एनसेल एप क्याम्प २०१५ काे 'मनिटाइजेसन र मार्केटिङ्ग' सेमिनार सम्पन्न

  • Get News Alerts

नेपालको मोबाइल सेवा प्रदायक एनसेलले आयोजना गरेको एनसेल एप क्याम्प २०१५ का लागि छनौट भएका १५० समुहका लागि ‘मनिटाइजेसन र मार्केटिङ्ग’ सम्वन्धि सेमिनार सम्पन्न भएको छ । यो सेमिनार एपको बजारिकरण, प्रवर्धन तथा कसरी एपलाई व्यवसायीकरण गर्ने भन्ने विषयमा केन्द्रित थियो ।
 
सोमबार राजधानीमा सम्पन्न सेमिनारमा ई कमर्स, मार्केटिङ्ग, कानुन र टेलिकम्युनिकेसन क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो । उनीहरुले मोबाईल एपको सम्भावना, यससंग सम्बन्धित कानुनी पाटो र कसरी एउटा एपलाई व्यवसायीकतामा बदलेर पैसा कमाउन सकिन्छ भनेर छलफल गरेको थिए ।
 
उक्त सेमिनारमा प्रमुख बक्ताका रुपमा केमु नेपालका निर्देशक राजिव अमात्यले एपको मार्केटिङ्ग रणनीतिक, मार्केटिङ्ग माध्यमको छनौट, बजेटिङ्ग र स्रोतको पहिचान विषयमा आफनो अनुभव प्रतिस्पर्धी समुहहरुलाई बताएका थिए । 
 
नेपाल दुरसंचार प्राधिकरणका निर्देशक आनन्द राज खनाल, थमेल डटकमका बालकृष्ण जोशी, पायोनियर ल एसोसिएटका अनुप राज उप्रेती र काठमाडौँ स्कुल अफ म्यानेजमेन्टका रुपेश श्रेष्ठले एपको विजनेस संभावना कसरी बढाउने, रेभेन्यु मोडल र मार्केटिङ्ग र विज्ञापन कसरी गर्ने भन्ने लगायतका विषयमा सेमिनारमा छलफल गरेका थिए ।
 
‘अहिले डेक्सटप, मोवाइल साइट भन्दा मोवाइल एपमा सहभागिता बढी हुँदै गएको छ । यो एप डेभलपरहरुका लागि एउटा अवसर पनि हो,’ अमात्यले भने ।  उनका अनुसार एपको प्रभावकारिता बढाउनको लागि मार्केटिङ्ग च्यानल र लक्षित समुहको छनौटमा ध्यान दिनु पर्छ । 
 
यस्तै खनालले मोबाइलमा भ्यालु एडेड  सेवा  र  यसको नियमनका लागि प्रधिकरणले कानुनी आधार तयार गर्ने क्रममा रहेको बताए । ‘मोबाइल एपको बजार ठूलो छ तर तपाँईको एपको सफलता त्यसमा के भ्यालु छ र कस्तो प्रयोगकर्ताको लागि हो भन्ने कुरामा भर पर्छ,’ उनले भने । खनाल वल्र्ड समिट अवार्डस्का लागि नेपालका प्रतिनिधि पनि हुन् ।
 
सेमिनारमा कानुनी व्यवस्थाको बारेमा बोल्दै उप्रेतीले प्रतियोगीहरुलाई एप निमार्ण गर्दा  गोपनियता, स्वामित्व, अन्तराष्ट्रिय मापदण्ड, कपी राइट, सम्पति सम्वन्धि अधिकार लगायतका विषयमा ध्यान दिन सुझाए ।
 
एनसेल एप क्याम्प देशकै सबभन्दा ठूलो एप विकास सम्बन्धि भेला हो । आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत एनसेलले गएको वर्षदेखि एप क्याम्प सुरु गरेको हो । एनसेल एप क्याम्प २०१५ मा खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी गरी ४ वटा विधाहरु रहेका छन्।
 
एनसेल एप क्याम्प २०१५ का १५० समुहले मंसिर २३ गते भित्र आफ्नो एपको प्रटोटाइप बुझाउनु पर्नेछ जसका आधारमा सम्वन्धित क्षेत्रको विज्ञहरुले प्रत्येक विधाबाट ६ वटा समूहलाई फाइनलमा सहभागीहुनका लागि छान्नेछन् । यस पटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् ।
 
एप क्याम्पअन्र्तगत अन्तिम चरणमा छानिएका प्रतियोगी समुहहरुले विज्ञहरुबाट बिजनेश मोडेल बनाउन, यूजर इन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुति गर्न सिक्नेछन् । फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आफ्नो आईडियाको प्रस्तुति तथा एपको प्रर्दशन गर्नुपर्ने छ ।
 फाइनल प्रस्तुतिपछि प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्वकृष्ट विजेताले थप ५ लाख रुपैयाँको थप नगद पुरस्कार सहित २०१६ मा हुने अन्र्तराष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...