एप्सको प्रयोगले किसानहरूलाई ठूलो सहयोग पुर्‍याउँछःगौतम

  • Get News Alerts

प्सहरुको प्रयोग जुनरुपमा हुनुपर्ने हो त्यो हुन सकेको छैन

नेपालका करिब ८० प्रतिशत जनताको जीविकोपार्जनको मुख्य श्रोत कृषि हो। नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिव ३५ प्रतिशत छ। तर, यति धेरै जनशक्ति लागेको कृषि छेत्रको उत्पादक भने जति हुनुपर्ने हो त्यति हुन सकेको छैन। नेपाली कृषकहरुको कृषिमा परम्परागत तरिका नै अपनाइरहनु यसको मुख्यकारकको रूपमा रहेको छ। नेपालले कृषिमा उत्पादकत्व बढाउन आधुनिक कृषि तरिकाको प्रयोग गर्नु अपरिहार्य छ।

विश्वमा कृषि प्रविधिको यथोचित विकास भएतापनि नेपाली कृषकहरुले त्यसको फाइदा लिन सकेका छैनन। पछिल्लो समयमा दूरसंचार क्षेत्रले राम्रै फड्को मारेको अवस्थामा ति प्रविधिहरूको उपयोग सञ्चार गर्नका लागि मात्र नभई शिक्षा, स्वास्थ्य, पर्यटन कृषि जस्ता छेत्रमा पनि उपयोग गरिँदै आएको छ। अहिले अधिकांश नेपालीको हातहातमा मोबाइल पुगिसकेको अवस्थामा मोबाइलबाटै विभिन्न एप्सहरुको सहयोगमा कृषि छेत्रको उन्नतिको लागि काम गर्न सकिन्छ।

यस्तै कुराहरुको आवश्यकताहरूलाई ध्यानमा राख्दै एनसेलले नेपालकै ठूलो मोबाइल एप्स प्रतियोगिता गरिरहेको छ जसमा कृषिलाई पनि एप्स विकासको मुख्य क्षेत्र बनाइएको छ। कृषि सम्बन्धि एप्स बनाउनका लागि शुक्रबार एक छलफल कार्यक्रमको आयोजना गरिएको छ।

जसमा मुख्य वक्ताका रुपमा निम्बस ग्रुपका डा. दिनेश गौतम छन्। उनले यस सम्बन्धमा एप्स निर्माणमा सहभागीहरूलाई कृषि सम्बन्धी एप्स बनाउँदा ध्यान दिनुपर्ने कुरामा एक प्रस्तुति दिँदैंछन्। यही सेरिफेरोमा उनले नेपालमा कृषि एप्सको अपरिहार्यता, भविष्य र उपयोगिताको बारेमा कुरा गरेका छन्।

  • नेपालमा कृषि एप्सको सान्दर्भिक्ता कस्तो छ?

हामीले फिल्डमा जाँदा भोगेको कुरा के हो भने हाम्रा किसान दाजुभाइहरूलाई कृषिको ज्ञानै छैन। उनीहरू अझै पनि परम्परागत शैलीमै छन्। त्यसो त विभीन्न निकायहरुले यस सम्बन्धमा तालिम तथा ज्ञान दिँदैं आएतापनि त्यो प्रयाप्त छैन। राज्यको संयन्त्रले जस्तो सुविधा किसानहरूलाई दिनुपर्ने हो दिनसकेको छैन। यस परिस्थितिमा मोबाइल एप्सको प्रयोगले किसानहरूलाई ठूलो सहयोग पुर्‍याउँछ।

  • नेपालमा यसले कस्ता किसानहरुलाई सहयोग गर्छ? किनकी अधिकांश नेपाली किसानको शैक्षिकस्तर त्यति राम्रो छैन?

प्रारम्भीक चरणमा मेरो विचारमा शहरी क्षेत्रको वरिपरि रहेका गाँऊहरू जहाँका जनताको शैक्षिक अवस्था राम्रै छ। तिनीहरुलाई व्यवसायिक कृषिको बाटोमा लैजान मद्दत गर्छ। पहिलो लक्षित वर्ग तीनै हुन्। यसको मतलब यी एप्सहरुले सबै समस्याको समाधान गर्छ भन्ने होइन। यो एक किसिमको ‘फस्ट एड’ जस्तै जसले सम्भावित ठूलो क्षतिलाई कम गर्न सहायक हुन्छ।

  • नेपाली कृषि एप्सको वर्तमान अवस्था कस्तो छ?

एक दुईवटा एप्सहरु भेटिएका छन्। मैले तिनलाई प्रयोग गर्न पाएको छैन तर, त्यसको समिक्षा भने राम्रै देखिएको छ। मेरो विचारमा बन्नुपर्ने एप्सहरू पनि यस्तै किसिमका हुन तर, यस्ता एप्सहरुको प्रयोग जुनरुपमा हुनुपर्ने हो त्यो हुन सकेको छैन।

  • त्यसो हुन नसक्नुका कारकहरू केके हुन्?

बजारको समस्या छ। तिनको बजारिकरण सही ढंगले हुनसकेको छैन जसका कारणले गर्दा एप निर्माता र प्रयोगकर्ता दुवै लाभान्वित हुन सकेका छैनन्। सरकारको नीति पनि यस सम्बन्धमा छैननै भन्दा पनि हुन्छ।

  • यसको लागि सरकारले के गर्नुपर्छ?

बनेका एप्सहरुको विश्लेषण गरेर कुन कुन एप्सहरु काम लाग्न सक्छ भनेर सरकारले आधिकारिकता दिने काम एकातर्फ गर्नुपर्छ भने सरकारी तहबाट पनि तिनको निर्माणमा सहयोगी भूमिका खेल्नुपर्छ।

  • एनसेल एप्स क्याम्पमा यसबारे के गर्न सकिन्छ?

क्याम्पमा एप निर्माताहरूलाई नेपाली कृषिको अवस्था, कृषि उत्पादनमा र बजारिकरणमा देखिएका समस्या लागायतका बारेमा छलफल गरेर ती कुरालाई समाधान गर्ने किसिमले एप्सको निर्माण गर्न सहयोग पुर्‍याउन सकिन्छ। बाँकी अन्य कुराहरू अन्तरक्रियाका क्रममा पनि आउलान्। समग्रमा भन्नुपर्दा एप्सलाई सूचनामुलक बनाउन सकियो भने क्याम्प सफल हुन्छ।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...