एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

  • Get News Alerts

काठमाडौँमा इन्जिनियरिङ सकेर कम्प्यूटर शिक्षा पढाउन सिन्धुली फर्केका सिब्जन चौलागाईँलाई आफ्नो गाउँको कृषिको अवस्था देख्दा देखेर अचम्म लागेको थियो। देशका ६० प्रतिशतभन्दा बढी जनता प्रत्यक्ष निर्भर रहेको कृषि क्षेत्रमा सूचना तथा जानकारीको कमीले निम्त्याएको नाजुक अवस्था देखेर यस क्षेत्रमा केही गर्ने अठोट गरे। 
 
मुख्य समस्या कृषि सम्बन्धी सूचना र जानकारीको अभाव भएको देखेपछि उनले यसलाई कसरी हरेक कृषकसम्म सूचना र जानकारी पुर्‍याउने भन्ने बारे सोचे। यो त्यति सजिलो काम भने थिएन। हरेक कृषकहरुलाई जानकारी दिनु भनेको चुनौतिपूर्ण काम थियो। यसका लागि सजिलो माध्यमको खाँचो थियो। 
 
यसै माध्यमको खोजीमा उनले मोबाइल नै एक सहज र धेरैको पहुँचमा भएको माध्यम हुने थाहापाए र यसै मार्फत् जानकारी प्रदानगर्ने निर्णय गरे। तर यो पनि त्यति सजिलो काम भने थिएन, सबैलाई एकैपटक जानकारी दिनु गाह्रो थियो। धेरै कृषकहरुसँग स्मार्टफोन नभएर सामान्य फोन हुनाले उनले सबैभन्दा पहिले ‘एसएमएस’ (SMS) मार्फत् जानकारी दिने प्लेटफर्म तयार गरे। 
 
यसबाट कृषकहरुलाई गाइवस्तु तथा बोटविरुवामा लाग्ने रोगहरु, समस्याहरु, समाधानकाउपायहरु, वीउविजन, बजारीकरण लगायत कृषि सम्बन्धी सकेसम्म हरेक किसिमका जानकारीहरु दिने काम सुरु गरे।नेपालमा कृषिमाभएका सम्भावनाहरुलाई सही सूचना तथा जानकारीको अभावमा कृषि क्षेत्रमा आएको वितृष्णा र विदेशिने  प्रवृत्तिलाई कम गर्नका लागि यो प्रयास गरेको सिब्जन बताउँछन्। 
 
पछि स्मार्टफोन भएका कृषकहरुले एप (App) मार्फत् यस्तो जानकारी पाइयोस् भन्ने अनुरोध गरेपछि सिब्जन र अभिनाश झा लगायत उनका साथीहरु मिलेर ICT for Agriculture (आइसीटी फर एग्रीकल्चर टोली) 'IFA KRISHI' (आइ.एफ.ए. कृषि) नामको मोबाइल एप विकास गरे। 
 
यसै क्रममा सन् २०१४ मा नेपालको दूरसञ्चार प्रदायक संस्था एनसेलले आयोजना गरेको नेपालकै सबैभन्दा ठूलो एपक्याम्पमा उनीहरुको टोली ‘आइसीटी फर एग्रीकल्चर’ सहभागी भयो। सहभागी मात्रै होइन उनीहरु उक्त वर्षको एनसेल एपक्याम्पको विजेता समेत बने।
 
कृषिप्रधान देश नेपालका किसानहरुलाई कृषि सम्बन्धी जानकारी तथा सूचना प्रदान गर्ने एप ‘आइएफए कृषि’ ले एपक्याम्पका अन्य टोलीहरुभन्दा अगाडि बढेर ७ लाख ५० हजार रुपैयाँ नगद उपहार सहित एनसेल एपक्याम्पको ग्रयाण्ड विजेता बन्यो। 
 
देशकै सबैभन्दा ठूलो एपक्याम्पले धेरै कुरा सिकाएको सिब्जन बताउँछन्। ‘हामीसँग साधन त थियो, तर त्यसलाई राम्रो तरिकाले कसरी प्रयोग गर्ने, त्यसको उपयोगीता कसरी बढाउने, व्यवसायीकरण कसरी गर्ने, व्यवस्थापन र थप ज्ञानको जरुरत थियो। यो सबैको लागि एनसेल एपक्याम्प अत्यन्त सुवर्ण प्लेटफर्म हो जहाँ हाम्रा आइडीयाहरुको उजागर गर्ने काम हुन्छ,’ उनले भने। 
 
‘एपबनाएर मात्रै हुँदैन, त्यसको सही ढंगबाट व्यवस्थापन गर्न पनि सक्नुपर्छ। यसका लागि ज्ञान तथा अनुभवको आवश्यकता पर्छ। एनसेल एपक्याम्प यस्तो ज्ञान लिनका लागि एक ठूलो भण्डार हो। एपक्याम्पमा भएका सेमिनार, तालिम, छलफल, प्रशिक्षण, परिक्षण लगायतका हरेक क्रियाकलापहरु ज्ञानपूर्ण थिए। त्यहाँ हरेक क्षेत्रका विज्ञहरु, सहजकर्ता तथा अनुभवी व्यक्तित्वहरुका साथै हामी सहभागीवीच आदानप्रदान भएका हरेक कुरा महत्वपूर्ण थिए। हरेक क्रियाकलापहरुबाट नयाँनयाँ कुरा सिक्न पाइन्थ्यो।हामीलाई आफ्नो आइडीयाको व्यवसायीक विकास, बजारीकरणका योजनाहरु, उपयोगीता र दिगोपनका बारेमा भरपुर जानकारी दिइएको थियो। एपक्याम्पमा भएका हरेक गतिविधी र सम्बन्धीत व्यक्तित्वहरुको सल्लाह तथा सुझावहरुले हामीलाई निखार्दै, अनुभवहरु दिदैँ आफ्नो आइडीयालाई उपयोगी, दिगो र आम्दानीमूलक बनाउने भन्ने बारे जानकारीका साथै उत्प्ररेणा र थप आत्मविश्वास मिल्यो,’ सिब्जनले बताए। 
 
उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’
 
एपक्याम्पको विजेता हुनुपूर्ण इसिमोड र सिप्रेडसँग काम गरेको आइसीटी फर एग्रीकल्चरले विजेताभएपछिे यूएसएड नेपाल, आइ.डी.इ नेपाल र लिवर्डसँग सहकार्य गरिरहेको छ । 
 
एनसेल एपक्याम्पको विजेताले एक अन्तराष्ट्रिय एपक्याम्पमा सहभागीहुने मौका पनि पाउने हुनाले सिब्जन र अभिनाश फिनल्याण्डको हेलसिन्कीमा आयोजित ‘SLUSH’ अन्तर्राष्ट्रिय एपक्याम्पमा पनि सहभागी भएका थिए। 
 
उक्त अन्तर्राष्ट्रिय एपक्याम्पबाट आफुले आइडीया, एप, यसको बजारीकरण तथा व्यवसायीकरणका बारेमा थप ज्ञान प्राप्त भएको सिब्जन बताउँछन्।
 
‘एनसेलले हामीलाई हाम्रो आइडीया चिनाउन र विस्तार गर्नका लागि र विश्वका अन्य देशका हामी जस्ता व्यक्तिहरुसँग विचार तथा अनुभव बाँड्ने ठूलो प्लेटफर्म दिएको छ। अन्तर्राष्ट्रिय एपक्याम्पमा हामीले हाम्रो आइडीया बाँड्न पायौँ, अरुका आइडीया बुझ्न पायौँ र विश्वस्तरीय हिसावमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने सिक्ने मौका पायौँ। त्यस्तै हाम्रो आइडीयामा इच्छुक भएका लगानीकर्ताहरुले हामीलाई थप प्रेरणा प्राप्त भएको छ। अन्तर्राष्ट्रिय एपक्याम्पबाट हाम्रो नेटवर्क बढ्नुका साथै बलियो पनिभएको छ,’ उनले भने। 
 
नेपालमा अझै पनि ४० लाख परिवार कृषिमा निर्भर छन् र उनीहरुमध्ये ६० प्रतिशतलाई आफुले गरेको उत्पादनबाट खान नपुग्ने अवस्था छ। श्रोत भएपनि कृषिका बारेमा जानकारी तथा सूचना र परम्परागत शैलीमै कृषिलाई निरन्तरता दिइएकाले यस्तो समस्या भइरहेको सिब्जन बताउँछन्। यदि किसानहरुलाई आफुले लगाउने वीउ तथा बालीका बारेमा पूर्ण जानकारी, त्यसको स्याहार, रोगव्याध र उपचारका बारेमा र पशुपालनमा पनि यस्तै जानकारी दिने र त्यसै अनुसार गर्ने हो भने कृषिबाट राम्रो आम्दानी गर्न सकिने सिब्जन बताउँछन्। 
 
‘हामी कहाँ भएका श्रोत र साधनबाटै हामी हाम्रो जीवनधान्न सक्ने उत्पादन गर्न सक्छौँ। प्रविधिको जमाना छ, यसैलाई उपयोग गरेर हामीले जानकारी दिने कोशिस गरेका छौँ। हामी अहिले ठूलै रफ्तारमा त छैनौँ, तर विस्तारै कामगर्दै गएपछि किसान र हामीदुवै पक्ष व्यवसायीक ढंगबाट अगाडि बढ्न सक्छौँ भन्नेमा विश्वस्त छौँ, उनले भने।
 
हाल सिब्जन (कार्यकारी निर्देशक) र उनका सहकर्मी अभिनाश झा (मार्केटिङ निर्देशक) क्रिएटिङ स्माइलस विल्डिङ्ग द नेशन (Creating smiles building The Nation) मार्फत् काम गरिरहेका छन्। 
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...

  • दिदीभाईले ल्याए ‘टुरिष्ट टक’ एप्स दिदीभाईले ल्याए ‘टुरिष्ट टक’ एप्स

    काठमाडौं, - घुम्ने मान्छेले भोग्ने अनेकन समस्या मध्ये भाषा बुझ्नमा हुने कठिनाइ पनि एउटा मुख्य समस्या हो। नेपालमा करिब वर्षेनी लाखौ पर्यटक भ्रमण गर्न आउँछन। नेपालको शैक्षिकस्तर अझै कमजोर छ र धेरै नेपालीहरू अझै प...