'ट्रिप नेपाल’ एउटा भर्चुवल टुरिष्ट गाइड

  • Get News Alerts

घुम्न चाहनेहरूका लागि नेपाल एउटा आकर्षक गन्तव्य हो। नेपाली पर्यटनको बजार अहिले विस्तार हुने क्रममा छ। अहिलेको यो सूचना र प्रविधिको युगमा नेपालका पर्यटकीय सूचना जतिसक्दो दिन सक्यो त्यसको प्रत्यक्ष फाइदा यो क्षेत्रले पाँउछ। यसै कुरालाई मनन गर्दै देशकै सबैभन्दा ठूलो मोबाइल एप्स प्रतियोगिता ‘एनसेल मोबाइल एप्स क्याम्प’मा अर्किड ईन्टरनेश्नल कलेजमा अध्ययनरत चार यूवा नेपाल घुम्न चाहने पर्यटकहरुलाई लक्षित गर्दै ‘ट्रिप नेपाल’ नामक मोबाइल एप्स निर्माण गरिरहेका छन।

यस टोलीलाई मोरङ्गका रविन खतिवडाले लिड गरिरहेका छन। उनको यो समूहमा उनीसँगै सञ्जु दाहाल, पेशल भण्डारी र सुमन भण्डारी पनि छन्। ‘एनसेल मोबाइल क्याम्प’मा पर्यटन विधामा प्रतिष्पर्दा गरिरहेका छन। यसै सन्दर्भमा रविन खतिवडासँग गरिएको कुराकानी:

१. यो एप्सको ‘आइडिया’ कहाँबाट कसरी आयो?

-कलेजमा दोस्रो सेमेस्टर पुगिसकेका थियौं र साथीहरूबीच केही गरौं न भन्ने कुराहरू चलिरहन्थ्यो अनि यसै समयमा एनसेलको यो क्याम्पको बारेमा थाहा भयो अनि यहीबाट नै सुरू गरौं भन्ने सल्लाह भयो। केमा गर्ने त भन्दा पर्यटनको यो ‘कन्सेप्ट’मा गरौं न त भनेर हामीले हाम्रो ‘आइडिया’लाई समिट गर्‍यौ जून यसमा छानियो।

२.  यो एप्स अरू भन्दा कसरी फरक छ?

- यस्तै खालका एप्सहरू त छन तर ती एकदमै सतही छन। हाम्रो यो एप्सको मुख्य विशेषता भनेको एक्लै विना गाइड नेपाल घुम्न चाहने पर्यटकहरूका लागि अत्यन्त उपयोगी छ।

३. त्यस्ता पर्यटकलाई कसरी यो उपयोगी हुनसक्छ?

यो एउटा भर्चुवल गाइड हो। तपाईसँग गाइड छैन तर गाइडले गर्ने जस्तो गाइड यसले गर्छ।बजारमा हाल भएका एप्सहरूमा पूर्ण जानकारी छैन। हाम्रो एप्समा यउटा पर्यटकले एक्लै कुनै ठाँऊ घुम्न जाने विचार गर्छ भने उसले त्यो ठाँऊको बारेमा पूर्ण जानकारी, त्यो ठाँऊको नक्शा र त्यो वरीवरीका उसलाई आकर्षक लाग्न सक्ने अरू ठाँऊहरू के के छन? भन्ने जस्ता जानकारी सजिलै पाउन सक्छ। अहिले यो एप्समा काठमाडौं उपत्यकाका पर्यटकीय ठाँऊहरूको बारेमा जानकारी हुनेछ पछि पुरै नेपालको बारेमा जानकारी राखिने छ। अनि हाम्रो अर्को सोच भनेको यसलाई बहुभाषिक बनाउने जसले गर्दा अंग्रेजी नबुझने पर्यटकका लागि पनि उपयोगी होस।

४. एनसेल मोबाइल क्याम्पले के सिकायो त?

पहिला एप्स बनाउने भन्ने मात्र थियो तर क्याम्पमा सहभागी भएपछि एप्स बनाएर मात्र नभई एप्सको बजार र बजारीकरण अनि एप्सबाट पैसा कसरी कमाउने भन्ने जस्ता विविध पक्षको बारेमा जान्ने अवसर पाइयो। त्यसैगरी आफ्ना अवधारणलाई कसरी छोटो समयमा आकर्षक तरिकाले प्रस्तुत गर्ने भन्ने बारेमा पनि जानियो जुन कुरा अरू काम गर्दा पनि उत्तिकै उपयोगी हुन्छ। यो स्तरमा प्लेटफर्म उपलब्ध गराउने एनसेल साँच्चै धन्यवादको पात्र छ।

५. ‘एनसेल एप्स’को विजेता बन्नछु भन्ने छ कि छैन?

जित्छौ भन्ने विश्वासले नै हामी मिहिनेत गरिरहेका छौ। हाम्रो एप्सले सामर्थ्य पनि राख्छ हामी त्यसैका लागि काम गरिरहेका छौ। यदि जितिएन् भने पनि यस क्याम्पबाट सिकेको ग्यानलाई नै पुरस्कारको रूपमा लिनेछौ।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...