छ,’ रोहित श्रेष्ठले भने, ‘हाम्रो एपको विकास, व्यवसायिकरण र बजारमा उतार्ने काम एनसेल एपक्याक्पले गरेको हो। यहाँसम्म नआउँदासम्म हामीसँग आइडीया मात्र थियो, यही आइडीयालाई एपक्याम्पले विकसित रुप दिएको छ।’
 
एनसेलले छनोटका लागि एपको आवश्यक्ता, एपबाट समाधान हुने समस्या, एपको व्यापार सम्भावना साथै प्रतियोगीहरूको प्रस्तुतिलाई मुख्य आधार बनाइएको थियो । छनोटमा परेका समूहलाई दिएको विभिन्न चरणको सेमिनार र तालिम पश्चात अन्तिम प्रतिस्पर्धाको लागि प्रत्येक विधाबाट ६/६ वटा छानिएका थिए ।
 
एनसेलले एप छनोटका लागि एपको आवश्यक्ता, एपबाट समाधान हुने समस्या, एपको व्यापार सम्भावनाका साथै प्रतियोगीहरूको प्रस्तुतिलाई मुख्य आधार बनाइएको थियो ।  यस पटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् ।
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...