एप क्याम्प २०१५ का २४ प्रतिस्पर्धी समूहका लागि मेन्टरिङ सम्पन्न

  • Get News Alerts

नेपालको मोबाइल सेवा प्रदायक एनसेलले एनसेल एप क्याम्प २०१५ का लागि अन्तिम चरणको प्रतिस्पर्धाका लागि छनोट भएका २४ समूहका लागि मेन्टरिङ सत्रको आयोजना गरेको छ । 
 
मंगलबार आयोजना गरिएको उक्त सत्रमा प्रतिस्पर्धी समूहहरुलाई खेल तथा मनोरञ्जन, पर्यटन, युटिलिटी र स्वास्थ्य विधाका विज्ञहरुबाट बिजनेश मोडेल बनाउन, यूजर इन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुति गर्ने विषयमा प्रशिक्षण दिएका थिए । विज्ञहरुले प्रतियोगीकाबीच पुगेर उनीहरुको जिज्ञाशा मेटाउनुका साथै प्रतिस्पर्धामा आफुलाई बलियो प्रतियोगीको रुपमा अघि सार्न आइडियाको प्रस्तुति कसरी गर्ने,  के के कुरामा ध्यान दिने भन्ने विषयमा जानकारी गराएका थिए ।
 
एनसेल एप क्याम्प २०१५ को खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधाबाट ६÷६ वटा गरी दोस्रो चरणको प्रतिस्पर्धाको लागि २४ वटा समूह छनोटमा परेका थिए । विज्ञहरुले प्रतियोगीलाई बनाएका एपहरु आइडिया सबै नविनतम् पाएको बताउँदै एपको दिगो व्यवसायीकताको लागि प्रयोगकर्ताको दृष्टिकोणबाट हेर्न सुझाव दिएका थिए ।
 
“एपको डिजाइन एव  प्रविधिक पक्षमा मात्र राम्रो भए दिगो व्यवसाय गर्न कठिन हुन्छ । बिजनेश मोडल, कानुनी जटिलता र प्रावधानका विषयमा पनि त्यतिकै ध्यान दिन जरुरी छ ।” नबिल बैंकका ई–बैंकिङ्ग प्रमुख निरज शर्माले भने । यस्तै अर्का विज्ञ शैलेन्द्रराज गिरीले प्रतिस्पर्धामा रहेका सबै एपहरुको संभावना उतिकै रहेको बताउँदै धेरै प्रतियोगीहरु प्राविधिक पृष्ठभूमिबाट आएकाले विजनेश पक्षलाई बढी ध्यान दिनुपर्ने जोड दिए ।
 
एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सन् २०१४ देखि एनसेल एप क्याम्पको आयोजना गर्दै आएको छ । यो वर्ष एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् ।
 
प्रतियोगी समूहका प्रतिनिधिहरुले मेन्टरिङ्ग सत्रमा एपलाई दिगो व्यवसायको रुपमा कसरी अगाडि बढाउन सकिन्छ, विज्ञापनको प्रयोग कसरी गर्ने, विज्ञापनका संभावित क्षेत्रहरु पहिचान, प्रयोगकर्तालाई कसरी इङ्गेज गर्ने  लगायतका विषयमा विज्ञबाट थप सिक्ने अवसर पाएको बताए । अन्तिम प्रतिस्पर्धाको लागि छनोटमा परेका सबै समूहहरुले पुस ६ गते सोमबार  स्वतन्त्र निर्णायक मण्डलका अगाडि आफ्नो एपको आईडियाको प्रस्तुति गर्नेछन् ।
 
खेल तथा मनोरञ्जन विधा अन्र्तगत एन्सिएन्टस् अफ मण्डला, आर्कयुब गेम्स्, फ्लिप्पड, लिस्न, अननेम्ड (भि आर) र अप छनोटमा परेका छन् । स्वास्थ्य विधाबाट हाम्रो हस्पिटल, मेरो हेल्थ, मम्मा केयर, नारी, स्किन कन्सल्ट, र टेलि मेडिक अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । फुड नेपाल, नेपाली कोडर्स आर्टस् एण्ड क्राफ्ट, पिनपिक्स्, थिङ्गस्ले, ट्रेल इट र ट्राभल अक्सनियर पर्यटन विधा अन्र्तगत छनोटमा परेका छन् भने युटिलिटी विधामा घुमघाम, बुलेटिन बोर्ड, ड्रप मि हेयर–माइ क्याब, निडर, एन टाइल्स, र पाङ्गराज् छानिएका छन् ।
 
फाइनल प्रस्तुतिपछि पुष ७ गते प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट विजेताले थप ५ लाख रुपैयाँको थप नगद पुरस्कार सहित २०१६ मा हुने अन्तर्राष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...