कृषीबारे जानकारी दिने लाभादयी एप्स

  • Get News Alerts

कान्तिपुर इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक तहको अन्तिम सेमेष्टरको परिक्षा दिएका विनोद राई, एन्जु राई, सुनिल लामा र अमिर जिसी एनसेल एप्स क्याम्पको बारेमा सुन्दा निकै उत्साहित भएका थिए। 
 
किनकी कलेजको पढाईपछि उनीहरू छुट्टिन लागेका थिए, एनसेल एप्स क्याम्पले फेरि साथीभाई एकै साथ काम गर्ने मेसो जुराईदियो। 
 
उनीहरूले कृषक र कृषीमा चासो राख्नेका लागि उपयोगी हुने एप्स बनाइरहेका छन्। उनीहरूको समूह क्रियटिभ माइन्ड एनसेल एप्स क्याम्पको २४ समूहभित्र छानिएको छ। 
 
उनीहरूको एप्समा मुख्यतः चार कुरालाई समेटिएको छ। कृषी सामग्रीको बजारभाउ, कालो बजारीको उजुरी, कृषी बजेटको जानकारी र कृषीसामग्रीको मूल्यको विश्लेषण। 
 
एप्स दिनदिनै अपडेट गर्दा कृषक र उपभोक्ता दुबैलाई सहज हुनेछ, भने कृषी सामग्रीमा भइरहेको कालोबजारीको बारेमा उपभोक्ता सम्बन्धित निकायमा गुनासो पनि गर्न सक्नेछन्। 
 
टिम लिडर अमीरले भने ‘अहिले बजारमा दिनदिनै कालो बजारी भइरहेको थाहा पाउँदा पाउँदै पनि उपभोक्ताहरू गुनासो गर्न सकिरहेका छैनन्, हाम्रो एप्सले एसएमएसका माध्यमबाट सजिलै सम्बन्धित निकायमा गुनासो पु¥याउन सहयोग गर्नेछौँ। 
 
उनीहरूको एप्सले प्रदान गर्ने अर्को सुविधा सरकारले कृषी क्षेत्रमा छुट्याएको बजेट र सुरु गर्न लागेको योजनाका बारेमा किसानलाई जानकारी दिनु हो। ‘यसको प्रयोगले सरकारी बजेटको विनियोजनमा पारदर्शिता ल्याउने छ’ समूहका सदस्य विनोद राईले भने। 
 
उनीहरूको एप्समा कृषी बजारको विश्लेषण गर्न पनि सहज हुनेछ। विभिन्न कृषी सामग्रीको वर्षभरिको मूल्यलाई उनीहरूले ग्राफमा आधारमा एप्समा राख्न सकिने गरी एप्सको विकास गरिरहेका छन्। 
‘ग्राफका आधारमा कृषकले कुन समयमा कुन बाली लगाएर उत्पादन गर्दा उचित मूल्य पाउन सकिन्छ? भनेर विश्लेषण गर्न सक्छन’ अमीरले थपे।
 
उनीहरूको एप्समा बजार मूल्यका लागि नेपालका प्रमुख सहरहरूबाट अपडेट हुने व्यवस्था छ भने गुनासो सुन्नका लागि सरकारी निकायसँग पनि सम्वनय गर्ने योजना छ। 
 
यसभन्दा पहिला कलेजका साथीहरूले मिलेर अन्तरकलेज स्तरीय एप्स कम्पिटिसनमा सहभागी भएका उनीहरूले नेपाल कृषीप्रधान देश भएको र प्रविधिको विकाससँगै कृषिलाई पनि प्रविधिमैत्री बनाउन यस्तो एप्सको आवश्यकताको महशुस भएकोले कृषीसम्बन्धी नै एप्स बनाएको उनीहरूले बताउँछन्। 
 
प्रतियोगितामा उपाधी जिते काम गर्न धेरै सहयोग मिल्ने आसा लिएका उनीहरूले उपाधी नजिते पनि एप्सलाई पुरा गरेर नै छाडने प्रतिवद्धता जनाए। 
 
एप्समा कृषिसम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाका विज्ञापनमार्फत रकम सञ्चालन गरेर एप्सको विस्तारलाई निरन्तरता दिने उनीहरूको योजना छ। 
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...