घुम्न रूचाउनेका लागि उपयोगी एप्स

  • Get News Alerts

सानागाउँ काठमाडौं सहरदेखि टाढा रहेको पुरानो गाउँ हो। ललितपूरको ग्वार्कोबाट लगभग ४ किमीको दूरीमा रहेको यो गाउँ खेतवारी, पहाड र रमणीय दृश्यहरुले भरिपूर्ण छ। गाउँबाट तीन किलोमिटर जति दक्षिणमा पुरानो नेवार बस्ती लुभुु पर्छ। नागबेली बाटो पछयाउदै अघि बढे प्रसिद्ध लाकुरी भञ्ज्याङमा पुगिन्छ।
 
निरज मानन्धर यही सानागाउँमा जन्मिए। केटाकेटी देखिनै यहाँको सुन्दरतामा मोहित भए। किशोर अवस्थामा विभिन्न अवसर छोपेर साथीसँग हरिया डाँडाकाडा र लुभुतिर हाइकिङमा जान्थे। पहाड र जंगलप्रति उनको गहिरो प्रेम थियो, उनी जति तन्नेरी हुदै गए घुम्ने इच्छा पनि बढ्दै गयो। त्यहि इच्छाले उनलाई नेपालका अरु धेरै भागमा पुर्‍यायो।
 
घुम्दै जादा निरजलाई के लाग्यो भने नेपालभित्र त्यस्ता धेरै ठाँउ छन् जो पर्यटकिय स्थलका रुपमा प्रसिद्ध छैनन् तर ती पर्यटक जान लायक छन्। सफ्टवेयर कम्पनीमा काम गर्ने २७ वर्षे मानन्धरले आफ्नो धारणालाई प्रष्टाउन नेपालका केही प्रसिद्ध पर्यटकिय स्थानको उदाहरण दिए। 
 
'पोखरामा एउटा हाइड्रोपावर छ जहाँ 'सुन्दर झरना छ तर फेवा ताल र डेभिड फल्समात्र अटाएको पर्यटकिय नक्सा हेरेर कसैले पनि त्यो हाइड्रोपावर पत्ता लगाउन सक्दैन' उनले भने। 'जानकारीको अभावले पक्कैपनि धेरै मानिसले यस्ता ठाउँहरु छुटाएका हुन्छन्' उनले थपे।
घुमघाम गरिरहने मानिसलाई कुनै ठाउँको घुम्नु नै पर्ने स्थान छुटनु दुख लाग्दो कुरा हो। पक्कै पनि यस्तो समस्या जानकारीको अभावले हुन्छ। 
 
घुमघाम गर्न औधी मन पराउने भक्तपुर ठिमीका बुद्ध मानन्धर पनि यस्तै सोच्छन्। निरज र बुद्ध , जो विशेष्ष कामका कारण हामीसँग आउन सकेनन्, ब्याचलर पढन आइटी कलेजमा भर्ना भएदेखिका साथी हुन्। 
 
जब निरजका भाइले एनसेल एप्स प्रतियोगिताका बारेमा उनलाई भने तब निरजलाई लाग्यो यो प्रतियोगिता नै घुमघामसँग सम्बन्धित समस्या समाधान गर्ने उपयुक्त अवसर हो। बुद्धपनि आफूलाई भोगेको समस्यालाई समाधान गर्ने एप्सको विकास गर्ने अवसर छोप्न आतुर भए। 
 
'यसको नामका बारेमा हामी अहिलेसम्म निश्चित भइसकेका छैनौं' आफ्नो एप्सको बारेमा बताउन उत्साहित भएका निरजले भने। यो एप्प सामान्यतः ट्राभल ग्याजेट हो' उनले भने। सामाजिक सञ्जाल फेसबुकले मानिसलाई जोडिन सजिलो बनाइदिएजस्तै यो एप्सपनि घुम्नेहरुको लागि केन्द्र बन्नसक्छ। एकचोटी प्रयोग गरिसकेपछि यसले मानिसलाई आफूले घुमेका तर पर्यटक नक्सामा नसमेटिएका ठाउँका बारेमा सूचना, तस्वीर नक्साका बारेमा पोष्ट गर्न मद्धत गर्दछ।
 
'यो साहसिक यात्रा गर्नेहरुका लागि असल साथी बन्नसक्छ' उनले उही उत्साहका साथ थपे। आफ्नो एप्सका बारेमा बताइरहदा उनको मूहार पनि चम्किलो भएको थियो।
 
तर जतिबेला उनी र उनी जस्ता अरु थुप्रै युवालाई सफ्टवेयर विकासका समस्याबारे सोध्दा त्यतिबेला यो चमक विस्तारै घटेर जान्छ। 'धेरै पटक कम भन्दा कम लगानीमा एप्सको विकास गर्न काम गनु पर्छ। अहिले पनि मानिसहरु हाम्रो सोचलाई सकारात्मक रुपमा लिन्नन्। यसले पक्कैपनि हामीलाई निरुत्साहित बनाउँछ। 
 
यस्तो परिवेशमा एनसेलले गर्न लागेको एप्स प्रतिस्पर्धा निकै मूल्यवान भएको उनले बताए। 'यसले हामी दुवैलाई हौसला दिएको छ' उनले भने। 
 
नेपालमा विदेशी पर्यटकको संख्या बढ्दो क्रममा छ। नेपालीमा पनि घुम्ने सँस्कृतिको विकास हुँदैछ, विशेष गरी यूवाहरु घूम्न रुचाउछन्। तिनीहरुका लागि यो एप्स पक्कैपनि उपयोगी र सान्दर्भिक हुनेछ। त्यसकारण उनलाई विश्वास छ की उनीहरुको एप्सले बजारमा हौसलापूर्ण प्रतिक्रिया पाउनेछ। यदि उनीहरुले यो प्रतियोगिता जिते पुरस्कार रकम आफ्नै कम्पनी खोल्नमा लगानी गर्नेछन्। 'हामी जस्ता यूवाहरुका लागि यो ठुलो सुरुवात हुनेछ। कम्पनीमार्फत हामी यो एप्सको प्रचारमात्र गर्ने छैनाैं अरु एप्सका काम पनि सुरु गर्नेछौं।'
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...