यो एउटा प्लेटफर्म हो

  • Get News Alerts

औधोगिक क्षेत्रको विकास जुन रुपमा हुनुपर्ने हो अझै पनि हुनसकेको छैन। बढ्दो सूचना, प्रविधि तथा सञ्चारको युगमा नेपाली औधोगिक  क्षेत्रले यसको सही उपयोग गर्ने सकेको छैन। यसका लागि सरकारी नीति एकातर्फ सहयोगी नभएको त छदैंछ भने अर्कोतर्फ प्रविधिको माध्यम पनि नेपाली माटो सुहाउँदो नहुनु अर्को विडम्बना हो।
 
मोबाइल सेवाले अभुतपूर्व फड्को मारेको अवस्थामा नेपाली कर्पोरेट क्षेत्रले आफ्नो व्यवसाय विस्तारका लागि मोबाइल प्रविधिको अधिक्तम उपयोग गरेर व्यवसायिक फड्को मार्ने सम्भावना छ।
 
देशकै सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक एनसेलले हाल देशकै सबैभन्दा ठूलो मोबाइल एप्स क्याम्प ‘एनसेल मोबाइल क्याम्प’ गरिरहेको छ। जसमध्ये कर्पोरेट  क्षेत्रमा पनि एप्स प्रतियोगिता भइरहेको छ। एनसेल मोबाइल एप्स क्याम्पको कर्पोरेट सेमिनारका लागि प्यानलिस्ट रहेका तथा पछिल्लो २७ वर्षदेखी बैकिक क्षेत्रमा क्रियाशिल र विगत एक वर्षदेखि नेबिल बैकंको एसिटन्ट जेनेरल म्यानेजर रहेका विनय कुमार रेग्मीले नेपाली कर्पोरेट क्षेत्रमा नेपाली एप्सको बर्तमान अवस्था, चुनौती र भविष्यका बारेमा कुरा गरेका छन्।
 
नेपालको कर्पोरेट क्षेत्रमा मोबाइल एप्स प्रयोगको वर्तमान अवस्था कस्तो छ?
 
बैकहरूले विस्तारै सुरू हर्न थालेका छन र यो सिलसिला अन्य कर्पोरेट क्षेत्रमा पनि सुरू भएको छ। यस किसिमले भन्नु पर्दा यो सुरूवाती अवस्थामा छ।
 
नेपाली कर्पोरेट क्षेत्रलाई कस्ता मोबाइल एप्सहरूको आवश्यकता छ?
 
अहिलेका धेरैजसो नेपाली एप्सहरु ‘एक्स्पेरिमेन्टल’ किसिमका छन। अहिले भन्नुपर्दा नेपाली कर्परेट क्षेत्रलाई विशेषगरि ‘आफ्टर सेल्स’मा सहयोग गर्ने किसिमका एपसहरूको खाँचो छ जसले गर्दा नेपाली खरिदकर्ताले आफूले किनेको तथा उपभोग गर्दै आएका सेवा र समानको सही प्रयोग र पहिचान गर्न सकुन्।
 
 नेपालीहरूमा नेपाली एप्सहरूको प्रयोग गर्ने बानीको बिकास भइरहेको देख्न भएको छ?
 
अब यो नेपालीहरूका लागि पनि एक किसिमले भन्नुपर्दा नयाँ कुरा हो। विस्तारै एप्सहरुको प्रयोग गर्ने बानी बसाउन तालेका छन। तर, त्यो हिस्सा वर्तमान  अवस्थामा नगन्य नै छ। यसको लागि अझै केही समय लाग्छ।
 
नेपाली कर्पोरेट हाउसहरू नेपाली एप्समा लगानी गर्न कत्तिको इच्छुक छन्?
 
नेपाली एप्समा लगानी गर्न इच्छुक छन तर, यसमा मुख्य कुरा कस्तो एप्स बनाउन खजिदैछ भन्ने कुरा हो। राम्रो व्यापारिक सम्भावना बोकेको सोचलाई लगानीको खासै सम्स्या छैन।
 
एनसेलले नेपाली डेभेलेपरहरूका लागि यो अवसर दिनुलाई के भन्नु हुन्छ?
 
यो एउटा प्लेटफर्म हो जसले डेभेलपरहरूलाई एक ठाँऊमा ल्याइदिएको छ।यसले उनीहरूबीच नयाँ सोचहरूको विकास गर्न मद्त गर्छ। नयाँ कुराहरू सिक्ने मौका पाँउदछन। विशेषगरी एप्सको बजारिकरणको बारेमा धेरै कुरा सिक्छन्।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...