आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण एप बनाउँछौ

  • Get News Alerts

आन्तरिक तथा बाह्य पर्यटकलाई ध्यानमा राखेर  पर्यटकहरुलाई विभिन्न गन्तब्यहरुमा पुर्‍याउनका लागि एनसेलले सञ्चालन गरेको एनसेल एप्स अन्तर्गत पर्यटन विधामा एप्प बनाउँने विक्रम कार्की, आयुस श्रेष्ठ, विधान स्थापित, कुमार श्रेष्ठ र गणेश श्रेष्ठसँग गरिएको कुराकानी।
 
आफ्नो एपको वर्णन गर्नुहोस?
 
यो एप आन्तरिक तथा बाह्य पर्यटकको सहायताको लागि निर्माण गरिएको हो। यस एपमा पर्यटकहरुलाई विभिन्न गन्तब्यहरु सिफारीस गरिन्छ। सिफारीस पर्यटकको राष्ट्रियता, उमेर, लिङ्गलगायत विभिन्न मापदण्डहरु अनुसार गरिन्छ। साथै ती स्थानहरुको विभिन्न सूचना पनि एपमा समावेश गरिएको छ। 
 
यस प्रतिस्पर्धामा सहभागी हुनुको मुख्य कारण के हो?
 
एप निर्माण सम्बन्धी ज्ञान हासिल गर्नु नै यस प्रतिस्पर्धामा सहभागि हुनुको मुख्य कारण हो। साथै एपको सहज एक्सपोजर पनि सहभागिताको कारण हो। 
 
आफ्नो एप निर्माणको लागि कुन समस्यालाई रोज्नुभएको छ र किन?
 
विभिन्न वेबसाइट तथा एपहरुमा धरै पर्यटक गन्तव्यहरु कम्रबद्ध रुपमा प्रस्तुत गरिन्छ। यसको कारणबस पर्यटकहरुलाई कुन स्थान घुम्ने निर्णय गर्न असहज हुने गरेको छ। साथै सूचनाहरु वेवसाइट तथा एप निर्माताहरुले उपल्ब्ध गराए अनुसार मात्रै हुन्छ। प्रयोग कर्ताहरुले दिएको प्रतिक्रिया अनुसार सूचना अपडेट गरेको भेटिदैन। यिनै समस्याहरुलाई सुल्झाउनका निम्ति यो एप निर्माण गरिदैछ। 
 
अत्यन्त रुचित गराएको एउटा मोबाइल एपको नाम ?
 
व्हाटस्याप्प
 
देश निर्माणमा युवाहरुको सहभागिता जनाउन अरु कस्तो मन्च वा प्रतिस्पर्धा ल्याउनु पर्छ जस्तो लाग्छ ?
 
एनसेल एप क्याम्प जस्तै अन्य सोचलाई वास्तविकतामा परिवर्तन गर्ने मञ्चले युवाहरु्मा उत्साह तथा प्रेरणा जगाउँछ। उक्त उत्साहले राष्ट्र विकासमा योगदान पुर्‍याउँछ।
 
आफ्नो एपलाई राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने योजना छ? छ भने कसरी ?
 
अहिलेको परिस्थितिमा ट्रिप एडभाइजर जस्तो एपहरुसँग अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गनुपर्नेछ। साथै स्थानीय श्रोत तथा सुझावहरुको समावेश भएका कारण पर्यटकहरुले आफनो अनुभवको आधारमा यस एपलाई सिफारीस गर्नेछन। यसले गर्दा यस एपलाई अन्तर्राष्ट्रिय बजारमा फैलाउन र चिनाउन मद्दत गर्नेछ। 
 
प्रतिस्पर्धा जितेर हासिल गरेको पुरस्कारलाई आफ्नो एप निर्माणको लागि कसरी प्रयोग गर्नुहुन्छ?
 
यस एप प्रतियोगिता जितेर हासिल गरेको रकमले आधिकारीक रुपमा कम्पनी स्थापना गरी यस एपलाई अघि बढाइनेछ। उच्चस्तरको सूचना राख्न राम्रो सर्भर र प्रचार प्रसारको लागि उक्त रकम प्रगोग गरीनेछ। 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...