एनसेल एप क्याम्प २०१५ के हाे? हाल के हुँदैछ ?

  • Get News Alerts

एनसेल एप क्याम्प २०१५ देशकै सबैभन्दा ठूलो एप विकास सम्बन्धि भेला र प्रतियोगिता हो। एप्ससम्बन्धी व्यवसायिक रुचि र चासो भएकाहरुलाई बाहिर ल्याउनका लागि र आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत एनसेलले गत वर्षदेखि एप क्याम्प सुरु गरेको हो ।
 
 एनसेल एप क्याम्प २०१५ मा खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी गरी ४ वटा विधाहरु रहेका छन्।
 
मोबाइलमा विशेष रुचि राख्ने, मोवाइल एप्स बनाउनेहरुका लागि यो उपयुक्त थलो हो जहाँ उनीहरु आफ्नो नवीन र सिर्जनात्मक मोबाइल एप्स आइडियाहरु प्रस्तुत गर्न सक्छन् जसले दिगो रुपमा व्यापार गर्ने क्षमता पनि राख्छ। 
 
यदि कोहीसँग मोबाइल एप्स प्रतियोगिताका विधा सम्बन्धी सोच छ ती एप्स नेपाली परिवेशमा उपयूक्त हुन्छ र अन्तराष्ट्रिय स्तरमा पनि जान सक्ने सम्भावना छन् भने त्यो सोच र एप्सलाई मूर्त रुप दिनका लागि एनसेल एपक्याम्प उपयूक्त थलो हो। त्यसैगरी कसैले यदि भर्खरै यस प्रतियोगिताका विधाहरु अन्तरगत रहेर मोबाइल एप्स बनाएको भए र त्यसलाई व्यवसायिक बनाउन चाहनुहुन्छ भने त्यसलाई अझ अगाडि बढाउन पनि यो प्रतियोगिता सही ठाउँ हो।
 
एनसेल एप क्याम्प २०१५ मा कूल ७ सय २८ आइडिया दर्ता भएका थिए जसमा युटिलिटी विधामा २ सय ९० वटा, पर्यटन विधामा १ सय ५३ वटा, स्वास्थ्यमा १ सय ४७ र मनोरन्जन विधामा १ सय ३८ वटा आइडिया दर्ता भएका थिए। 
 
त्यसबाट प्रतियोगीहरुले बनाउन चाहेको एपले हल गर्ने समस्याको गम्भिरता (एपको उपयोगिता), एपको व्यवसायिक सम्भावना, त्यसको देशभर र बाहिर पनि विस्तारको संभावनाका साथै प्रतियोगीहरूको अभिव्यक्ति र प्रस्तुतिको आधारमा १५० आईडिया छनौट गरिएको थियो।
 
छनोटमा परेका यी समूहहरुलाई तालिम तथा सेमिनारहरुमा सहभागी गराई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विषयगत विज्ञहरुबाट आवश्यक ज्ञान प्रदान गरिएको छ। उक्त अवसरमा सहभागीहरुले बजारीकरण, एप्लिकेशन निर्माण, योजना प्रस्ताव र व्यवसाय विकास जस्ता विषयमा विस्तृत जानकारी प्राप्त गर्नुका साथै यस्ता सेमिनार तथा तालिममा सहभागीहरुले विषयगत क्षेत्रका विज्ञहरुसँग प्रश्नोत्तर गरी आफ्ना जिज्ञासाहरुको समाधान गर्ने अवसर प्राप्त गरेका  थिए।
 
अब १५० समुहले आफ्नो एपको प्रटोटाइप बुझाउनु पर्नेछ जसका आधारमा सम्वन्धित क्षेत्रको विज्ञहरुले प्रत्येक विधाबाट ६ वटा समूहलाई फाइनलमा सहभागी हुनका लागि छान्नेछन् । प्रत्येक विधागत क्षेत्रमा ६ वटा गरी उत्कृष्ट अवधारणा प्रस्तुत गर्ने जम्मा २४ समूहलाई अन्तिम प्रतिस्पर्धाका लागि अवसर दिइनेछ। 
 
एप क्याम्पअन्र्तगत अन्तिम चरणमा छानिएका प्रतियोगी समुहहरुले विज्ञहरुबाट बिजनेश मोडेल बनाउन, यूजर इन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुति गर्न सिक्नेछन् । फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आफ्नो आईडियाको प्रस्तुति तथा एपको प्रर्दशन गर्नुपर्ने छ ।
 
फाइनल प्रस्तुतिपछि प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्वकृष्ट विजेताले थप ५ लाख रुपैयाँको थप नगद पुरस्कार सहित २०१६ मा हुने अन्र्तराष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।
 
यस पटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् ।
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...