'खेल तथा मनोरञ्जन' एप्सको नेपालमा सम्भावना

  • Get News Alerts

एनसेल एप क्याम्प २०१५ देशकै सबैभन्दा ठूलो एप विकास सम्बन्धि भेला र प्रतियोगिता हो। एप्ससम्बन्धी व्यवसायिक रुचि र चासो भएकाहरुलाई बाहिर ल्याउनका लागि र आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत एनसेलले गत वर्षदेखि एप क्याम्प सुरु गरेको हो । 
 
एनसेल एप क्याम्प २०१५ मा खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी गरी ४ वटा विधाहरु रहेका छन्।
 
आजभोलि प्राय सबैले स्मार्टफोन नै रुचाउँछन्। स्मार्टफोनको प्रकारअनुसार लगभग सबै फोनहरुमा हुने एपहरुले यिनीहरुको लोकप्रियता झनै बढाउँछ। यस्ता एपहरु मध्ये पनि रोचक खेल र मनोरञ्जनका एपहरु प्रायः हरेक फोनहरुमा हुने गर्छन्। ग्याजेटको संसारमा ती एपहरुको कति धेरै महत्व छ भनेर त्यहाँ लोड गरिएका एपहरुले नै स्पस्ट पार्छन्। 
 
खेल र मनोरञ्जनका एपहरुको व्यवसाय विश्व बजारमै फस्टाउँदो छ। यसै कुरालाई मध्यनजर गर्दै खेल तथा मनोरञ्जन विधामा नेपालमा बन्न सक्ने नौला तथा रोचक एपहरुलाई बाहिर उजागर गर्ने काम एनसेल एपक्याम्पले गरेको छ। 
 
कुनै पनि सोच वा विचारले समाजका समस्याहरु समाधान गर्ने, मद्दत गर्ने र आर्थिक रुपमा फाइदा गराउँदैन भने त्यसको कुनै अर्थ रहँदैन। त्यसैले यस्ता सोच वा विचारहरुलाई मूर्त रुप दिनका लागि एनसेल एपक्याम्पले खेल तथा मनोरञ्जन विधामा एप विकास गर्नेहरुको निश्चित टोली छनोट गरी तालिम तथा सेमिनारहरुको आयोजना गर्दै आएको छ। यस्ता तालिम तथा सेमिनारहरुको माध्यमबाट आफ्नो कार्यक्षमतालाई सही र व्यवसायिक ढंगबाट अगाडि बढाउन सक्छन्।  
 
यस विधामा थुप्रै किसिमका रोचक खेल तथा मनोरञ्जनका एपहरु छन्। यस्ता खेलका एपहरुको माध्यमबाट खेल खेल्नेहरुले धेरै कुराहरु सिक्न सक्छन् भने उनीहरुको मानसिक क्षमतामा पनि वृद्धि हुन्छ। नेपालीहरुमा पनि यस्ता खेल एपहरुको लोकप्रियता दिनप्रतिदिन बढ्दो छ। त्यसैले खेल तथा मनोरञ्जन विधाका एपहरुका लागि नेपाली बजार फस्टाउँदो रहेको एनसेल क्याम्पका केही सहभागीहरुको विश्वास छ। 
 
एनसेल एपक्याम्प २०१५ का खेल तथा मनोरञ्जन विधाका केही सहभागीहरुले संगीतसँग सम्बन्धीत एपहरुमा पनि काम गरिरहेका छन्। यस्ता एपहरुले अनलाइनबाट निःशुल्क संगीतको डिजीटल स्ट्रिमिङमा पहुँच पुर्याउनुका साथै अन्य विभिन्न सुविधाहरु दिन्छन्। केही एप आइडियाहरु सामाजिक कार्य सम्बन्धी छन् भने केही विशुद्ध रुपमा मनोरञ्जनात्मक छन्। एपक्याम्पका सहभागीहरु प्रशिक्षणमा पाएका सुझाव तथा ज्ञानहरुलाई प्रयोग गरेर प्रयोगकर्ताका लागि थप उत्कृष्ट, उपयोगी र व्यवसायिक एप विकास गर्नमा उत्साहित भएको पाइएको छ । 
 
एपक्याम्प २०१५ मा छानिएका टोलीहरुलाई विभिन्न चरणमा भएका खेल तथा मनोरञ्जन विधासँग सम्बन्धित सेमिनारहरुमा एपहरुको व्यवसायिक विकास, उपयोगीता, यसको प्रेजेन्टेसन, प्रयोगकर्ताको अनुभवहरुका बारेमा तालिम प्रदान गरिनुका साथै र यस क्षेत्रका विज्ञहरुबाट यस्ता एपहरुको सम्भावना र क्षेत्रहरुका सल्लाह, सुझाव तथा जानकारीहरु दिइएको थियो। सहभागीहरुले एपहरु मार्केटिङ कसरी गर्ने र कसरी आर्थिक रुपमा सबल हुने भन्ने विषयमा पनि विज्ञहरुबाट ज्ञान तथा अनुभवहरुको बारेमा जानकारी प्राप्त गरेको थिए। 
 
एनसेल एपक्याम्प २०१५ को खेल तथा मनोरञ्जन विधा अन्तरगतको ‘थिमेटिक सेमिनार’ मा प्यानलिस्टको रुपमा नेपालयका टीम लिडर किरन कृष्ण श्रेष्ठ, क्यूएफएक्सका फाउन्डिङ डाइरेक्टर भाष्कर ढुंगाना, गेम डेभ्लपरका को फाउण्डर तथा सिनियर आइओस डेभ्लेपर र सर्वनाम थिएटरका दिपेश पौडेलको सहभागीता थियो।
 
प्रमुखवक्ताका रुपमा रहेका एफवान सफ्टका प्रेसिडेन्ट विवश ढकालले नेपाली एपहरुले ग्राफिक्स र प्रविधिको क्षेत्रमा विदेशी एपहरुसँग प्रतिस्पर्धा गर्न नसके पनि आइडियामा भने प्रतिस्पर्धा गर्न सक्ने धेरै सम्भावना रहेको बताएका थिए। त्यस्तै कुनै पनि एपको सफलता एपको भाइरल हुनसक्ने र प्रयोगकर्ताहरु संलग्न गराइराख्ने क्षमतामा भर पर्ने पनि बताएका थिए। 
 
एनसेलले आयोजना गरेको यी तालिमहरुबाट सहभागीहरुले कसरी मानिसहरुलाई धेरै उपयोगी हुने र मद्दत गर्ने एप निर्माण गर्ने र उक्त एपलाई आइटी उद्योगमा कसरी दिगो व्यवसायको रुपमा स्थापना गराउने भन्ने विषयमा ज्ञान हासिल गरेको बताए। यसका साथै तालिमका मार्फत् सहभागीहरुलाई आफुले निर्माण गरेको एपका बारेमा पुनर्विचार गरी अरुले गरेकोमा नपछ्याएर नेपालका लागि के उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी पाएको पनि बताएका छन्। 
 
एनसेलले नेपालमा व्यवसायिक र उपयोगीताका हिसावले सम्भावना भएका एपहरु खोजी र यसको विकासमा एपक्याम्प मार्फत् विशेया योगदान पुर्याउँदै आएको छ। 
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...