एनसेल एपक्याम्प २०१५ को विजेता मंगलबार घोषणा हुने

  • Get News Alerts

नेपालको मोवाइल सेवाप्रदायक एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको एनसेल एपक्याम्प २०१५ को विजेता मंगलबार घोषणा गर्ने भएको छ । खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधाबाट १/१ समूह विधागत विजेता र तीमध्ये एउटा समूहलाई सर्वोकृष्ट विजेता घोषणा गरिने छ । 
 
प्रत्येक विधाबाट ६/६ वटा गरी प्रतिस्पर्धाको लागि उत्कृष्ट २४ मा पुगेका समुहहरुले सोमबार स्वतन्त्र निर्णय मण्डलको अगाडि आफ्नो आइडियाको र आफुले बनाएको मोवाइल एपको प्रर्दशन गरेका थिए । निर्णायक मण्डलमा ज्योति तण्डुलकार (अल्टरनेटिभ टेक्नोलोजी), करुण थापा (मन्त्र मिडिया नेटवर्क) आइटी विज्ञ मनोहर भट्टराई , नेपाल पर्यटन बोर्डका भुतपूर्व सिइओ प्रचण्डमान श्रेष्ठ, डा. पुकार मल्ल (हाम्रो दाइत्व), डा. विश्वप्रकाश श्रीवास्तव (कलेज अफ वायो मेडिकल इन्जीनियरिङ्ग एण्ड एप्लाइड साइन्स) र तोमास मार्तुनास (एल टि के क्यापिटल) रहेका थिए । 
 
'प्रतियोगीहरुले गरेको प्रस्तुति हेर्दा नेपालमा आइटी क्षेत्रमा युवाहरुको धेरै उत्साह र जोस रहेको पाइयो,' निर्णायक मण्डलमा रहेका डा.मल्ल ले भने । उनले अबका दिनमा यस्ता युवाहरुलाई उद्यमी बन्नका लागि चाहिने सहयोग उपलब्ध गराउन तर्फ ध्यान केन्द्रित हुनपर्ने बताए ।
 
यस्तै निर्णायक मण्डलका सदस्य मार्तुनासले गतबर्षको एनसेल एपक्याम्पको तुलनामा यस बर्ष धेरै राम्रा एपहरु प्रतियोगितामा रहेका र अन्तर्राष्ट्रिय बजारमा पुग्ने संभावना बोकेको  बताए । 'प्रतियोगीले एप निमार्ण गदै गर्दा अन्तर्राष्ट्रिय बजारमा के आइरहेको छ र के भइरहेको छ जस्तो कुरालाई ध्यान दिन अवश्यक छ,' उनले भने ।
 
विगत पाँच महिनादेखि जारी एनसेल एपक्याम्पमा प्रतियोगिताका लागि दर्ता भएका ७२८ आइडिया मध्ये १५० आइडिया प्रतियोगिताको लागि छनोटमा परेका थिए । छनोटमा परेका समूहलाई दिएको विभिन्न चरणको सेमिनार र तालिम पश्चात अन्तिम प्रतिस्पर्धाको लागि प्रत्येक विधाबाट ६/६ वटा छानिएका थिए । 
 
मनोरञ्जन विधाअन्तर्गत एन्सिएन्ट्स अफ मण्डला, आर्क्युब गेम्स, फ्लिप्पड, लिस्न, अननेम्ड (भि आर), र अप छानिएका थिए । यस्तै स्वास्थ्य विधाबाट हाम्रो हस्पिटल, मेरो हेल्थ, मम्मा केयर, नारी, स्किन कन्सल्ट, र टेलि मेडिक अन्तिम ६ प्रतिस्पर्धिका रुपमा छानिएका थिए ।  युटिलिटी विधामा फुड नेपाल, नेपाली कोडर्स आर्ट्स एण्ड क्राफ्ट, पिनपिक्स, थिङ्गस्ले, ट्रेल इट र ट्राभल अक्सनियर परेको थिए र पर्यटन विधाबाट घुमघाम, बुलेटिन बोर्ड, माइ क्याब, निडर, एन टाइल्स, र पाङ्गराज छानिएका थिए । 
 
एनसेलले एप छनोटका लागि एपको आवश्यक्ता, एपबाट समाधान हुने समस्या, एपको व्यापार सम्भावनाका साथै प्रतियोगीहरूको प्रस्तुतिलाई मुख्य आधार बनाइएको थियो । यस पटकको एनसेल एपक्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् ।
 
विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्वकृष्ट विजेताले थप ५ लाख रुपैयाँ नगद पुरस्कार सहित २०१६ माहुने अन्तर्राष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् । 
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...