नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

  • Get News Alerts

'एप्सझोला'
एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प्लेस्टोर तथा एप्पलको स्टोरमा पेमेन्ट गेटवेका कारण एप्स राख्ने काम झन्झटिलो भएको बताएका थिए।
 
नेपालका उत्साहित एप्स डेभलपरहरूलाई प्रोत्सहान तथा तीनको सिप वृद्दिका लागि आयोजित प्रतियोगितामा एउटा समूह त्यस्तो पनि निस्कियो जसले नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स निर्माण गरिरहेका थिए। 'एप्स झोला' नामक यस एप्सले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूका लागि छुट्टै नेपाली एप्स स्टोर बनाइरहेको छ।
 
आफ्नो 'एप्सझोला'को बारेमा कुरा गर्दा यसका दुई सदस्यहरू प्रभात मान श्रेष्ठ तथा मात्रिका घिमिरेले आफ्नो एप्सले नेपाली एप्स निर्माताहरूको समस्यालाई एउटा हदसम्म सम्बोधन गर्ने बताए। 'एप्स झोला' नै किन भन्ने प्रश्नमा प्रभातले भने, 'नेपाली एप्सहरू गुगल प्ले स्टोरमा नभएका होइनन तर पेमेन्ट गेटवेका कारण गार्हो छ। त्यसैले नेपालमा यस्तो एउटा एप्स स्टोल खोलौ जसले गर्दा नेपालीहरूलाई सजिलो हो भन्ने विचारका साथ यो एप्सला अघि सारिएको हो।'
 
उनको यो भनाइमा मात्रिकाले पनि केही कुरा थपे, 'आफूले बनाएका एप्स प्रयोकर्ताहरू समछ पुर्याउन त्यती सजिलो त छदैं छैन। हाम्रा सिनियरहरूले पनि एउटा एप्स सम्बन्धी काम गर्दा उहाँहरूले प्रशिक्षण दिनु भएका केही डेभलपरहरूले प्ले स्टोरहरूमा एप्स राख्न भने केही राखियो तर आएका सबै राख्न पेमेन्टकै करण समस्या पर्यो। त्यही भएर उहाँहरूले यसो गर्यो भने नेपाली डेभलपरहरूलाई केही हदसम्म सहयोग होला भनेर यसको सुरूवात हुनपुगेको हो।'
 
एप्सझोलामा डेभलपरले १ हजार रूपयाँ तिरेर डेभलपर खाता खोल्न सक्छन जूज प्लेस्टोरका दाजो धेरै सस्तो र सजिलो भएको उनीहरूको दाबी छ। उनीहरुका अनुसार उनीहरूको एप्स स्टोरबाट प्रयोगकर्ता एवम डेभलपर दुबैलाई धेरै फाइदा हुन्छ। एप्सझोलाले डेभलपरलाई आफ्नो एप्स कहाँ राख्ने भन्ने समस्याबाट एकातर्फ छुटकारा पाँउछन भने अर्को तर्फ प्रयोगकर्ताले पनि नेपाली एप्सका लागि धेरै मिहेनत गर्नुपरेन।
 
'प्रयोगकर्ताले नि:शुल्क एप्स चलाउँदा त खासै समस्या परेन तर स-शुल्क एप्स चलाउनु पर्यो भने अप्ठ्यारो पर्छ।' मात्रिकाले भने। एप्स झोलामा कस्ता कस्ता एप्सहरू उपल्ब्ध छन त भने प्रश्नमा उनीहरूले हाल विजनेश, इन्टरटेन्मेन्ट, गेम्स, फाइनान्स जस्ता विभिन्न विधामा गरेर करिब ७० वटा एप्स उपल्ब्ध छन। अहिले यो एप्स सुरूवाती प्रक्रियामै रहेकाले आगामी दिनेमा नेपाली डेभलपरका एप्सहरू खोजीखोजी राखिने उनीहरूले जानकारी दिए।
 
एप्सझोलामा स-शुल्क एप्सहरूलाई इसेवाको माध्यमबाट खरिद गर्न सकिने  र निकट भविष्यमा अरू पेमेन्ट सर्विसलाई पनि थपिदै लगिनेछ। एनसेल मोबाइल क्याम्प उनीहरूका लागि विभिन्न हिसावले उपयोगी रहेको बताउन पनि उनीहरूले विर्सेनन। यस मोबाइल क्याम्पले उनीहरूलाई कस्ता एप्स बनाउनुपर्ने, तीनको बजारीकरण र एप्सका सम्भावित लगानीकर्ता समछ आफ्नो प्रोडक्टको बारेमा दिनुपर्ने प्रस्तुती जस्ता कुराले थप आत्मविश्वास बढाएको उनीहरूको अनुभव छ।
 
उनीहरुका अनुसार एनसेलले यो पुरस्कारसहितको प्रतियोगिताले नेपाली एप्स डेभलपरहरूलाई उत्साह थपने काम गरेको विचार उनीहरूको रह्यो। यसले ठूलाठूला लगानीकर्तालाई आकर्षित गर्न पनि सहयोग पुर्याएको छ। एनसेल मोबाइल क्याम्प जितिन्छ त भन्दा उनीहरूले अन्य साथीहरूको एप्सहरू पनि उत्तिकै सशक्त छन तर हामीले आफूलाई पनि त्यस क्याम्पको सम्भावित विजेताका रूपमा देखिरहेका छौं।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • दिदीभाईले ल्याए ‘टुरिष्ट टक’ एप्स दिदीभाईले ल्याए ‘टुरिष्ट टक’ एप्स

    काठमाडौं, - घुम्ने मान्छेले भोग्ने अनेकन समस्या मध्ये भाषा बुझ्नमा हुने कठिनाइ पनि एउटा मुख्य समस्या हो। नेपालमा करिब वर्षेनी लाखौ पर्यटक भ्रमण गर्न आउँछन। नेपालको शैक्षिकस्तर अझै कमजोर छ र धेरै नेपालीहरू अझै प...