मनोरन्जन विधाको एप अननेम्ड भि आर एनसेल एप क्याम्प २०१५ को ग्रान्ड बिजेता

  • Get News Alerts

एनसेल एप क्याम्प २०१५ को बिजेता घोषित

मनोरन्जन विधाको एप अननेम्ड भि आर एनसेल एप क्याम्प २०१५ को ग्रान्ड बिजेता बनेको छ । राजधानीमा मंगलबार साँझ भएको विशेष कार्यक्रममा खेल तथा मनोरन्जन विधाको एप अननेम्ड भि आर उत्कुष्ट बन्न सफल भएको हो । उसले विधागत २ लाख ५० हजार र सर्वाेत्कृष्ट विजेताको छ लाख नगद रुपैयाँ गरी ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै पर्यटनमा पीनपीक्स एप, स्वास्थ्यमा स्किन कन्सल्ट र युटिलिटीमा निडर एप उत्कृष्ट भएको छ ।

उनीहरुले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

सर्वोत्कृष्ट  विजेताको पुरस्कार एनसेलका सिइओ एरिम टाइलानलरले हस्तान्तरण गरेका थिए । खेल तथा मनोरंजन विधाका विजेतालाई काठमाण्डौं कलेज अफ म्यानेजमेन्टका प्रबन्ध निर्देशक विष्णु राज अधिकारीले पुरस्कार प्रदान गरेका थिए । स्वास्थ्य विधाको पुरस्कार मेटलाईफका वितरण विभागका प्रमुख निर्मल काजि श्रेष्ठले प्रदान गरेका थिए । नविल बैंकका कार्यकारी प्रमुख सशिन जोशिले पर्यटन विधाको विजेतालाई पुरस्कार हस्तान्तरण गरेका थिए । त्यसै गरी युटिलिटी विधाको विजेताले ई–सेवाका अध्यक्ष विश्वास ढकालबाट पुरस्कार ग्रहण गरेका थिए ।

अन्नेम्ड (भिआर) ले थ्रिडी हरर गेम एप निमार्ण गरेका थिए । सर्वोत्कृष्ट विजेताले २०१६ मा हुने अन्तर्रा्ष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् । सर्वोत्कृष्ट विजेता घोषित भएपछि प्रतिक्रिया दिदै समुहका लिडर शितल कुमार महर्जनले आफुहरुले देखेको  सपना साँचो भएको बताउदै पुरस्कारले नेपालको गेमिङ्ग क्षेत्रलाई अघि बढाउने उत्तरदायित्व बोध गराएको बताए ।

विजेता घोषणा कार्यक्रममा बोल्दै एनसेलका सिइओ एरिम टाइलानलरले विजेताहरुलाइ बधाई दिदैँ  विजेतालाई प्रदान गरिएको नगद पुरस्कारले ब्यवसाय सुरुगर्नको लगि आधार प्रदान गर्ने बताए । “एनसेलले युवाहरुको आइसिटी प्रति रहेको क्षमता र संभावनालाई बाहिर ल्याउन आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रमको निरन्तरता दिने छ,” उनले भने ।
 
यस्तै सुचना संचार तथा प्रविधि मन्त्रालयका सह सचिव कविराज खनालले विजेताहरुलाई बधाइ ज्ञापन गर्दै एनसेलले आइटी क्षेत्रको विकासको लागि बाटो देखाउने काम गरेका भन्दै एनसेलको कार्यको प्रशंसा गरे । उनले एप निर्माताहरुलाई थप संभावनाका बाटाहरु बढाउनगरी सरकारले काम अगाडि बढाउने बताए ।

नेपालको मोवाइल सेवाप्रदायक एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको एनसेल एपक्याम्प २०१५ को विजेता घोषणा गरिएको हो । मनोरञ्जन विधाअन्तर्गत एन्सिएन्ट्स अफ मण्डला, आर्क्युब गेम्स, फ्लिप्पड, लिस्न, अननेम्ड भि आर, र अप छानिएका थिए । यस्तै स्वास्थ्य विधाबाट हाम्रो हस्पिटल, मेरो हेल्थ, मम्मा केयर, नारी, स्किन कन्सल्ट, र टेलि मेडिक अन्तिम ६ प्रतिस्पर्धिका रुपमा छानिएका थिए । युटिलिटी विधामा फुड नेपाल, नेपाली कोडर्स आर्ट्स एण्ड क्राफ्ट, पिनपिक्स, थिङ्गस्ले, ट्रेल इट र ट्राभल अक्सनियर परेको थिए र पर्यटन विधाबाट घुमघाम, बुलेटिन बोर्ड, माइ क्याब, निडर, एन टाइल्स, र पाङ्गराज छानिएका थिए ।

 विगत पाँच महिनादेखि जारी एनसेल एप क्याम्पमा प्रतियोगिताका लगि दर्ता भएका ७२८ आइडिया मध्ये १५० आइडिया प्रतियोगिताको लागि छनोटमा परेका थिए ।

एनसेलले छनोटका लागि एपको आवश्यक्ता, एपबाट समाधान हुने समस्या, एपको व्यापार सम्भावना साथै प्रतियोगीहरूको प्रस्तुतिलाई मुख्य आधार बनाइएको थियो । यस पटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् ।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...