आगामी पिडीलाई कृषि क्षेत्रतर्फ लाग्न प्रेरित गर्ने एप्स

  • Get News Alerts

एनसेल एप्स क्याम्प अन्तर्गत अन्तिम १५० मा छानिएका  ब्युतराज थापा र निराजन श्रेष्ठसँग एप्स निर्माण र एप्स पछिका अवस्थावारे गरिएको कुराकानी।
 
आफ्नो एप्सको वर्णन गर्नुहोस् 
 
युवाहरुलाई लक्षित हाम्रो एप्स एउटा सानो खुडि्कलो हो। जसले देशको भविष्य उज्वल बनाउन सहयोग पुर्‍याउँछ। यसले अन्नबाली कसरी लगाउने र त्यसको हेरविचार कसरी गर्ने भन्ने सिकाउँछ। हामीले एउटा कार्टुनको मारियो पात्रलाई कहिल्यै बिर्सन नसकेजस्तै प्रयोगकर्तालाई कृषिको महत्व महसुस गराउँदै मनोरञ्जनात्मक तवरले अन्तर्क्रिया गराउने यो एउटा सूचना प्रदान खेल हो। यसले आगामी पीडिलाई कृषि क्षेत्रतर्फ लाग्न प्रेरित गर्नेछ।
 
तपाईलाई १५० वटा समूहमा छनोट हुँदाकस्तो अनुभूति भइरहेको छ?
 
उत्तरदायी।
 
तपाईंले यदि पुरस्कार हात पार्नुभयो भने उक्त रकम एप्स निर्माणमा कसरी सदुपयोग गर्ने सोच्नु भएको छ?
 
पुरस्कार वापत पाएको रकम एप्सको बजारीकरण, राम्रो रुपांकन, फङ्सन र सर्भरमा प्रयोग गरिन्छ।
 
तपाईंको समूहमा को हुनुहुन्छ?
 
ब्युतराज थापा र निराजन श्रेष्ठको एसएलसी परीक्षापछि ब्रीजकोर्स पढ्ने क्रममा चितवनमा भेट भएको थियो। त्यसैबेलादेखि उनीहरु घनिष्ट साथी बने। उनीहरुमा उद्यमी बन्ने आत्मविश्वास थियो। ब्युत डिजाइनर र बजार प्रबन्धक हुन भने निराजन कोडर हुन्।
 
एउटा सफल मोवाइल एप्सको रहस्य के होला?
 
प्रयोगकर्तालाई मनोरञ्जन प्रदान गर्ने तर, निराश नबनाउने तथा प्रयोजन मुलक हुनुपर्छ।
 
देश विकासमा युवालाई संलग्न गराउन एनसेल एप्सजस्तै अरु के कस्ताकार्यक्रमहरु आवश्यक हुन्छ?
 
हरेक साताको अन्त्यतिर प्रायोजित स्टार्टअप कार्यक्रम अन्य जिल्लाहरुमा पनि लैजाने।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...