एनसेल मोबाइल क्याम्पमा 'आइडियादेखि दिगोविकास'सम्मको कुरा

  • Get News Alerts

जारी एनसेल मोबाइल क्याम्पको अन्तिम प्रतिष्पर्दामा रहेका अन्तिम २४ समूहलाई आज सोल्टी क्राउन प्लाजामा आयोजित अन्तरक्रियामा मोबाइल एप्सको दिगो विकास, एप्सको बजारीकरण  तथा मोबाइल प्रविधिको बढिरहेको बजारको बारेमा छलफल गरिएको थियो। आज  तीनवटा विषयमा छलफल भएका थिए।
 
मङ्गलबार भएको पहिलो अन्तरक्रियामा एप्सको दिगो विकासका बारेमा बोल्दै मोबोफ्रिडटकमका सहसंस्थापक थोमस मर्टुसनले एप्स डेभेलपरमा ठूलो धर्यता हुनुपर्ने बताउँदै डेभेलपरहरूले आफ्नो एप्सको दिगोपनामा विशेष ध्यानदिनुपर्ने बताए। उनले एप्स निर्माणमा लगानीकर्तालाई आकर्षित गर्ने काम सबैभन्दा चुनौतीपूर्ण हुने बताउँदै प्रारम्भिक चरणमा लगानीका लागि साथी, परिवार तथा कम सचेत लगानीकर्तालाई सामेल गराउनुपर्ने बताए।
 
उनले 'आइडियादेखि दिगोविकास'सम्मको यात्रा तय गर्नका लागि आवश्यक हुने भन्दै दशवटा बुदाँलाई बिर्सन नहुने बताए। उनले आफ्नो एप्सको उद्देश्यमा स्पष्टता हुनुपर्ने, ठूलो बजारलाई टार्गेट गर्ने, समस्यालाई समाधान गर्ने किसिमका एप्सको निर्माण जस्ता बुँदा ध्यान पुर्याउन सके एप्समा दिगोपना हुने बताए।
 
उनले प्रसिध्द मोबाइल निर्माता कम्पनी एप्पलको उदाहरण दिदैं भने, 'एप्स बजारमा त्यस्ता क्रेता पनि हुन्छन् जसलाई एप्सको मूल्यसँग भन्दा पनि त्यसको विशेषतासित सरोकार हुन्छ। त्यसैले त्यस्ता क्रेतालाई आकर्षित गर्न सक्ने एप्सनिर्माणमा आफूलाई केन्द्रीत गराउनुपर्छ,' उनले बताए। त्यसका लागि पृथक ढंगको सोच राख्नुपर्ने बुदाँलाई विर्सन नहुने बताए।
 
त्यस्तै लगानीकर्ता आफ्ना उद्देश्यमा स्पष्ट हुने भएकाले उनीहरूसँग कुरा गर्दा चनाखो हुनुपर्ने सुझाव पनि उनले दिए।
 
त्यसैगरी अन्तरक्रियाको दोस्रो सत्रमा मनास्लु सफ्टवेयरका करूण थापाले 'मोबाइल एप्स बजारीकरणमा रहेका चुनौती'का बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए। उनले एनसेलमा सहभागी हुने आएका एप्सहरूमा अध्ययन अनुसन्धानको कमी देखीएको र आएका थुप्रै आवेदनका सोचहरू साधारण खालका  भएको बताउँदै नेपाल लोडसेडिङ, नेपाली पात्रो जस्ता मोबाइल एप्सहरू सोचका हिसाबले नविन भएकै कारण बजारमा बिक्न सकेको बताए।
 
उनले एप्स निर्माणका विभिन्न चुनौतीलाई निर्माताले नजरअन्दाज गर्ने गरेकाले एप्सहरू सफल हुनबाट चुक्ने गरेको भन्दै सहभागीहरूलाई सचेत गराए। उनले भने, 'पर्तिष्पर्दीको मूल्याङ्कन नगर्नू, एप्सको निर्माणका दौरानमा प्रतिक्रियाहरू नलिनु, एप्स बजारको अध्ययन आदि नगर्नाले एप्स असफल हुने जोखिम बढाउँछ।' त्यस्तै उनले आफ्नो एप्सको 'यूनिक सेलिङ पोइन्ट' (यूएसपी)लाई पहिल्याउनुपर्ने  आवश्यक्ता औल्याए।
 
त्यसैगरी अन्तिम अन्तरर्क्रियामा बोल्दै मोबाइल परामर्शकर्ता टोमी अहोनेनले मोबाइल प्रविधिको बजार बढ्दो क्रममा रहेकाले डेभलपरहरूले यसको सक्दो फइदा उठाउनुपर्ने बताए। उनले मोबाइललाई जादुमयी पैसा छाप्ने मेशिनको संज्ञा दिदैं यसलाई आफ्नो पक्षमा पर्नुपर्ने बताए।
 
उनले वर्तमानमा हरेक व्यवसायले आफ्नो व्यवसाय विस्तारका लागि मोबाइल प्रव्रिधिमा हात हालेको बताए। उनले माइक्रोसफ्टले नोकिया फोन किन्नु, एप्पल कम्पनीले आफू टाँट पल्टिएको अवस्थामा मोबाइल छेक्षमा हात हाल्नुको पछाडि व्यवसायमा टिकिरहन चालिएको कदम भएको बताए। उनले भने, 'कोडाक लगायतका कम्पनी टाट पल्टनुको पछाडि बद्लिदो परिस्थितिलाई बुझ्न नसक्नाले हो।' मोबाइलले जस्तो फड्को अरू कुनै क्षेत्रले मार्न नसकेको उनको तर्क थियो।
 
उनले भविश्यमा स्मार्ट फोन झनै सस्तो हुने र प्रत्येकको हातहातमा पुग्ने हुनाले यसको फाइदा लिन पछाडि पर्न नहुने उनको सुझाव थियो।
 
आगामी मंसिर २५ गते यस एनसेल मोबाइल क्याम्पको फाइनल विजेता घोषणा गरिनेछ। यस प्रतियोगीतामा प्रतियोगीहरूले कर्पोरेट, पर्यटन, कृषि तथा शिक्षा गरी चार विधामा प्रतिष्पर्दा गरिरहेका छन्। जसमध्ये प्रत्येक समूहका विजेताले नगद २ लाख ५० हजार र समग्र विजेताले थप पाँच लाख रूपयाँसँगै अन्तार्ष्ट्रिय एप्स प्रतियोगितामा भाग लिने अवसल पाउनेछन्।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...