दिदीभाईले ल्याए ‘टुरिष्ट टक’ एप्स

  • Get News Alerts

घुम्ने मान्छेले भोग्ने अनेकन समस्या मध्ये भाषा बुझ्नमा हुने कठिनाइ पनि एउटा मुख्य समस्या हो। नेपालमा करिब वर्षेनी लाखौ पर्यटक भ्रमण गर्न आउँछन। नेपालको शैक्षिकस्तर अझै कमजोर छ र धेरै नेपालीहरू अझै पनि अशिक्षित नै छन। त्यसमाथि अंग्रेजी भाषामा दख्खल राख्ने नेपाली अझ कम छन। यसका कारण पर्यटक एवम पर्यटकिय सेवा दिने सेवादाताहरू समस्यामा पर्ने गरेका छन्।
 
यसै समस्यालाई समाधान गर्न पश्चिम नेपाल महेन्द्रनगरका दिदीभाई अनिता बोगटी र जोन्सन बोगटीले ‘टुरिष्ट टक’ नामक मोबाइल एप्स बनाइरहेका छन। आफ्नो एप्सको बारेमा कुरा गर्दा जोन्सनले आफूलाई यस एप्सको निर्माण गर्ने आइडिया घर जाँदै गर्दा बसमा एक विदेशीले आफू ओर्लिनको लागि भनेको कुरा बसका सहचालकले नबुझेको घटनाले एप्स बनाउन प्रेरित गरेको बताए।
 
उनी आफ्नो मोबाइल एप्सको समग्र बिशेषतालाई यसरी व्याख्या गरे, ‘यस एप्सले अंग्रेजी टेक्शटलाई नेपाली भाषा तथा आवाजमा अनुवाद गर्छ भने नेपाली भाषाको सवालमा नि त्यस्तै गर्छ। त्यस्ते यसले विभिन्न छेत्रमा प्रयोग हुने ‘क्याजुयल फ्रेज’हरू दिने गर्दछ जून बैंक, रेष्टुरेन्ट आदिमा प्रयोग हुन्छन। यसमा अफलाइन डाटाबेस पनि भएकाले इन्टरनेट नभएको अवश्थामा पनि यसलाई उस्तै गरी प्रयोग गर्न सकिन्छ।’
 
काठमाडौं विश्वविद्यालयमा कम्प्युटर इन्जिनरिङ दोस्रो वर्षमा अध्ययनरत जोन्शनले एप्समा प्रयोगकर्ताले हालेको कुनै निश्चित शब्दलाई डाटाबेससँग भिडाएर उपयूक्त शब्द तथा वाक्यको अनुवाद गरिदिन्छ। त्यो अनुवाद टेक्सट तथा आवाजका रूपमा हुने गर्दछ।
 
एप्स निर्माणमा जोन्सनले प्रोग्रामिङको पाटो समालिरहेका छन भने उनकी दिदी अनिताले डाटाबेसमा काम गरिरहेकी छिन। उनले ‘टुरिष्ट लक’ एप्स प्रयोग गर्न पनि अत्यन्त सजिलो भएको बताए।
 
उनले भने, ‘हाम्रो एप्सलाई प्रयोग गर्दै विदेशीले भाषाको अनुवाद त एकातर्फ गर्छन नै त्यसका अलावा उनीहरूलाई नेपाली भाषा सिक्न पनि सहयोग गर्छ। एकहिसाबले भन्नु पर्दा यसले अंग्रेजी-नेपाली शब्दकोषको पनि काम गर्छ।’

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...