अन्तिम लडाइँमा एप्स क्याम्पका प्रतिस्पर्धी

  • Get News Alerts

अन्तिम प्रतिष्पर्दाका लागि तयारी गरिरहेका एनसेल मोबाइल क्याम्पका प्रतिष्पर्धिहरूले विभिन्न क्षेत्रका विज्ञहरुबाट बृहत प्रशिक्षण लिएका छन। उनीहरूलाई प्रशिक्षकहरूले विषयगत ज्ञान, व्वसायिक अवधारणा, बजारीकरण र प्राविधिक ज्ञान प्रदान गरेका थिए।
 
अन्तिम विजेता बन्नका लागि कृषि, पर्यटन, कर्पोरेट तथा शिक्षाबाट प्रत्येक विधाका ६ समूह गरी कुल २४ समूहले प्रतिष्पर्दा गरिरहेका छन। यस प्रशिक्षणले प्रतिष्पर्दी समूहरूलाई आफ्नो एप्सलाई अझ आकर्षक बनाउन सहयोग पुर्‍याएको बताएका छन। त्यस्तै कार्यक्रममा प्रशिक्षण दिएका प्रशिक्षकहरुले प्रतिस्पर्धी समूहहरु आकर्षक एप्स र उत्साहजनक व्यवसायिक अवधारणामा काम गरिरहेको जानकारी दिए।
 
बिहीबार हुने उक्त प्रतिस्पर्धाका लागि उनीहरुलाई ५ मिनेट अवधारणा प्रस्तुति र थप ३ मिनेट एप्सको नमूना प्रदर्शनका लागि दिइनेछ । 'हुन त एप निर्माणको प्राविधिक पक्षतर्फ बढी दक्ष निर्माताहरुमा अन्य विषयगत ज्ञानको पूर्णता खोज्न मिल्दैन । तर आयोजकले यस पक्षमा उनीहरुलाई सघाउन विभिन्न क्षेत्रका विज्ञहरुलाई ल्याएको छ जसकारण सहभागीहरुले आफूलाई चाहिने थप ज्ञान हासिल गरिरहेका छन्।' पर्यटन क्षेत्रका एक विषयगत प्रशिक्षकले आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै भने । 'मलाई लाग्छ, यो निरन्तर सिक्ने प्रक्रियाबाट भविष्यमा उहीहरु अझ पोख्त हुनेछन्।'
 
पर्यटन क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका समूहहरुलाई व्यवसायिक रणनीति बनाउन सहयोग गर्दै वान टु वाचका सहसंस्थापक विलियम ग्रिमिंकले उक्त क्षेत्रका सबै एपहरुले प्रविधिको प्रयोगमार्फत् ट्राभल एजेन्सीहरुलाई विस्थापित गर्न खोजेको प्रतिक्रिया दिए।
 
'यसो गर्दा कुनै पनि पर्यटक नेपाल प्रवेश गर्नुअघि नै उसले तपाईंको एप प्रयोग गर्ने वातावरण सिर्जना गर्नुहोस् किनकी एउटा यात्रीले यात्रा सुरु गर्नुअगावै यात्राबारे महत्वपूर्ण निर्णय गर्दछ,' ग्रिमिंकले पर्यटन क्षेत्रतर्फका प्रतिस्पर्धीहरुलार्ई आपसमा सहकार्य मूख्य चुनौतीसँग लड्न सुझाव दिए।
 
थ्रीएच म्यानेजमेन्टका कार्यकारी प्रमुख शोहनबाबु खत्रीले शिक्षा क्षेत्रतर्फ छानिएका उत्कृष्ट ६ समूहहरुलाई प्रशिक्षण दिँदै उनीहरुले निर्माण गरिरहेका एपले विद्यार्थी, अभिभावक र विद्यालयलाई आपसमा जोड्ने बताए। यसअघिका तालिममा १५० समूहहरुलाई व्यवसायिक नमूना तयार पार्न सघाएका खत्रीले छानिएका शैक्षिक एपहरुलाई जनाउँदै भने, 'म आफैंले सिफारिस गर्नुपर्दा कुनै पनि शैक्षिक संस्थाले यी ६ वटै एप किन्नु लाभदायी हुने ठान्दछु।'  कृषितर्फका प्रतिस्पर्धी समूहहरुलाई बजारीकरणसम्बन्धी प्रशिक्षण दिएपछि एनसेलका बीटुसी विभागका प्रमुख भाहदत जेहतावले भने, 'कृषि क्षेत्रका सबैजसो एपहरु कृषकलाई आवश्यक पर्ने सूचनामा आधारित छन् । तसर्थ, एप प्रयोगकर्ता कृषकलाई सहज बनाउने खालको बनाउनुसक्नु सबैका लागि मूख्य चुनौती हुनेछ।'
 
कर्पोरेट सोलुसन्सतर्फका समूहहरुलाई प्राविधिक विषयमा प्रशिक्षण दिएपश्चात् एनलोकेटका सह संस्थापक तथा लिपफ्रग टेक्नोलोजीका कार्यकारी रिचन श्रेष्ठले सबै समूहहरु प्राविधिक रुपमा सवल रहेको जानकारी दिए। 'सबैजसो समूहहरुको पृष्ठभूमि प्रविधि भएकाले प्राविधिक चुनौती उनीहरुलाई खासै देखिदैन',श्रेष्ठले भने।
 
सर्वाधिक अंक हासिल गरी छनोट भएका ६ समूहरुमा कृषितर्फ केयर क्रप, क्रिएटिभ माइन्ड, क्रिएटु डेभलपर वान, आइसिटी फर एग्रिकल्चर, साथी र दि रिभोलुसन रहेका छन्। कर्पोरेट सोलुसन्सतर्फ एप्स झोला, क्याबी, ड्रपार्टमेन्ट, इगल स्कुल बस, क्यूओडी र सेन्टीनेप रहेका छन् ।
 
त्यसैगरी शिक्षा क्षेत्रबाट छानिएका समूहमा मेरो एन्सर, ग्रुप अफ इनोभेटिभ डेभलपर, लिएजिज, रीति रिवाज, स्पेशल फोर्सेस् र टिम जेभिरियन छन् । त्यसैगरी पर्यटन क्षेत्रतर्फ हायर ए गाइड, होमस्टे नेपाल, नेपफ्लाइटस्, टिम एल्लो नेपाल, टुरिष्ट टक र लिपी (स्क्रीप्ट) अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् ।  प्रत्येक विषयगत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने समग्र विजेताले थप ५ लाख रुपैयाँ नगद पुरस्कार सहित अन्तराष्ट्रिय एप सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...