५ लाख पुरस्कारको 'एप्स क्याम्प' आयोजना हुँदै

  • Get News Alerts

नेपालको अग्रणि दूरसञ्चार सेवा प्रदायक एनसेलले मुलुकमा बढीरहेको डिजिटल सम्भावनालाई अगाडि ल्याउन र युवा डेभलपरहरूलाई नयाँ व्यवसाय निर्माणमा सहयोग पुगोस् भनेर मोबाइल एप्लिकेशन बनाउने प्रतियोगिता- एनसेन य्याप क्याम्प सार्वजनिक गरेको छ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो कर्पोरेट सामाजिक जिम्मेवारी अन्तर्गत ल्याएको यस कार्यक्रमले नविन प्रविधिको विकास तथा नेपाली युवालाई विश्वव्यापी मोबाइल य्याप उद्योगको हिस्सा बनाउन योगदान पुर्‍याउने विश्वास लिएको एनसेलका कार्यकारी निर्देशक एरिम टाइलानलरले बताए।

चरणबद्द रूपमा लागू हुने यस कार्यक्रमका लागि मोबाइल य्याप्स डेभलपर तथा उत्साहीले सहभागि हुन पाउने छन्।

कृषि, कर्पोरेट, सल्युशन, शिक्षा र पर्यटन गरी चार विधामा प्रतिश्पर्धा हुनेछ।  कार्यक्रममा य्याप्स डेभलपर र यस सम्बन्धी चासो राख्ने समूहले निशुल्क सहभागि हुन पाउने एनसेलले जनाएको छ।

'कृषि, कर्पोरेट, शिक्षा र पर्यटन नेपाली अर्थतन्त्रमा मुख्य क्षेत्रहरू हुन्। श्रृजनशिल युवा वर्गले यि क्षेत्रको प्रभावकारिता र उत्पादनशिलता बढाउन य्यापहरूको विकास गरेर ठूलो परिवर्तन ल्याउनसक्ने एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले बताइन्।

प्रतिष्प्रर्धामा भाग लिन युवा डेलभपरहरूले एनसेलको आधिकारीक वेवसाइट www.ncell.com.np/appcamp मा गएर अनलाइन मार्फत दर्ता गर्नुपर्नेछ। एन्ड्रोइड, एप्पल, विन्डोज, जेटुएमईलगायत कुनै पनि प्याटफर्ममा य्याप बनाउन सक्ने कम्पनीले जनाएको छ।

दर्ता भएका विभिन्न आइडिया मध्ये १५० उत्कृष्ट आइडिया छनोट गरेर  दर्ता गराएका समूहलाई क्षमता विस्तारका लागि सेमिनारमा  भाग लिन बोलाइने कम्पनीले जनाएको छ।

 सेमीनारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञलाई बोलाएर थप आइडियाहरू सेयर गरिने कार्यक्रम रहेको छ।

यसरी सेमिनारमा सहभागी समूहमध्येबाट हरेक विधामा उत्कृष्ट ६ आइडियालाई समेटेर २४ टिमहरू छनोट गर्ने र अन्तिम स्पर्धाका लागि मंसिर २३ देखि २५सम्म समय तोकेको एनसेलले जनाएको छ। यसरी छनोट भएर आएका हरेक समूहका एक-एक विषयगत विजेता र ति मध्येबाट एक उत्कृष्ट विजेता छनोट गरि पुरस्कृत गरिने एनसेलले बताएको छ।

हरेक विषयका विजेताले २ लाख ५० हजार नगद र उत्कृष्ठले ५ लाख पुरस्कार तथा राष्ट्रिय अन्तर्राष्ट्रिय य्याप क्याम्पमा सहभागि हुन पाउनेछन्।

प्रतिस्पर्धामा सहभागि हुन इच्छुक समूहले मंगलबारदेखि कात्तिक ११ गतेसम्म आफ्नो आइडिया दर्ता गराइसक्नुपर्ने एनसेलले  जनाएको छ।

एनसेल एप सार्वजनिक

कार्यक्रममा एनसेल एप पनि सार्वजनिक गरिएको छ। हाल एन्ड्रोइड फोनमा चल्ने एनसेलएपले ग्राहकलाई एनसेलका सेवा तथा अफरबारे जानकारी लिन र आफूलाई चाहिएको विभिन्न सेवा, जस्तै डेटा प्याक खरिद, ब्यालेन्स ट्रान्सफरलगायत सेवा सहजै मोबाइलबाटै प्राप्त गर्न सम्भव भएको जनाएको छ। 'एनसेल एपले हाम्रा ग्राहकलाई सम्पूर्ण रूपमा सेल्फ सर्भिस सोलुसन प्रदान गर्दछ। यसले उनीहरूलाई एनसेलका सेवामा सहज पहुँच हुने सुनिश्चितता गरेको छ,' एनसेलका कार्यकारी निर्देशक टाइलानलरले भने। एनसेल एपमा प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि फरकफरक फिचरहरू छन्। यी फिचरहरु सिमको प्रकृति अनुसार स्वतः नै आउनेछन्।

 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...