मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

  • Get News Alerts

एनसेलले गरेको मोबाइल क्याम्पको अन्तिम प्रतिष्पर्दा चलिरहँदा यिनको 'इनर्जी' घटेको अनुभव कसैले गरेनन। उनी जो कोहीसँग तुरून्तै घुलमिल भइहाल्थे। अरूका कुरा चासोका साथ सुन्थे र आफ्ना कुरा पनि उस्तै 'इन्रजेटिक' तरिकाले सुनाउँथे, सहभागी पनि उनका कुरा सुन्न उत्तिकै उत्सुक हुन्थे। अन्य भन्दा अलि लामो बोल्थे तर 'बोर' भने पार्दैनथे। उनी हुन पूर्व विश्व चर्चित मोबाइल कम्पनी नोकियाका एक्सिकेटिभ,दर्जन किताबका लेखक, मोबाइल कन्सल्ट्यान्ट तथा उत्प्रेरणा वक्ता टम्मी टि अहोनन। प्रतिष्पर्दाको समाप्ती पछी उनले मोबाइल र मोबाइल प्रविधिका बारेमा विविध कुरा गरे:

विकाशसिल देशमा मोबाइलको बजार कस्तो छ?

समग्रमा भन्नुपर्दा यसको बजार मिडियाका हिसाबले सबैभन्दा बलियो र आइटीका हिसाबले पनि सबैभन्दा बलियो रुपमा बढीरहेको देखिएको छ। विश्वमा कयौ उदयीमान बजारले मोबाइललाई नै धेरै जनसङख्यासम्म पुग्ने एकमात्र माध्यमको रूपमा बुझ्न थालेका छन। यसमा रेडियो, टेलिभिजन, इन्टरनेट जस्ता अन्य माध्यमहरू पर्दैनन। केही वर्ष अगाडीबाट मात्र यो परिदृश्य देखिन थालेको हो।

उदाहरणका लागि विश्व बैंकले आफुले लागानी गरेका क्षेत्रहरूमा मोबाइललाई मात्र एक त्यस्तो क्षेत्र मान्यो जसमा विश्व बैंकले गरेको लगानी खेर गएको छैन। उनीहरूले लगानी गरेका विनाश्थलका क्षेत्र हुन या हाइवे, कुनै न कुनैमा उनीहरू असफल भएका छन। तर मोबाइलका क्षेत्र उनीहरूले कहिले पनि त्यस्तो भोग्नुपरेको छैन।

तपाईले मोबाइलले संसारलाई परिवर्तन गर्ने काम गरिरहेको छ भनिरहनु भएको छ। त्यो कसरी?

एकअर्कासँग संचार गर्ने साधन आज हामीसँग हाम्रो खल्तीमा छ जून छिटो र किफायती छ। यसले सबैखाले मानविय संचारलाई छिटोछरितो र किफायती बनाइदिएको छ। जस्तो तपाईको बच्चा बिरामी पर्यो, तपाईको डिनर क्यानसिल गर्नु पर्यो मोबाइल छ। अफिसमा कस्टुमरमा केही समस्या आयो सेक्रेटरीले आफ्नो बोसलाई फोन गरेर बोलाउन सक्छ किनकी हामी सबैसँग मोबाइल छ। यसले मानिसहरूको व्यवहारमा परिवर्तन ल्याइदिएको छ।

फेरी त्यही समयमा संयोगबस हामीसँग सोसल मिडियाहरू फेसबुक, ट्विटरहरू छन जसलाई मोबाइलले पनि अंगिकार गरेको छ। विकसित देशहरूमा इन्टरनेटमा यी चिजहरू पहिलेदेखी नै भइरहेकै थिए तर ती महङ्गा थिए। मोबाइलले सोसल मिडियालाई संसारभर पुर्याउने काम गर्यो। यसले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो। संचारका अलावा यो 'मिडिया डिभाइस' पनि हो। यसमा हाम्रा लागि समाचार हेर्ने, पढ्ने, गीतसंगीत सुन्ने तथा 'पेमेन्ट डिभाइस' पनि बनेको छ। नेपालमा यो भखर्र सुरू हुँदै छ तर केन्या, ब्राजिल, साउथ अफ्रिका लागायतका देशमा यो सुरू भइसकेको छ। मोबाइल बहुउद्देश्यि साधन बनेको छ जसले धेरै चिज गर्न सक्छ भलै यो संचारबाट सुरू हुन्छ।

नेपाल जस्ता देशमा मोबाइल कम्पनीहरूले के गर्नु पर्ला?

यो एउटा गार्हो प्रश्न भयो। विकासशिल देशमा टेलिकम्यूनिकेसन कम्पनीहरूले आधारभूतरूपमा मैले भन्नुपर्दा भविष्यमा आइटी उधोगका लागि राम्रो आधार खडा गर्ने काम गर्छ। हामी सबै क्षेत्रहरू जस्तै घर तथा खेतहरूमा केबल लाइनहरू पुर्याएर इन्टरनेट त दिन सक्दैनौ तर मोबाइलबाट दिनसक्छौं।

नेपालको बारेमा त थाहा भएन तर अन्तचाँहि मोबाइल फोन कम्पनीहरू लोभी भएको आरोप लाग्ने गरेको छ। तर त्यही समुमा तिनीहरुले अत्यन्तै राम्रो काम पनि गरेका छन जस्तै एनसेलले गरेको मोबाइल क्याम्पलाई लिन सक्नु हुन्छ। यसले नेपालको आइटी उधोगलाई विकास गर्ने र सफलता दिलाउने काममा सहयोग गर्छ।

कुनै पनि देशको नितिले मोबाइल बजारलाई प्रभावित पार्नसक्छ?

राम्रो प्रश्न गर्नुभयो। कुनै पनि देशको नितिनियम, परम्पराले धेरै नै प्रभाव पार्छ। उदाहरणका लागि द. कोरिया, जापानलाई लिन सक्नुहुन्छ। उनीहरूले के गरे भने यो क्षेत्र हाम्रा लागि ठिक छ। यसलाई प्रोत्सहान हुने र दिने काम गर्नुपर्छ भनेर उनीहरूले सोही अनुसारको नितिनियम तथा वातावरण बनाउने काम गरे। त्यो काम उनीहरू ती विषयमा पाठ्यक्रम बनाएर, शैक्षिक संस्था निर्माण गरेर तथा त्यो उधोगको विकास र विस्तारका लागि आवश्यक सबै वातावरण तयार पारिदिए।

सरकारले बनाउने पोलिसी को यसलाई अगाडी बढाउने काम गर्छ या त यसलाई सुस्त पार्ने काम गर्न सक्छ, त्यसेले यसमा सरकारी नितिनियमको ठूलो प्रभाव रहन्छ। नेपालले पनि यी क्षेत्रलाई प्रोत्सहान गर्ने काम गर्यो भने यस क्षेत्रले नेपालमा पनि राम्रो गर्छ।

स्मार्ट फोनको कुरा गर्दा डाटाको कुरा आँउछ तर डाटाको सेवा शुल्क चर्को हुँदा यसको प्रयोगमा स्पिड ब्रेक लाग्ने गरेको गुनासो पनि उस्तै छ। यसमा मोबाइल कम्पनीले के गर्न सक्छन?

मोबाइल सेवा कहिले पनि निशुल्क हुदैन किनकी 'स्पेक्टर्म' हाम्रा लागि निश्चित मात्रामा रहेको छ किनकी यसलाई मोबाइलका अलावा टिभी, रेडियो तथा रडारले पनि उपयोग गर्छन। यो पानी तथा तेल जस्तै निश्चित मात्रामा मात्र उपल्ब्ध छ। यसको 'लिमिट' छ जसका कारणले यसलाई अनलिमिटेड बनाएर निशुल्क बनाउन सकिदैन। मोबाइलको छिटो र छरितो सेवाका लागि बढी भन्दा बढी बेस स्टेसनहरूको स्थापना गर्नु पर्छ जसका कारण 'स्पेक्ट्रम' कहिल्यै निशुल्क हुनसक्दैन। यसका लागि कसै न कसैले त पैसा तिर्नु नै पर्छ। तर यसको राम्रो पाटो भनेको यसको मुल्यमा भने गिरावट आइरहन्छ।

तपाईले डाटाका लागि दुई वर्ष अगाडी वा दश वर्ष अगाडी जुन शुल्क तिर्नुहुन्थ्यो त्यसको दाँजोमा अहिले सस्तो छ। तर एउटा सत्य के हो भने यसको मुल्य घट्ने दर भने केही ढिलो छ। स्मार्ट फोन निर्माताहरूले 'मर्ज ल' लाई अनुसरण गर्ने गर्छन जसका कारणले स्मार्ट फोनको मुल्यमा भारी गिरावट आउछ तर डाटामा त्यो अवश्था रहन्न। विकाशसिल देशमा यो एउटा मुद्दाको रुपमा हमेसा रहिरहन्छ।

आगामी दश वर्षमा हाम्रो मोबाइल टक्नोलोजी कहाँ पुग्ला?

त्यो यस्तै हुन्छ भन्न गार्हो छ। हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा  डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

 

 

 

  

 

 

 

 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...

  • दिदीभाईले ल्याए ‘टुरिष्ट टक’ एप्स दिदीभाईले ल्याए ‘टुरिष्ट टक’ एप्स

    काठमाडौं, - घुम्ने मान्छेले भोग्ने अनेकन समस्या मध्ये भाषा बुझ्नमा हुने कठिनाइ पनि एउटा मुख्य समस्या हो। नेपालमा करिब वर्षेनी लाखौ पर्यटक भ्रमण गर्न आउँछन। नेपालको शैक्षिकस्तर अझै कमजोर छ र धेरै नेपालीहरू अझै प...