एनसेल एप क्याम्प २०१५ फाइनलका लागि २४ समूह छनोट

  • Get News Alerts

नेपालको अग्रणी मोवाइल सेवा प्रदायक एनसेलले आयोजना गरेको एनसेल एप क्याम्प २०१५ का लागि २४ वटा समूह अन्तिम चरणको प्रतिपस्पर्धाका लागि छनोट भएका छन् । प्रतियोगिताका लागि राखिएका खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधा बाट ६/६ वटा गरि दोस्रो चरणको प्रतिस्पर्धाको लागि २४ वटा समूह छनोटमा परेका हुन् ।
 
एनसेलले पुर्व घोषित मापदण्डका आधारमा प्रतियोगीहरूको छनोट गरेको हो । यस अन्तरगत प्रतियोगीहरुले चाहेको एपको आवश्यक्ता, एपबाट समाधान हुने समस्या, एपको व्यापार सम्भावना साथै प्रतियोगीहरूको अभिव्याक्ति र प्रस्तुतिलाई मुख्य आधार बनाइएको थियो ।
 
प्राय सवै प्रतियोगीहरुका आइडिया नयाँ, चाखलाख्दा र समस्या समाधानर्ला जोड दिएर आएका निर्णायक मण्डलमा रहेका सदस्यहरुले बताए । यस्ता नविनतम् आइडियाहरु देख्दा नेपालको मोवाइल प्रविधिको क्षेत्रमा धेरैै स्रोत र आइडिया रहेको युवा जोश रहेछ भन्ने थप स्पष्ट भएको उनीहरुले भनाइ रहको छ ।
 
खेल तथा मनोरञ्जन विधा अन्र्तगत एन्सिएन्टस् अफ मण्डला, आर्कयुब गेम्स एण्ड, फ्लिप्पड, लिस्न, अननेम्ड (भि आर) र अप छनोटमा परेका छन् । स्वास्थ्य विधाबाट हाम्रो हस्पिटल, मेरो हेल्थ, मम्मा केयर, नारी, स्किन कन्सल्ट, र टेलि मेडिक अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । फुड नेपाल, नेपाली कोडर्स आर्टस् एण्ड क्राफ्ट, पिनपिक्स्, थिङ्गस्ले, ट्रेल इट र ट्राभल अक्सनियर पर्यटन विधा अन्तरगत छनोटमा परेका छन् भने युटिलिटी विधामा घुमघाम, बुलेटिन बोर्ड, ड्रप मि हेयर–माइ क्याब, निडर, एन टाइल्स, र पाङ्गराज् छानिएका छन् ।
 
पर्यटन विधाको निर्णायक मण्डलमा रहेका नेपाल पर्यटन वोर्डका जनसम्र्पक निर्देशक सुनिल शर्माले भने, “प्रतियोगिहरुको नविनतम् आइडियाबाट हामी धेरै उत्साहित भएका छौै । कतिपय एप यस्ता छन् जसको व्यवहारीक प्रयोगबाट नेपालको पर्यटन क्षत्रले धेरै लाभ हासिल गर्न सक्छ ।”
 
यस्तै खेल तथा मनोरञ्जन विधाका निर्णायक मण्डलका सदस्य शुयोग्य तुलाधरले कतिपय एपहरुले अन्तर्राष्ट्रिय रुपमा सफल हुन सक्ने सभावना बोकेको बताए । उनले भने, “नविनतम् आइडियाको उत्साहजनक उपस्थितिले नेपालमा पनि अन्र्तराष्ट्रिय रुपमा ख्याति प्राप्त ‘फारक्राइर्’ जस्ता गेमहरु नेपालमा बनाउन सकिन्छ भन्ने संभावना मैले देखेको छु ।”
 
यसै गरी स्वास्थ्य विधामा निर्णयक मण्डलमा रहेका एक सदस्य निरज शाहले प्रतियोगीहरुले राम्रो खोज तथा अनुसन्धान गरेर एपको निमार्ण गरेको पाइएको बताए । उनले भने, “कुनै कुनै एप यस्ता छन् जसले स्वास्थ्य क्षेत्रमा क्रान्ति नै ल्याउन सक्छन् । ”
 
युटिलिटी विधाको निर्णयक मण्डलमा रहेकी स्वेता कर्णले सवै एपहरु राम्रा रहेको बताउदै ति मध्ये मुख्यतया नविन आइडिया, दिगो ब्यवसायीक सुनिश्चतालाई हेरेर एपहरु छनोटमा परेको बताइन् ।
 
टप २४ समूहमा पर्ने प्रतियोगीहरुले विज्ञहरुबाट बिजनेश मोडेल बनाउन, यूजर इन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुति गर्न सिक्नेछन् । फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आफ्नो आईडियाको प्रस्तुति तथा एपको प्रर्दशन गर्नुपर्ने छ । यस पटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् ।
 
फाइनल प्रस्तुतिपछि प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्वकृष्ट विजेताले थप ५ लाख रुपैयाँको थप नगद पुरस्कार सहित २०१६ मा हुने अन्तर्रा्ष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...