प्रतिस्पर्धीलाई अवधारणा प्रस्तुतिबारे तालिम

  • Get News Alerts

एनसेलले एप क्याम्पका प्रतिस्पर्धी १५० समूहलाई अन्तिम प्रतिस्पर्धाका लागि तयार गर्न सघाउने उद्देश्यले आज एक तालिम आयोजना गरी सहभागीहरुलाई अवधारणा प्रस्तुतिबारे आवश्यक ज्ञान प्रदान गर्यो। मंसिर २३ देखि मंसिर २७ सम्म हुने उक्त प्रतिस्पर्धामा सहभागीहरुले अवधारणा र एपको नमुना प्रस्तुत गर्नेछन्।
 
विभिन्न अभ्यासहरु गराउँदै प्रशिक्षक थ्री एच म्यानेजमेन्ट प्रा लिका कार्यकारी प्रमुख सोहनबाबु खत्रीले तालिमका सहभागीहरुलाई छोटो समयमै आफ्नो अवधारणा प्रस्तुतगर्ने उपायहरु सिकाउनुभयो।
 
तालिममा करिब एक दर्जन समूहले अभ्यासस्वरुप आफ्नो अवधारणाहरु प्रस्तुत गरेका थिए। निर्णायकहरुलाई प्रभावित पार्न र सम्भावित लगानीकर्तालाई आकर्षित गर्न आवश्यक सीप विकासमा सहयोग गर्दै प्रशिक्षक खत्रीले सहभागीहरुलाई दर्शकको ध्यानाकर्षण गर्ने उत्कृष्ट उपायबारे सोच्न सल्लाहदिनुभयो।
 
'आफ्नो अवधारणामा केन्द्रित रहनुहोस्, आफूमा होइन। आफ्नो जीवन नै दाउमा रहेझैं बोल्नुहोस्,'आफ्नो प्रस्तुति आकर्षक बनाउन सल्लाह दिँदै खत्रीले भन्नुभयो, ूआफ्नो अवधारणाप्रति आफैं विश्वस्त हुनुपर्छ। नत्र प्रस्तुति जतिसुकै उत्कृष्ट भए पनि तपाईंको अवधारणा बजारमा बिक्दैन।'
 
खत्रीले सहभागीलाई एपनिर्माणको अवधारणामा कामगर्दा व्यवहारिक बन्न सल्लाहदिनुभयो। 'तपाईं आफ्नो योजनाको कार्यान्वयनगर्न र आफ्नो उत्पादन वितरण गर्न कति सम्भव हुन्छ भन्ने पनि सोच्नुहोस्। आफूले के गर्न चाहेको मात्रै बताउने भन्दा पनि अरुलाई पनि त्यो सम्भव छ भन्ने महसुस गराउनुपर्छ।'
 
प्रशिक्षक खत्रीले सहभागीहरुलाई प्रस्तुतिको उत्कृष्ट संरचनाबारे जानकारी दिँदै दिइएको समयभित्रै प्रस्तुति पूरा गर्ने सल्लाहदिनुभयो। अवधारणा प्रस्तुतिका क्रियाकलापहरुमा सहभागी हुँदै कृषि, पर्यटन, शिक्षा र कर्पोरेट सोलुुसन्स् विधामा एप निर्माण गरिरहेका प्रतिस्पर्धीहरुले दिइएको समयसीमाभित्र आफ्ना अवधारणा प्रस्तुत गर्ने अभ्यास गरे। त्यसैगरी उनीहरुले आफ्ना प्रतिस्पर्धीहरुले सोधेको प्रश्नहरुको समेत जवाफ दिए।
 
एप क्याम्पका प्रतिस्पर्धीहरु हाल एप निर्माणका साथै त्यसको व्यसायिक मोडेल तय गरिरहेका छन्। आजको तालिमपछि सहभागीहरुले अब आफ्नो एपको नमुना बुझाउनुपर्नेछ। त्यस पश्चात पर्यटन, कृषि, शिक्षा र कर्पोरेट प्रत्येक विधाका ६ वटा समूह गरी जम्मा २४ वटा समूह थप प्रतिस्पर्धाका लागि छनोट हुनेछन्। ती २४ समूहले आफ्नो एपको नमुना देखाउने र अवधारणा प्रस्तुत गर्नेछन्। 
 
प्रतिस्पर्धाका विषयगत उत्कृष्ट समूहहरु प्रत्येकले २ लाख ५० हजार रुपैयाँ र समग्र विजेताले थप ५ लाख रुपैयाँ पुरस्कार प्राप्तगर्नेछन् भने २०१५ माहुने अन्तराष्टि्रय एप्लिकेसन सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन्।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...