एनसेल एप क्याम्पमा उत्कृष्ट २४ समूह छानिए

  • Get News Alerts

फाइल तस्विर
एनसेलले बुधबार एनसेल एप क्याम्प अन्तर्गत कृषि, शिक्षा, कर्पोरेट सोलुसन्स र पर्यटन प्रत्येक विधागत क्षेत्रबाट ६ वटा समूह गरी आगामी प्रतिस्पर्धाका लागि उत्कृष्ट २४ समूहको घोषणा गरेको छ। 
 
चार विधामा उत्कृष्ट २४ को स्थान प्राप्त गर्न १५० प्रतिस्पर्धी टिमहरु रहेका थिए। मंसिर १५ गते मध्यरातसम्म परिमार्जित अवधारणा पेशी बन्द भए पश्चात, ईन्टरनेस्नल फाइन्यान्सल कोर्पाेरेशन अफ दि वर्ल्ड बेंक ग्रुप, नेपाल टुरिस्म बोर्ड, गोल्छा अर्गनाइजेसन, निम्बस र एफ वान साफ्ट तथा अन्य संस्थाका प्रतिनिधिहरु भएको स्वतन्त्र निर्णायक मण्डलले एपको आइडिया र व्यवसायिक योजनाका आधारमा अंक प्रदान गरेका थिए। 
 
एपले समाधान गर्ने समस्या, विश्वव्यापी पहुँचको संभावना, व्यावसायिक नमुना, प्रस्तुतीकरण र अन्य आधारमा अंक प्रदान गरी टिमहरुको निर्णय गरिएको थियो।
 
उच्च अंक हासिल गरी छनोट भएका ६ समूहरुमा कृषितर्फ केयर क्रप, क्रिएटिभ माइन्ड, क्रिएटु डेभलपर वान, आइसिटी फर एग्रिकल्चर, साथी र दि रिभोलुसन रहेका छन्। कर्पोरेट सोलुसन्सतर्फ एप्स झोला, क्याबी, ड्रुपार्टमेन्ट, इगल स्कुल बस, क्यूओडी र सेन्टीनेप रहेका छन्। 
 
त्यसैगरी शिक्षा क्षेत्रबाट छानिएका समूहमा मेरो एन्सर, ग्रुप अफ इनोभेटिभ डेभलपर, लिएजिज, रीति रिवाज, स्पेशल फोर्सेस् र टिम जेभिरियन छन्। त्यसैगरी पर्यटन क्षेत्रतर्फ हायर ए गाइड, होमस्टे नेपाल, नेपफ्लाइटस्, टिम एल्लो नेपाल, टुरिष्ट टक र लिपी (स्क्रीप्ट) छनोट भएका छन्। 
 
छनोट भएका २४ समूहहरु मंसिरको २३ देखि २५ गतेसम्म हुने अन्तिम प्रतिस्पर्धामा सहभागी हुनेछन्। उक्त अवसरमा, टिमहरुले नवीनतम व्यवसायको सञ्चालनबारे ज्ञान हासिल गर्नका साथै राष्ट्रिय तथा अर्न्तराष्ट्रिय प्रशिक्षकबाट आफ्नो एप निर्माणका लागि सहयोग लिन सक्नेछन्। प्रतिस्पर्धाको अन्तिम दिन प्रत्येक समूहले निर्णायक मण्डल सामू आफ्नो अवधारणा प्रस्तुत गर्दै आफ्नो एपको नमुना प्रदर्शन गनुपर्नेछ जसको आधारमा प्रतिस्पर्धाको विजेता निर्णय हुनेछ।  
 
प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने समग्र विजेताले थप ५ लाख रुपैयाँ नगद पुरस्कार सहित अन्तराष्टि्रय एप सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...