हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

  • Get News Alerts

नेपाली बजारमा अनेकथरीका सामानहरू उपलब्ध छन तर ती वस्तुहरूले तीनका उत्पादकले दाबी गरेजस्तै सेवा र गुणस्तरीयता प्रदान गर्छन कि गर्दैनन भन्ने स्पष्ट सुचना पाउन भने कठिन छ। जसका कारण कुनै पनि सामान खरिद गरेर प्रयोग नगरून्जेल सामान कस्तो थाहा पाइदैन।

विदेशमा यसरी कुन सामान कस्तो हो, कुन सामानले बजारमा चर्चा कमाइरहेको छ भनेर जानकारी लिने ठाँउहरू छन। नेपाली बजारको यही कमीलाई सम्बोधन गर्न एनसेलको मोबाइल क्याम्पमा सेन्टिनेप समूहका उत्साही युवाहरूले 'वोपिनियो' नामक मोबाइल एप्सलाई प्रतिष्पर्दामा उतारे जसले कर्पोरेट सेक्टर विधामा जित हासिले गरेका छन। यो विजयबाट उत्साहित बनेको टोलीले जीतपछी आफूहरू थप उर्जाशील बनेको प्रतिक्रिया दिएका छन। यसै सन्दर्भमा 'ओपिनियो' समूहका लिडर चन्दन गुप्ताले आफ्ना कुराहरु यसरी राखे:

तपाईहरूको एप्सको कुन कुराले निर्णायकहरूलाई प्रभावित पार्यो जस्तो लाग्छ र तपाईहरू विजयी हुनु भयो?

मेरो विचारमा हाम्रो जस्तो एप्स नेपालमा आजसम्म बनेको छैन। अझै भनौ, यस्तो एप्स नै छैन। अनि अर्को कुरा भनेको यो एप्स नेपाली भाडामा पनो उपल्ब्ध हुनु हो। यीनै कुराले उहाँहरूलाई स्ट्राइक गरेको हुनुपर्छ। यसको आवश्यक्ता नेपाली बाजारमा धेरै पहिले नै देखिएको हो।

अनि आगामी योजना?

यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ।  हामीले 'ओपिनियो'लाई  भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

केही तत्कालिन योजनाहरू पनि होलान नि त?

आगामी दुई हप्ताभीत्र यो एप्सलाई एप स्टोर तथा गुगल प्ले स्टोरमा उपल्ब्ध गराउने छौ। यो बेसिक भर्सन निशुल्क रुपमा हुनेछ भने एकदेखी दुई महिना भित्र कर्पोरेट स्तरको प्रिमियम भर्सन निक्नेछौ।

विषयगत विजेता हुँदा कस्तो महशुस गरियो?

राम्रो प्लेटफर्ममा उपाधी जितेकाले खुशी लाग्यो। हाम्रो मिहेनतले राम्रो फल पायो र अगाडी बढ्नलाई थप हौसला प्राप्त भयो।

विजयी भएपछी केही फाइदाको पनि अनुभव गर्नुभयो?

यसको हामीलाई भएको एउटा मुख्य फाइदा भनेको आफ्नो सोच र कामलाई प्रस्तुत गर्ने राम्रो 'प्लेटफर्म' पाइयो। एकैपटक धेरैजनासम्म पुग्न पाइयो। हामीले यो काम एक्लै गरिरहेको भए मानिसहरूमा एपरोच गर्न जानुपर्थ्यो जून त्यति सजिलो छैन। यो प्रतियोगिताका कारण मानिसहरू नै हामीलाई 'एप्रोच' गर्न आइपुगे। यस्तै यस्तै फाइदा भयो, हामी थप उर्जाशील भएका छौ।

 

 

 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...

  • दिदीभाईले ल्याए ‘टुरिष्ट टक’ एप्स दिदीभाईले ल्याए ‘टुरिष्ट टक’ एप्स

    काठमाडौं, - घुम्ने मान्छेले भोग्ने अनेकन समस्या मध्ये भाषा बुझ्नमा हुने कठिनाइ पनि एउटा मुख्य समस्या हो। नेपालमा करिब वर्षेनी लाखौ पर्यटक भ्रमण गर्न आउँछन। नेपालको शैक्षिकस्तर अझै कमजोर छ र धेरै नेपालीहरू अझै प...