भान्सा’ मोबाइल एप्सले यसरी बनाउँछ सहज

  • Get News Alerts

काठमाडौंका कामकाजी मानिसहरू प्राय:जसो दिउँसो खाजामा ‘फास्टफुड’ नै खाने गर्छन। यो उनीहरूको रहर नभइ बाध्यता हो। यस्ता खानेकुराले उनीहरूको स्वाश्थयमा नकारात्मक असर पार्छ भन्ने जान्दाजान्दै पनि उनीहरू यसो गर्न बाध्य छन। उनीहरूमा दिउँसो खाने खाजा पनि घरको जस्तै होस भन्ने चाहना हुन्छ  तर त्यो अहिलेलाई मनको एउटा कामनामात्र हो।
 
त्यसैगरी काठमाडौंमा थुप्रै यस्ता गृहिणीहरू पनि छन जो आफ्ना श्रीमानलाई अफिस तथा छोराछोरीलाई स्कूल पठाएपछि फुर्सदिलो हुन्छन र समय बिताउन टिभी सिरियल हेर्नमा आफूलाई व्यस्त बनाउँछन। उनीहरूमा केही काम गर्ने इच्छा हुनेगर्छ। यही कुराको समाधान देशमा जारी देशकै सबैभन्दा ठूलो मोबाइल क्याम्प ‘एनसेल मोबाइल क्याम्प’मा केही उत्साहित यूवाहरूले निकालेका छन्।
 
इन्जिनरिङ संस्थान पुल्चोकमा अध्ययनरत पाँच युवाले अफिसको काममा घरकोजस्तै खाजा खाने इच्छा राख्ने र फुर्सदमा केही काम गरेर केही पैसा कमाउ भन्ने इच्छा राख्ने गृहिणीका लागि ‘भान्सा’ नामक मोबाइल एप्स बनाईरहेका छन्।
 
इन्जिनरिङ कलेजको क्यानटिनमा आफ्ना टिमका सदस्यहरू सहित भेटिएका ‘कोड’ समूहका लिडर आशिष आचार्यले ‘भान्छा’ मोबाइल एप्सले दिनभरी सिरियलमा आफुलाई भुलाएर त्यतिकै समय कटाउने र अफिसमा सफा र स्वश्थ्य खानेकुराको अपेछा गर्नेहरूको समस्याको समाधान गर्ने बताए।
 
उनले एप्सको विशेषता खुलाउँदै भने, ‘यदी तपाई कुपन्डोल एरियामा काम गर्नु हुन्छ भने तपाईको अफिसको छेऊमा यस एप्सको प्रयोगबाट तपाईलाई खाना दिनसक्ने मान्छेको बारेमा जानकारी दिन्छ र तपाईले आफूलाई उपयूक्त लाग्नेबाट यो सुविधा लिन सक्नुहुन्छ।’
 
आफ्ना टिम लिडरका कुरालाई ध्यान दिएर सुनिरहेका टिमका अर्का सदस्य शाश्वत मेहेताले कुरा थप्दै भने, ‘हामीकहाँ रेष्टुरेन्टको खाना सप्लाई गर्नेहरू त छन तर घरको स्वाद त्यसमा भेटिदैन। हामी त्यही कमीलाई पूरा गर्न चाहन्छौ। हाम्रो एप्स नेपालका लागि बिल्कुलै नयाँ बिल्कुलै नयाँ अवधारणा हो।’ उनले उनीहरूको यस एप्समा रहेको विशेषतालाई यसरी सिलसिलाबद्द गरे, ‘हाम्रो एप्समा खाना बनाउने मान्छेको व्यक्तीगत प्रोफाइल हुन्छ, उनीहरूबाट सेवा लिइरहेका सेवाग्राहीहरूको रेटिङ र रिभ्यू हुन्छ जसले को कुकको खाना राम्रो र मिठो भन्ने जानकारी दिन्छ। कुन एरियामा कस्ता खाले कुकहरू छन र सेवाग्राहीमा खाना कति समयमा आइपुग्छ भन्ने अनुमानित समयको पनि जानकारी दिन्छ जसका कारण तपाईले कतिबेला खानाको अर्डर गर्ने हो भन्ने थाहा पाउनु हुन्छ।’
 
अनि ‘यस एप्सले’ भन्दै आशिषले एप्सका थप विशेषताहरू यसरी बताए, ‘एकातर्फ खाना बनाउने कुकले पनि आफूले के कस्ता खानेकुरा बनाउन सक्छ त्यसको मेन्यू तथा मूल्यहरू आफ्नो प्रोफाइलमा राख्न सक्छन जसका कारन खाना खाने र बनाउने दुबैलाई फाइदा पुर्याउछ भने अर्कोतर्फ सेवाग्राहीले पनि आफूलाई मनपर्ने खानेकुराको रोजाइ राख्न सक्छन जसले गर्दा सो खानेकुरा सप्लाई गर्नेलाई फाइदा हुन्छ। त्यसैगरी सेवाग्राहीले पनि आफूलाई मनपर्ने खाने कुरा खान पाउँछन।’
 
उनीहरूले यस एप्सले अफिसमा दश जना स्टाफलाई खाजा चाहियो भने यसले त्यो पनि गर्छ। अनि यो एप्स मनमा आएको सोच मात्रको नतिजा हो कि यसले वर्किङ लेभलमा पनि काम गर्ने सम्भावना देखेर बनाएको हो? भन्ने प्रश्नमा उनीहरू आफ्नो एप्सको बचाउ गर्दै यो एप्सका बारेमा केहीसोधपुछ गरेपछि सकारात्मक प्रतिक्रिया पाएपछि नै सुरू गरेको बताए। ‘वर्केवल’ नभएको भए यती ठूलो प्रतियोगिताको टप २४ मा पुगेको उनीहरृको तर्क थियो। उनीहरूले भने, ‘यदि यस्तो हुँदो हो त यसका ‘एक्सपर्ट’हरूको नजरमा हामी पर्दैन थियौं होला।
 
एउटै क्लासका यी सहपाठीहरूले एनसेल मोबाइल क्याम्पबाट एप्सको बजारीकरणको बारेमा थुप्रै कुरा जान्न पाएको बताए जसका बारेमा उनीहरू यसअघि खासै सोचेका थिएनन। एनसेलका सेमिनारहरूमा भाग लिएपछी यो पाटो पनि एप्स निर्माण जत्तिकै महत्नपूर्ण रहेको बुझेको बताए। अनि प्रतियोगिता जितेमा के गर्नुहुन्छ भन्ने प्रश्नमा शाश्वतले भने, ‘कम्पनी सुरू गर्ने हाम्रो सोचमा यसले धेरै सहयोग गर्छ तर प्रतियोगिता हो हेर्दै जाँउ।’ उनीहरूले यो एप्सका लागि एनोरोइड प्लेटफर्मलाई उपयोग गरिरहेका छन्।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...