कृषि एप्स 'आइसिटी फर एग्रिकल्चर'ले बिजेता हुँदै जित्यो साढे सात लाख

  • Get News Alerts

राजधानीमा बिहिबार सम्पन्न देशकै सबैभन्दा ठूलो मोबाइल क्याम्प 'एनसेल मोबाइल क्याम्प'मा कृषि एप्स 'आइसिटी फर एग्रिकल्चर' समग्र विजेता बनेको छ। समग्र विजेता बन्दै 'आइसिटी फर एग्रिकल्चर'ले नगद पाँच लाख रूपयाँ पनि हात पारेको छ।
 
उसले विषयगत प्रतिश्पर्धा अन्तर्गत कृषिमा पनि उत्कृष्ट हुँदै नगद दुई लाख पचास हजार हात पार्यो। समग्र विजेता बन्न अन्तिम चरणको प्रतिष्पर्दाको लागि कृषि, पर्यटन, कर्पोरेट सलुसन, तथा शिक्षा गरी चार विधामा जम्मा २४ टिमले प्रतिष्पर्धा गरेका थिए।
 
विजेता बनेको आइसिटी फर एग्रिकल्चर' मोबाइल एप्स 'किसान, व्यापारी, कृषि बिज्ञ तथा कृषिका आधार संस्थाहरूलाई एकै ठाँऊमा समेटी कृषिको व्यवस्थापन तथा बजारको बजार प्रणालीलाई सरलीकृत गरी नेपालको खाध्य सुरक्षालाई सुनिश्चित गर्ने' सोचबाट विकाश गरिएको एप्स हो। यस एप्सले किसानलाई बाली रोग, पशु रोगका विभिन।न समस्याको समाधन, बाली लगाउँदा प्रयोग गर्नुपर्ने रसायिनिक मल तथा विषादीको उचित प्रयोग, कृषि बजारको जानकारी, मौसमको पूर्वजानकरी जस्ता सूचनालाई मोबाइल मार्फत दिनेछ।
 
उनीहरूलाई नेपाल तथा विदेशका विभिन्न छेत्रमा विषयगत विग्यता हासिल गरेका आठ सदस्यीय निर्णायक टोलीले समग्र विजेता घोषित गरेका हुन। त्यसैगरी अन्य विषयगत एप्सतर्फको प्रतिष्पर्दामा कर्पोरेट सलुसनबाट 'ओपिनोयो' समूहको 'सेन्टी नेप' विजेता बन्दा शिक्षा र पर्यटनबाट क्रमश: 'रितिरिवाज' र 'लीपि'ले आफूलाई उत्कृष्ट सावित गरे। उनीहरूले पुरस्कार स्वरूप प्रत्येक समूह विजेताले दुई लाख पचास हजार नगद प्राप्त गरे।
 
कर्पोरेटतर्फ विजयी ओपिनियोले मानिसहरुको विचार तथा अनुभूतिहरुलाई वर्गिकरण गरी व्यवसायीहरुलाई आफ्नो व्यवसायिक योजना निर्धारण गर्न सहयोग पुर्याउँछ । विशेष गरी मिडियातर्फ लक्षित यो एपले प्रकाशित भएका समाचार तथा अन्य प्रतिक्रियाहरुको अध्ययन गरी विश्लेषण गर्ने कार्य गर्छ । शिक्षा क्षेत्रतर्फ विजयी रितीरिवाज नामको एपले नेपालका चाडपर्वहरुबारे जानकारी दिने कार्य गर्दछ । विशेष गरी विदेशमा बस्ने नेपालीहरु र नयाँ पिढीलाई आफ्नो सँस्कृतिको जगेर्ना गर्न सघाउने यो एप्स एक महिनाभित्र बजारमा आउने छ।  त्यसैगरी पर्यटनतर्फको विजेता एप लिपीले विशेषतः पर्यटकहरुलाई नेपाली भाषामा लेखिएका तस्बीर उनीहरुले बुझ्ने भाषामा परिवर्तन गरी सहयोग पुर्‍याउँछ।
 
आफूलाई उत्कृष्ट साबित गर्ने क्रममा २०४ समूहले 'आइडिया पिचिङ' गर्नको लागि  प्रत्येक समूहले १०-१० मिनेटको प्रस्तुति दिएका थिए। जसअन्तर्गत उनीहरुले २ मिनेट निर्णायक मण्डलको प्रश्नको जवाफ दिएका थिए भने  ३ मिनेटमा आफ्नो एप्सको नमूना प्रयोग गरेर देखाएका थिए।  कुन्द दिक्षित, नरोत्तम अर्याल, पुर्ण बहादुर क्षेत्री, शौरभ ज्योती, सुमन पाण्डे, टमी अहोनेन, र टमस मार्टुनस सम्मिलित निर्णायक मण्डलले प्रतिस्पर्धीहरुलाई उनीहरुले प्रस्तुत गरेका एप्सले समाधान गर्ने समस्याको प्रकृति, व्यवसायिक नमुना, एप, व्यवसाय विस्तारको सम्भावना र प्रस्तुतिको स्तरका आधारमा अंक प्रदान गरेका थिए ।  
 
प्रतियोगितामा सहभागिता जनाउन करिब ४ सय ५७ समूहहरुले आवेदन दिएका थिए जसबाट पहिलो चरणको प्रतिष्पर्दाको लागि १ सय १५० समूहलाई छनोट गरिएको थियो । ती समूहहरुले विभिन्न तालिम तथा सेमिनारमा सहभागी भइ एप निर्माणको प्राविधिक तथा व्यवसायिक पक्षबारे विज्ञहरुबाट ज्ञान हासिल गरेका थिए। उक्त १ सय ५० समूहहरुमध्येबाट अन्तिम प्रतिष्पर्दाका लागि मंसिर १६ गते उत्कृष्ट २४ समूहको छनोट गरिएको थियो। 
 
विजेताहरूको घोषणा गर्नुअघि कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलकी कर्पोरेट कम्युनिकेसन प्रबन्धक सञ्जु कोइरालाले एनसेलले प्रतिस्पर्धाको सुरूवात गर्दामा यो संख्यामा सहभागिता होला भन्ने नसोचेको बताइन्। उनले भनिन, 'हामीलाई १२५ वटा समूह त आउलान नि भन्ने लागेको थियो तर हाम्रो अनुमान भन्दा धेरै सहभागी भए। यसबाट तपाई सहभागीहरूले केही न केही सिक्नु भयो भन्ने मलाई लागेको छ।' उनले एप्स क्याम्प सफलतापूर्वक सम्पन्न भएको तर अन्त्य भएको चाँहि होइन । उनले सहभागी सबै सक्रिय र सिर्जनशील एप्स निर्माताहरुलाई उनीहरुको व्यवसाय अघि बढाउन प्रोत्साहन गर्ने खालको नयाँ कार्यक्रम ल्याउनेबारे हामी सोचिरहेको पनि बताइन।
 
समग्र विजेताको घोषणा गर्नुअघि एनसेल नेपालका कार्यकारी प्रमुख एरिम टायलेनरले नेपालको परिचय सगरमाथाको देश, ट्रेकिङको देश मात्र नभइ प्रविधि र सिर्जनशिलताको देश पनि भएको कुरा यस प्रतियोगिताले पुष्टी गरेको बताए।त्यस्तै अब समग्र विजेताले छिट्टै अन्तर्राष्ट्रिय एप्स प्रतियोगितामा पनि सहभागिता जनाउने अवसर पनि पाउनेछ जसको प्रायोजन एनसेलले गर्नेछ। कार्यक्रममा एनसेलले निर्माण गरिरहेको एप्स स्टोर चाँडै नै सुरू गरिने जानकारी पनि दिइयो।

 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...