सफल बन्न धेरैपटक असफल हुनुपर्छः पाल्म

  • Get News Alerts

प्रत्येक १५ दिनमा १५ लेभल थप्छौ
प्रसिद्द गेम एप्स ‘क्यान्डी क्रश सागा’का निर्माणकर्ता मध्येका एक टम्मी कार्ल पाल्म यतिबेला काठमाडौंमा छन। उनी काठमाडौंमा एनसेलले सञ्चालन गरिरहेको देशकै ठूलो मोबाइल एप्स क्याम्प प्रतियोगितामा सहभागीहरूलाई एप्स निर्माणका बारेमा आफ्नो अनुभव साट्न आएका हुन। यसै सिलसिलामा उनले सेतोपाटीसँग पनि भलाकुसारी गरे। 
 
क्यान्डी क्रस किन यति धेरै चर्चित भयो?
 
हामी संसारभरमा यसले कमाएको प्रशिद्धिबाट खुसी छौं। त्यसका लागि विभिन्न कारणहरू छन्। म त्यसलाई तीनवटा कारणमा विभाजन गर्न चाहन्छु। एउटा यसको सहज उपलब्धता हो जसलाई म धेरै महत्वपूर्ण कारण ठान्छु। यसलाई आई ओ एस, एन्ड्रोइड, कम्प्यूटर आदिमा खेल्न सकिन्छ। यसलाई निःशुल्क डाउनलोड गरेर खेल्न सकिन्छ। 
 
दोस्रो कुरा यो खेल्न पनि सहज छ। तपाईले सजिलै यो खेल्न सिक्नु हुन्छ भलै यसका केही लेभलहरू केही कठिन तथा दिमाग लगाउने किसिमका छन्।
 
अन्तिम कुरा चाँहि के हो भने गेम्स इन्डस्ट्रीमा ‘गेम्स-अप सर्भिस’ अत्याधिक चलेको छ। हामी यसका लेभलहरूलाई थपिरहन्छौ। हामी प्रत्येक १५ दिनमा यस खेलको १५ लेभल थपिरहेका हुन्छौ जसका कारण यो कहिल्यै पुरानो हुँदैन।
 
क्यान्डी क्रशको सोच कसरी आयो?
 
यो एउटा भिन्न परिस्थितिमा बनेको हो। यो सुरूमा किगं डटकममा एक लेभलमात्र भएको गेमकोरूपमा आएको थियो। यो सन २०११ मा रिलिज गरिएको थियो। त्यतिबेला यसलाई ‘क्यान्डी क्रश’ भनिन्थ्यो जसलाई पछि गएर ‘क्यान्डी क्रश सागा’ बनाइयो।
 
यो एउटा एक लेभलको गेम हुँदा म यसमा थिइन। यसमा अरु तीनजना साथीहरू थिए। हामी क्यान्डीको थिममा एउटा गेम बनाउन चाहन्थ्यौ।
 
पहिला यसको स्केचहरूमा फलफुलहरूको थिम थियो तर पछि क्यान्डीले बाजी मार्यो। म सन २०१२ को नोभेम्बरमा यसको मोबाईल भर्सन बनाउन टिममा थपिए। यसरी यसमा उनीहरूसँग गाँसिन पुगेँ।
 
क्यान्डीले नै किन बाजी मार्यो त?
 
मलाई पनि गेमका लागि यो सबैभन्दा राम्रो थिम हो भन्ने लाग्छ। पहिलो कुरा यो अत्यन्तै दृश्यात्मक छ। यसमा प्रयोग भएको रगंहरूले मानिसहरूलाई सकारात्मक सोच दिन्छ। यसलाई करिब २५-५५ वर्षका महिलाहरूका बिचमा परिक्षण गर्दा ‘क्यान्डी’ थिमले नै बाजी मार्यो। ‘क्यान्डी थिम’लाई नै उनीहरूले मन पराए।
 
एप्स बनाउनुअघि एप्स डेबेलपरहरूले के कुरा सोच्नु पर्छ?
 
सफ्टवेयर बनाउन सिक्नु आफैमा एउटा ठूलो कुरा हो। तपाईहरूले धेरै मान्छेहरूलाई पर्ने समस्याहरुको समाधान बनाउनुपर्छ। यसका लागि बिभिन्न टुलहरू उपलब्ध छन । यसबाट सबैले केही कुराहरू सिक्न सक्छन्।
 
एप्स डेभेलपर आर्थिक रूपमा फाइदामूलक एप्सहरू बनाउँदा के के कुरामा ध्यान दिनु जरुरी छ?
 
एप्स डेभेलपरले एप्स बनाउँदा आफ्नो प्रोडक्टलाई पैसामूखी बनाउनेभन्दा पनि मानिसहरूका समस्यालाई समाधान गर्ने किसिमको हुनुपर्छ। त्यसपछि तपाईले आफ्नो प्रोडक्टलाई आफ्ना परिवारलाई प्रयोग गर्न दिनुहोस र प्रतिक्रिया लिनुस्। यदी तपाईले आफ्नो प्रोडक्ट राम्रो हो भन्ने लागेपछि बजारको बारेमा अद्ययन गर्नुहोस्।  
 
नेपालमा पनि एप्स बनाउन चाहने थुप्रै उत्साहित एवम उर्जाशिल डेभलपरहरू छन जो यसमा केही गर्न चाहन्छन। तर, उनीहरूले यसका लागि सही ज्ञान र मार्गनिर्देशन पाइरहेका छैनन? उनीहरूलाई तपाई के भन्न चाहनुहुन्छ?
 
सबभन्दा पहिले तपाई धेरैपटक असफल हुनुपर्छ किनकी सिक्ने यो एउटा उत्कृष्ट तरिका हो। म लामो समय देखी गेमहरू बनाउँदै छु। पहिला मैले यसलाई मैले सोखको रूपमा बनाएँ त्यसपछि म विगत १५ वर्षदेखि व्यवसायिकरूपमा यो काम गरिरहेको छु।
 
सही सफ्टवयोर बनाउने तरिका भनेको पहिला यसलाई पूर्णरूपमा तयार पार्नुहोस त्यसलाई बाहिर ल्याउनुहोस अनि प्रयोगकर्ताहरूबाट प्रतिक्रिया लिनुहोस। प्रयोगकर्ताहरूले प्रोडक्टलाई कसरी लिन्छन भन्ने जान्नु अत्यन्तै जरूरी छ। यो अत्यन्तै रमाइलो हुन्छ।
 
अब क्यान्डी क्रशपछि के?
 
किगं उल्लेखनीयरूपमा ठूलो भएको छ जसका लागि क्यान्डी क्रसको सफलताले मुख्य भूमिका खेलेको छ। अहिले यस कम्पनीमा हामी ११०० जना मानिसहरू छौं। हामीले विभिन्न ठाँऊहरूमा गेमहरू बनाउन स्टुडियोहरू खोलेका छौं जहाँ नयाँ नयाँ गेमहरूको विकास गरिदैंछ। लन्डन स्टुडियोबाट फार्म हिरो सागा पहिलो गेमकोरूपमा आइसकेको छ। यो पनि चर्चित गेम हो। अर्को रोचक कुरा के हो भने यसै हप्ता हामीले क्यान्डी क्रस सोडा पनि सार्वजनिक गरेका छौं।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...