एनसेल एप क्याम्प २०१५ का विजेताहरुलाई चेक र प्रमाणपत्र हस्तान्तरण

  • Get News Alerts

नेपालको मोवाइल सेवा प्रदायक एनसेलले सामाजिक उत्तरदायित्व अन्र्तगत आयोजना गरेको एनसेल एप क्याम्प २०१५ का विजेताहरुलाई चेक तथा प्रमाण पत्र र फाइनलिष्टहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेको छ ।
 
एनसेल एप क्याम्प २०१५ का विजेताहरुको घोषणा गएको पुस ७ गते भएको थियो ।  यसमा खेल तथा मनोरन्जन विधाको अन्नेम्ड (भिआर) सर्वोत्कृष्ट घोषित भएको थियो । यो समुहले विधागत २ लाख ५० हजार रुपैयाँ र सर्वोत्कृष्ट  विजेताको ५ लाख रुपैयाँ गरी कुल ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।
 
यसै गरी स्वास्थ्य विधाबाट स्किन कन्सल्ट, पर्यटनबाट पिनपिक्स् र युटिलिटीबाट निडर विजेता भएका थिए । प्रत्येक समुहले २ लाख ५० हजार रुपैयाँ  पुरस्कार पाएका छन् । खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधाबाट ६/६ वटा गरि अन्तिम प्रतिस्पर्धाको लागि २४ समुहहरु छानिएका थिए ।
 
सोमबार एक समारोह बिच एनसेलका आइसिटी निर्देशक आन्द्रास पालीले सर्वोत्कृष्ट समूह अन्नेम्ड (भिआर) लाई चेक तथा प्रमाण पत्र हस्तान्तरण गरेका थिए । यो समुहले यसै वर्षमा हुने अन्तरार्ष्िट्रय एप सम्मेलनमा भाग लिने अवसर पनि पाउनेछ ।
 
उक्त समारोहमा काठमाडौं कलेज अफ म्यानेजमेन्टका निर्देशक विष्णु राज अधिकारी, मेट लाइफका प्रमुख कार्यकारी अधिकृत एम अलाउद्दिन अहमद, इ सेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलि र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले विधागत विजयी समूहहरुलाई चेक तथा प्रमाण पत्र र फाइनलिष्टहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
 
यस पटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका थिए । यसै गरी पाँच महिनासम्म चलेको एप क्याम्पमा प्रतियोगिताका लागि दर्ता भएका ७२८ आइडिया मध्ये १५० आइडिया प्रतियोगिताको लागि छनोटमा परेका थिए । एनसेलले छनोटका लागि पूर्व घोषित मापदण्डका एपको आवश्यक्ता, एपबाट समाधान हुने समस्या, एपको व्यापार सम्भावना साथै प्रतियोगीहरूको अभिव्यक्ति र प्रस्तुतिलाई मुख्य आधार बनाइएको थियो ।
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...