ठूलो मात्रामा कारोबार गर्ने संस्थाहरूका लागि उपयोगी एप्स

  • Get News Alerts

नेपाली भाषामा उपलब्ध पहिलो एप्स
नेपाली एप्स डेवलपरहरूलाई आफ्नो क्षमतामा भन्दा पनि क्षमता प्रयोग गरेर बनाएका एप्सहरूको बजार व्यवस्थापनको चिन्ता रहने गर्छ। उनीहरू आफ्नो एप्सले राम्रो ‘एक्सपोजर’ पाओस भन्ने इच्छा राख्छन्। उनीहरूका यी चिन्ताहरूलाई देशकै सबैभन्दा ठूलो मोबाइल एप्स क्याम्प ‘एनसेल एप्स क्याम्प’ले राम्रैगरी सम्बोधन गरिदिएको छ।
 
क्याम्पमा सहभागी भएका करिब १५० समूहबाट अन्तिम प्रतिष्पर्दाका लागि उत्कृष्ट २४ समूहहरू छानिएका छन्। तिनै समूहमध्ये कर्पोरेट विधाबाट ‘सेन्टिनेप’ समूहको ‘वोपिनियो’ मोबाइल एप्स छानिएको छ। पाँच सदस्यीय यस समूहलाई चन्दन गुप्ताले ‘लिड’ गरिरहेका छन्। उनलाई यस एप्स निर्माणमा प्रतीक श्रेष्ठ, अमित जोशी, अस्मित भट्टराई तथा आकृति भुषालले सघाइरहेका छन्। काठमाडौं विश्वविद्यालयका यी विधार्थीले आफूहरूले निर्माण गरिरहेको एप्स नेपाली भाषामा उपलब्ध पहिलो एप्स भएको दाबी गरेका छन्। उनले आफ्नो एप्सका बारेमा यस्तो कुरा गरेका थिए:
 
‘वोपिनियो’ के हो?
‘वोपिनियो’ एउटा ल्याटिन शब्द जसको नेपाली अर्थ धारणा हुन्छ। व्यापारिक वस्तुहरू तथा सेवाहरूको बारेमा  प्रयोगकर्ताहरूले सामाजिक सञ्जालहरू कुन वस्तु तथा सेवाहरू कस्तो भनेर आफ्नो धारणाहरू राख्ने गर्दछन। हाम्रो एप्सले के गर्छ भने कुनै पनि वस्तु तथा सेवाहरूको बारेमा सामाजिक फोरमहरू, मिडिया आदिमा तिनका बारेमा आउने धारणा तथा प्रतिक्रियाहरुलाई ‘पोजेटिभ सेन्टिमेन्ट’, ‘नेगेटिभ सेन्टिमेन्ट’ तथा ‘न्यूट्रल सेन्टिमेन्ट’मा छुट्याउने काम गर्दछ।
 
यसका विशेषताहरू के के हुन्?
 
पहिलो विशेषता भनेको प्रयोकर्ताहरूले वस्तु तथा सेवाहरूको प्रयोग गरे पछि कुनै पनि वस्तु तथा सेवाको के राम्रो, के नराम्रो भन्ने कुरालाई छुट्याउने काम गर्छ। दोस्रो भनेको ‘बिजनेस बेन्चमार्किङ’ हो। यसले बजारमा कुन वस्तु तथा सेवाहरूको चर्चा छ। ग्राहकहरू कतातर्फ आकर्षित छन वा कसले ग्राहकहरूलाई तानिरहेको छ। उनीहरू किन त्यता तर्फ ढल्किरहेका छन् आदिइत्यादि सूचना दिन्छ। यसले दिने सूचनाका माध्यमबाट उस्तै खाले वस्तु र सेवा दिने संस्थाले बजारमा आफू कहाँ छु भनेर थाहा पाउन सक्छन। तेस्रो ‘टपिक मोडलिङ’ हो। जस्तो तपाईले कुनै मोबाइल किन्नु भयो जसको  ब्याट्रि सकिएको छ। अब ‘टपिक मोडलिङ’ त्यो कुनै पनि प्रोडक्टको समस्यालाई ‘पिन पोइन्ट’ गर्ने काम गर्छ। अनि चौथोमा भने यसले कुन समयमा कुन ‘प्रोडक्ट’को स्थिति कस्तो थियो भनेर ‘स्टास्टिकल डाटा’ दिन्छ। यो भनेको अघिल्लो कुनैपनि समयावधीमा कुनैपनि ‘प्रोडक्ट’को स्थिति कस्तो थियो भनेर तुलना गर्छ।
 
यसका सम्भावित प्रयोगकर्ताहरू को को हुन? अथवा यो कसका लागि उपयोगी हुनसक्छ?
 
यो कुनै पनि खाले वस्तु तथा सेवाको व्यवसाय गर्ने व्यापारिक संस्थाहरू यसका प्रयोग कर्ताहरू हुन। यसमा बैकहरु, होटल रेस्टुरेन्टहरू, स्कूल तथा शैक्षिक संस्थाहरू, सिनेमा आदिहरू पर्छन। छोटकरीमा भन्नुपर्दा ठूलो मात्रामा सेवा र वस्तुको कारोबार गर्ने संस्थाहरूका लागि यो उपयोगी हुन्छ। त्यस्तै सर्वसाधारण ग्राहकहरूले पनि कुनै पनि सेवा तथा वस्तुहरूको खरिद गर्दा आफ्ना लागि कुनैचाँही उपयूक्त हुनसक्छ भनेर जान्नका लागि पनि उत्तिकै उपयोगी हुन्छ।
 
यसको यूनिक सेलिङ पोइन्ट (USP) के हो?
 
यसको यूएसपी भनेको नेपाली भाषामा रहेको हालसम्मकै पहिलो एप्स हो। कुनै पनि प्रोडक्टको ‘बिजनेस बेन्चमार्किङ’ र ‘इनडेफ्त एनालाइसिस’ को खर्च विश्वको सन्दर्भमा हेर्दा अत्यन्तै महङ्गो छ। यसको सेवा अहिलेको सेवा दिनेहरूले दिदैंनन। हामीले त्यसको खर्चलाई करिब तीन गुना कम खर्चमा उपलब्ध गराउँछौं।
 
यो ‘ओपिनो’ एप्सको व्यापारिक आधार कत्तिको छ जस्तो लाग्छ?
 
यो एप्स हामीले लोकल तथा ग्लोबल स्तरमा नै प्रयोग गर्ने किसिमले बनाएका हौ। अमेरिका र युरोपमा मात्रै करिब १८ मिलियन साना र मध्यम खालका फर्महरू छन। त्यसको ०.१ प्रतिशत संख्यालाई पनि हेर्ने हो भने त्यो १८ हजार हुन आँऊछ अनि त्यसबाट पनि एक हजार वटालाई ट्याप गर्न सक्यौ भने एक वर्षमा हामीलाई एक मिलियन डलरको ‘रेभिन्यू’ जेनेरेट हुन्छ।
 
एनसेलको यो प्लेटफर्म जून तपाईहरूलाई प्राप्त त्यसले तपाईहरूलाई के फरक पार्यो?
 
मुख्य कुरा ‘एक्सपोजर’ पाइयो। ठूलो बजारमा हाम्रो ‘प्रोडक्ट’लाई देखाउन पायौं अनि धेरै मान्छेले हामीलाई चिने, यति मान्छेहरूलाई चिन्न हामीलाई धेरै समय लाग्थ्यो। यसले हाम्रो काम गर्ने शैलीलाई पनि परिवर्तन गर्‍यौ। समग्रमा यसले धेरै कुरा सिकायो।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...