पर्यटक र पर्यटन व्यवसायीको सहयोगी हुने एप्स

  • Get News Alerts

एनसेलले आयोजना गरेको मोवाइल एप्स क्याम प्रतियोगिताको दोस्रो दिन शुक्रबार सम्पन्न शिविरमा पर्यटन क्षेत्रका अग्रजहरुले मोवाइल एप्सले नेपालको पर्यटन विकास र समृद्धिमा सहयोग पुग्ने धारणा राखेका छन्। साथै नेपाली पर्यटनबारे अनलाइनको माध्यमबाट विश्वव्यापी प्रचार हुँदै आएकोमा अव एप्सको प्रयोगले पर्यटक र पर्यटन व्यवसायी दुबैलाई अत्यन्तै सहज हुने पनि बताएका छन्। 
 
पर्यटन बर्ष २०११ का राष्ट्रिय संयोजक तथा सफल होटल व्यवसायी योगेन्द्र शाक्यले एनसेल एप्स शिविरमा नेपालमा एप्सको प्रयोग सुरुवात हुनु अत्यन्तै सुखद भएको बताए। साथै उनले नेपाली युवाहरुले निर्माण गर्ने एप्सलाई पर्यटन क्षेत्रको समृद्धिका लागि नेपाल पर्यटन बोर्डले आधिकारिक रुपमा प्रयोग गर्नु पर्ने बताए। 
 
'केही बर्ष यता बार्षिक ८ लाख पर्यटक नेपाल भित्रने गरेका छन्। ती प्रत्येक पर्यटकसँग एक एक डलर उठाएर भए पनि एप्सको प्रयोग थाल्नु पर्छ' शाक्यले भने,'एप्सले गर्दा नेपाल आउने पर्यटकका लागि आफूले चाहने गतिविधि गर्न धेरै सहज हुन्छ।' 
 
योङ इनोभेसनका कार्यकारी अधिकृत विभूषण विष्टले आफनो 'की नोट' मन्तव्य दिदै नेपाली युवाहरुले एप्स बनाउँदा निश्चित विधामा केन्द्रीत गर्नु पर्ने बताए। उनले आफनो मन्तव्यको क्रममा भने,'ग्लोवल भिजनलाई लोकलाइज गर्न सकेमा नेपालमा एप्स अत्यन्तै फष्टाउँने दावी गरे। 'नेपालका विभिन्न किसिमका अति आवश्यक विषयहरुलाई आफनो एप्समा कनेक्ट गर्न सक्नुपर्छ' विष्टले भने, 'त्यसो भएमा मोवाइल एप्स अत्यन्त लोकप्रिय हुनेछ।'
 
नेपाल विश्वमा अत्यन्तै सुन्दर देश भएकाले नेपालमा बन्ने एउटा एप्स विश्व वजारमा अत्यन्तै लोकप्रिय हुने पनि पर्यटन क्षेत्रका व्यक्तिहरुले बताएका छन्। किनभने नेपालको पर्यटनको वजारमा विश्वमा अत्यन्तै फराकिलो रहेको छ। त्यसैले एप्सको माध्यमबाट विश्वलाई सूचना र जानकारी प्रवाह गर्न अत्यन्त सहज हुने प्रेसिडेन्ट ट्राभल्सका प्रसिडेन्ट भोलाविक्रम थापाको धारणा रहेको छ। 
 
केही एप्स निर्माताहरुले एप्स निर्माणको क्रममा प्रसस्त सूचना र जानकारी आवश्यकता पर्ने र त्यस्ता जानकारी पाउन कठिन हुने गरेको बताए। साथै कतिपयले वजारको समेत अभाव रहेको गुनासो गरे। पर्यटन सम्वन्धी आधिकारिक जानकारी उपलव्ध गराउन नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग लगायतका निकाय नै पर्याप्त हुने नेपाल पर्यटन वोर्डका दीपकराज जोशीले बताए। 
 
होटल व्यवसायी शाक्यले होटलका ग्राहक अनुकुल एप्स बनाउन सुझाव दिए। उनले भने,–'पहिले पहिले होटलले पर्यटकका लागि एउटा नक्सा र विभिन्न जानकारी सहितको व्रोसियर उपलव्ध गराउने गरेकोमा अव उप्रान्त प्रत्येक पर्यटकलाई ती सबै जानकारी भएको एप्स दिन सकेमा पर्यटक र हामी व्यवसायीलाई सहज हुने बताए। 
 
एनसेल एप्स शिविरमा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी निर्देशक प्रदीपराज पाण्डे, कृषि विज्ञापन अध्ययनकर्ता राज ज्ञवाली लगायतले नेपालमा एप्सको संभावनाबारे मन्तव्य दिएका थिए ।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...