एप्सले पर्यटन प्रवद्र्धनमा मनग्गे टेवा पुग्छ: योगेन्द्र शाक्य

  • Get News Alerts

एनसेलले आयोजना गरेको मोवाइल एप्स प्रतियोगिता अन्तर्गत शुक्रबार पर्यटन विधामा हुने छलफलमा देशका चर्चित पर्यटन व्यवसायी योगेन्द्र शाक्य पनि सहभागी हुँदैछन्। मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको विस्तार र प्रवद्र्धनमा एप्सले प्रशस्त सम्भावना थपेको छ। पर्यटन आर्थिक विकासको मेरुदण्ड हो भने यसको विस्तार र सम्वृद्धिमा एप्स अत्यन्तै लाभदायक हुने पर्यटन शाक्यको धारणा छ। हामीकहाँ पर्यटनका असीमित संभावना छन्। पर्यटन वर्ष २०११ का राष्ट्रिय संयोजक रहिसकेका शाक्य भक्तपुरको नगरकोटस्थित क्लव हिमालय लगायत आधा दर्जन होटल व्यवसायमा संलग्न छन्। शाक्यले सेतोपाटीसँगको कुराकानीमा एप्सको विकासले पर्यटन प्रवद्र्धनमा मनग्गे फाइदा पुग्ने विश्वास व्यक्त गर्छन्। 
  • एप्सको विकासले पर्यटन क्षेत्रको समृद्धि र विस्तारमा के फरक पार्ला? 

-शाक्य:- नेपालको आर्थिक विकासको महत्वपूण आधार हो, पर्यटन क्षेत्र। पर्यटन विकासको असीमित संभावना रहेको छ। अनि धेरै पर्यटक आए भने त्यसको प्रत्यक्ष प्रभाव देशको आर्थिक विकासमा पर्ने हो। प्रशस्त पर्यटक भित्रयाउन प्रचारप्रसार पनि त्यतिकै हुनु आवश्यक छ। र, विज्ञापन हुन आवश्यक छ। राष्ट्रको आर्थिक अवस्थाका कारण र निजी क्षेत्रले पनि पर्यटन संभावनाबारे मनग्गे प्रचार र विज्ञापन गर्न सक्ने अवस्था छैन। त्यसैले अव हामी पर्यटन व्यवसायीहरुले नयाँ मिडियाका रुपमा रहेको वेब वा एप्स जस्ता प्रविधिको सही प्रयोग गरी व्यवसायलाई विश्वव्यापी प्रचार गर्न सक्छौं। 
  • पर्यटनको प्रचार या विज्ञापनमा हामी पछाडि परेका छौं ? 
-शाक्य:- धेरै पर्यटक आउने युरोप र अमेरिकाबाटै हो। अहिले आएर एसियाका चीन, भारत, जापान र कोरिया लगायतका मुलुक पनि हुन। ती सबै देशमा पर्यटनको प्रचारप्रसार एकदमै परम्परागत ढंगले हुँदै आएको छ। सूचना तथा सञ्चारको विकासले संसार कहाँबाट कहाँ पुगिसक्यो। तर हामी उही पुरानो ढर्रामा सीमित छौं। अहिले पनि नेपालले जर्मनीमा हुने आईटिबी मेला र बेलायतमा आयोजना हुने डब्लुटिएम पर्यटन मेलामा सहभागी भएर हामी हाम्रो पर्यटन विस्तार गर्न खोजी रहेका छौं। ट्राभल्स एजेन्टको भरमा छौं। ट्राभल्स वा टुरिजम मार्ट चाहिँ दुईजना व्यवसायीलाई एक ठाउँमा भेला गराउने माध्यम हो। यो अत्यन्तै पुरानो तरिका हो। जुन समय र लगानीको हिसावले निकै महँगो तरिका हो। यसमा हामीले धेरै बर्षदेखि सहभागिता जनाउदै आएका छौं।
 
जुन तरिकाबाट हामी हाम्रा ग्राहककहाँ पुग्नै सकेनौं। हामी कहिल्यै अन्तराष्ट्रिय सञ्चार माध्यममा पुग्न सकेनौं। समयका हिसावले अति नै कम लाग्ने आर्थिक लगानीका हिसावले अत्यन्तै सस्तो उपाय नयाँ मिडियाको प्रयोगमा हामी धेरै पछि छौं। अव हामी सरकारी स्तर र निजी क्षेत्र दुबै एप्स जस्ता प्रविधिको प्रयोगमा जानै पर्छ। 
पहिले पहिले ‘विजनेस टु विजनेस’ तरिकाबाट पर्यटन विस्तार हुने गथ्र्यो। अव एप्सको प्रयोगले पर्यटन व्यवसायलाई ‘विजनेस टु कन्जुमर’ को अवधारणालाई मूर्त रुप दिन सहज हुने छ। 
  • एप्सको प्रयोगले पर्यटक र पर्यटन व्यवसायीलाई के फरक पार्ला ? 

- शाक्य:- नेपालमा आउने पर्यटनकले ट्राभल्स एण्ड टुर्सको लागि वा होटल बुकिङ गर्न पहिले–पहिले लामो पत्राचारबाट मात्र संभव थियो। इन्टरनेटको विकासपछि इमेलबाट समेत वुकिङ हुन थाल्यो। वीचमा विभिन्न चरणका एजेन्ट पार गरेपछि पर्यटक नेपाल आउने गर्थे। पर्यटक (ग्राहक) ले सेवा प्रदायक कम्पनीसम्म सीधा सम्पर्क गर्न धेरै कठिन थियो। तर अहिले विज्ञान र प्रविधिको विकासले हरेक मानिसलाई धेरै सहज भएको छ। अहिले इमेल र वेबसाइटको विकासले केही हदसम्म पर्यटक र सेवा प्रदायक कम्पनीबीच सीधा सम्पर्क कायम हुन थालेको छ। यो तरिकाले ग्राहकलाई पूर्ण रुपले आत्मसन्तुष्टी प्रदान गर्न हामी सेवा प्रदायकहरुलाई धेरै सहज भएको छ। अहिले हामी अनलाइन वा इमेलको माध्यमबाट ग्राहकको सुझाव या चाहना सीधा थाहा पाउन सक्ने भएका छौं। अव एप्सको प्रयोगले एकातिर हाम्रो सेवामा विस्तार हुने भएको छ भने अर्कोतिर ग्राहक र हामी सेवा प्रदायक कम्पनीबीचमा वृहत अन्तरक्रिया गर्न अझ सहज हुने कुरामा हामी विश्वस्त छौं। 
  • के अहिले नेपाली पर्यटन व्यवसायीले एप्सको प्रयोग गर्न थालेका छन् ? 

- शाक्य:- नेपाली व्यवसायीले एप्सको प्रयोग गर्न थालिसकेका छैनन्। तर यसको प्रयोग गर्ने तर्फ सोच्न थालेका छन्। अहिले धेरै पर्यटन व्यवसायीले आफनो छुट्टै वेब साइट बनाइसकेका छन्। वेब साइटलेमात्रै पनि ग्राहक र पर्यटन व्यवसायीबीचमा सीधा सम्बन्ध गर्न सहज भएको छ। 
 
पहिले व्यक्तिगत तहमा सम्बन्ध गर्न धेरै गाह्रो थियो। जव ग्राहक एयरपोर्ट आइपुग्थे ग्राहक र सेवा प्रदायक कम्पनीबीच तानातान हुने गथ्र्याे। अव स्थिति यस्तो रहेन। अहिले त ग्राहकको आफँैले सीधा सेवा प्रदायकसँग सम्बन्ध स्थापित हुने गरेको छ। युरोप र अमेरिकामा ६० प्रतिसत होटल र हवाइजहाज वुकिङ अनलाइनबाट हुने गरेको छ। नेपालमा अहिले झण्डै २० देखि ३० प्रतिसतसम्म होटल बुकिङ अनलाइनबाट हुन थालेको छ। त्यसकारण अव एप्सको निर्माणले झनै सहज हुने विश्वास गर्न सकिन्छ। 
  • सरकारी तवरबाट के गर्नु पर्ला ?

- शाक्य:- अव सरकारको तर्फबाट पर्यटन विस्तार र प्रवद्र्धनमा काम गरिरहेको नेपाल पर्यटन वोर्डले सबैभन्दा पहिले एप्सको प्रयोग गर्नुपर्छ। त्यसले विस्तारै निजी क्षेत्रलाई पनि छुट्टै एप्सको प्रयोगमा प्रोत्साहन हुने देख्छु। साथै एप्स बनाएर मात्र भएन, त्यसको प्रचारमा पनि ध्यान दिनु पर्छ।

 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...