होमस्टेका लागि उपयोगि एप्स
‘म आफै पनि ‘होमस्टे
‘म आफै पनि ‘होमस्ट’मा बस्न गएको छु। मेरो होमस्टेको अनुभवले यो क्षेत्र त्यति एकत्रित हुन सकेको छैन। भएका केहीले यसलाई प्रवर्धन गर्न खोजेका छन् तर हुनुपर्ने जस्तो हुनसकेको छैन।’ आफूले बनाइ रहेको ‘होमस्टे’ सम्बन्धी ‘लोकस्टे’ मोबाइल एप्सको परिकल्पना कसरी सुरू भयो भनेर बताउन उपस्थित गौरव रिजालले आफ्नो अनुभव बताए।
हुनपनि ग्रामिण पर्यटनको अवधारणा बढेसँगै नेपालमा पनि ‘होमस्टे’को प्रचलन विस्तारै बढ्दै गइरहेको छ। नेपाल घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरूको आकर्षण पनि यस तर्फ बढ्दै गइरहेको छ। कम खर्चमा गुणस्तीय खाना र आवास सहितको घुमघाम हुने भएकाले पनि मानिसहरूको रूचि यस तर्फ बढेको हो। सरकार पनि यसको विकाश र प्रवर्दनमा लागि रहेको छ। यति हुँदाहुँदै पनि नेपालको ‘होमस्टे’ व्यवश्थित हुन सकेको छैन।
यसो हुनुमा यस सम्बन्धी सही सूचनाको आदानप्रदान हुने उपयूक्त ठाँऊको अभाव हुनुपनि एक हो। यही सूचनाको खाडललाई पुर्न गौरव आफ्ना चारजना जना साथीसँग व्यस्त छन। आफ्ना अर्का एक सदस्य रूबिन उप्रेतीसँग आएका गौरवले उनको यो एप्स नेपालको ‘होमस्टे’को विकाशका लागि उपयोगी हुने बताउँदै आफ्नो एप्सको विशेषताको बारेमा यस्तो भने।
‘एउटा पर्यटकले हाम्रो एप्सको सहायताले ऊ कस्तो किसिमको होमस्टेमा बस्न चाहन्छ। उसले स्थानको आधारमा आफ्नो होमस्टे छान्न सक्छ। होमस्टे दिनेहरूका आफ्ने विशेषताहरू हुने गर्छन। कसैकोमा स्थानीय संस्कृतिलाई प्रवर्धन गर्ने हुन्छ भने कसैको ‘साइट’ देखाउने। उदाहरणको लागि कपन होमस्टेले ‘साइट सिइङ’ गर्छ भने बन्दिपुरको होम्स्टेले स्थानीय संस्कृतिको। हो यसको लागि पर्यटकले ‘च्वाइस’ पाउँछ। अनि हाम्रो होमस्टे एप्सले सो कुराको आधारमा होम्स्टेको सूचना दिन्छ।’
उनीहरूको समूहका अन्य सदस्यहरूमा प्रशान्त वस्ती र राजकुमार श्रेष्ठ छन।
अनि अर्को कुरा भन्दै रूविसले थपे, ‘ भिजिट्रले एप्समा रहेको एडभान्स सर्चको माध्यमबाट आफूलाई चाहिने होमस्टेको उपलब्धताको आधारमा एडभान्स बुकिङ पनि गर्न सक्छन। त्यसैगरी पर्यटकहरञले आफूले बसेको होमस्टेको ‘रिभ्यू’ पनि गर्न सक्छन।’
जारी एनसेल मोबाइल एप्स क्याम्पको टप २४ प्रतिश्पर्धी मध्येको एक रहेका उनले आफूहरूले बनाएको एप्स पृथक रहेको दाबी गरे। उनीहरूको यस एप्समा सुरूमा काठमाडौं र काठमाडौं नजिकका होमस्टेहरूको सूचना उपल्ब्ध गराउने छन्।
गौरवले थपे, ‘यस एप्समा पर्यटन बोर्डमा दर्ता गरिएका आधिकारिक होमस्टेहरूको जानकारी दिनेछौ। त्यसपछि विस्तारै काठमाडौं बाहिरका होमस्टेको जानकारीलाई पनि समेट्नेछौं।’
‘होमस्टे’ दिनेहरूलाई चाँहि यो कसरी उपयोगी हुन्छ? भन्ने प्रश्नमा उनीहरूले यस एप्समा हुने ड्यासबोर्डको उपयोग गर्दै आफ्ना जानकारीहरू आफ्नो इच्छा अनुसार थपघट गर्न सक्छन, त्यसैगरी उनीहरूले आफ्नो होमस्टेको उपलब्धता भए नभएको जानकारी पनि दिन सक्छन।’
त्यस्तै उनीहरूले यसमा पछी थप परिमार्जन गर्दै ‘पेमेन्ट सिस्टम’ पनि इन्टिग्रेटेड गर्ने सोच बनाएका छन्। उनीहरूले यो एप्स ‘होमस्टे’ सुविधा दिदैं आएका व्यक्तिहरूको सरसल्लाह पनि लिएका कारण आफ्नो एप्स चल्नेमा उनीहरू ढुक्क छन। आफ्नो एप्सको लागि एनसेलको प्लेटफर्म पाउनुलाई पनि एउटा उपलब्धि मानेका छन। उनीहरूको यो एप्सका लागि एन्ड्रोइड भर्सन रोजेका छन्।
प्रकाशित मिति:
सोमबार, मंसिर २२, २०७१ १८:४८:३९
प्रतिकृया दिनुहोस