कथा एप निर्माता नेपाली युवाको

  • Get News Alerts

देशमा निरन्तर लोडसेडिङ छ। यसले नेपाली युवामा उद्यमशिलता र रोजगारीका सम्भावनालाई संकुचित पारेको छ। जसबाट नेपाली युवामा बढिरहेको उत्पन्न निराशाको हिसाव गणना गरिसाध्ये छैन। चिया पसलमा जम्मा भएर आफ्नो निरास भविष्यको दुःख मनाउ गर्नु नेपाली युवाको दैनिकी बनेको छ। तर गर्नुपर्ने कामको व्यवस्थापन गर्ने, कार्य क्षमता र उत्पादकत्व बढाउने एउटा एपको निर्माणमा लागिरहेका तीन जुझारू युवा लागि भने कथा फरक छ।
 
लजालु मुस्कान छर्दै शाश्वतसिंह अधिकारी भन्छन, 'यो एप्स पूर्ण प्रयोगमा आएपछि यसले सामूहिक रुपमा दीर्घकालिन किसिमका काम गर्ने प्रयोकर्तालाई उनीहरूले काम गर्दा आइपर्ने समस्या र तीनको समाधान सटिकढङ्गले दिने छ।' शाश्वतको कुरासँग उनका साथमा रहेका उनका साथी शैलेशमान जोशी सहमत जनाउँछन्।
 
उनी भन्छन, यो व्यक्तिगत तथा सामूहिक कार्यको क्षमताको मापनका लागि प्रयोग गर्न सकिन्छ।  यदि यसको प्रयोग व्यक्तिगत कामका लागि प्रयोग गर्नु भयो भने यसले तपाँईले एकदिन वा एक हप्तामा गर्नु भएको कामको प्रगतिको विवरणलाई हेर्नसक्नु हुन्छ। यसबाट तपाईले आफ्नो कामको प्रगतिको तुलना गर्न सक्नुहुन्छ।’
 
पवन शर्मा पनि रहेको यो समूहका अनुसार एप्सको नाम 'हर्किलस' राख्ननुको कारण यसले कलेले कसरी कुन क्षमता अनुसार काम गरिरहेको देखाउने भएकाले हो।
 
एनसेल एप्सका लागि भिडिरहेको यो एप्स बन्नुको पछाडीको कथा पनि रोचक रहेको छ। 'हामी तीनजना आआफ्नो घरमा बसेर छुट्टाछुट्टै काम गर्छौ। यसबाट हामीलाई समानान्तर रुपमा एकअर्कासँग एप्सको कामको तालमेल मिलाउन गार्हो पर्थ्यो जसका कारण हामीहरूवीच पनि सुरू सूरूमा दुविधा र कहिलेकाँही त विवाद नै पर्थ्यो। यही समस्याको समाधान खोज्ने क्रममा  यो एप्स सुरूवात गर्न प्रेरणा मिल्योजसले हाम्रा प्रत्येक सदस्यको कामको लेखाजोखा राख्न सक्थ्यो।’ शास्वतको तर्क थियो।
 
सुरूमा यो समस्याको समाधानका लागि हामीले अनलाइनमा उपलब्ध एप्सहरूलाई प्रयोग गर्यौं तर त्यसमा खासै रमाइला कुराहरू थिएनन। सैलेशले थप बोल्दै भने,‘हामी हामीले एप्सका लागि खर्च गरेको दछता र समय देखियोस भन्ने चाहन्थ्यौं।’ सैलेशका अनुसार यसले एक्लै काम गर्नेहरूलाई प्रेरित गरिराख्ने र उनीहरूको प्रगतिको विवरण मापन गर्ने काममा सहायक भूमिका खेल्छ। 
 
एप्समा रहेको ‘फन पार्ट’ले यसलाई अरू एप्सबाट पृथक देखाँउछ। यो एप्स मुख्य गरि कामको व्यवश्थापन मिलाउनका लागि भए पनि यसमा रहेको सामाजिक खेलले यसलाई सदस्यहरूकाबीचमा प्रतिस्पर्दा गराउँछ। सुशान्तका अनुसार उत्कृष्ट काम गर्नेले कोएनहरू जित्दै बिजेता ‘हर्किलस’ घोषित हुन्छ। तर उनको यो जोशिलो बोलीको दम काम गर्दा भोग्नुपर्ने समस्याहरू सम्झिदाँ एक्कासी हरायो।
 
उचित श्रोत र साधनको कमी हाम्रो मुख्य समस्या हो। हामीसँग आवश्यक सफ्टवयेर र हाडवयेर किन्नका लागि अन्तराष्ट्रिय भुक्तानी प्रणाली छैन।’ शैलेसले दुखेसो पोखे। ‘सुस्त इन्टरनेट अर्को समस्या हो।’ उनले तुरून्तै थपे।
 
जे भएता पनि यी दुवै डेभलपरले जुझारू एप्स डेभेलपरलाई आकर्षित गरेको एनसेलको एप प्रतिस्पर्धालाई निक्कै राम्रो मानेका छन। ‘तपाई मान्नुस या नमान्नुस एनसेल आजको दिनमा ह रकिसिमले नेपालको सबैभन्दा सफल कम्पनी हो र यसले सुरु गरेको यो एप्स प्रतिस्पर्दा डेभेलपरका लागि नेपालमा भएको सबैभन्दा ठूलो मौका हो।’
 
यो प्रतिष्पर्धा जितेमा उनीहरू यसबाट पाउने रकमबाट एउटा सफ्टवेयर कम्पनी खोल्ने योजनामा छन। जसबाट उनीहरू नयाँ पुस्ताका सोचलाई प्रोडक्टमा रुपान्तरण गर्ने थलोको रुपमा विकास गर्न चाहन्छन्।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...