अर्को वर्षको अन्तय सम्म दश हजार नेपाली कृषकलाई सेवा दिने हाम्रो लक्ष्य

  • Get News Alerts

एनसेलमा विजेता बन्नका लागि चारवटा विषयगत विधामा प्रतिष्पर्दीहरूले आठ सदस्यीय निर्णायक टोलीलाई १० मिनेटको समयसिमाभित्र आफ्नो 'पिचिङ'ले प्रभावित पारेर आफुलाई उत्कृष्ट सावित गर्नु थियो। नेपाल जस्तो कृषिप्रधान देशमा कृषि एप्सको सम्भावना  अथाह छ। सही ज्ञानको अभावमा नेपाली किसानहरू अझै पनि परम्परागत शैलीमा खेतीकिसानी गर्न बाध्य छन।

त्यसैलाई सम्बोधन गर्ने हिसाबले निर्माण गरिएको 'आइसिटी फर एग्रिकल्चर'ले 'पिचिङ'मा सबै निर्णायकहरूलाई प्रभावित पार्यो। यो समूहले प्रस्तुति दिइरहँदा सम्पूर्ण निर्णायकहरूको 'बडी ल्याङग्वेज'ले उनीहरूलाई सम्भावित विजेताको रुपमा संकेत गरिसकेको थियो। अन्तत: भयो पनि त्यस्तै, उनीहरूले विषयगत र समग्र विजेता बन्दै करिब साँढे सात लाख रूपयाँको नगद पुरस्कार पनि हात पारे।

विजयी भएपछी समूहका सदस्य मध्येका एक अविनाश झाले विजेता बन्नुमा यस्तो कारण दिए, 'हामी विजेता बन्नुमा एउटा त हाम्रो एप्समा किसानलाई चाहिने सम्पूर्ण जानकारी हुनु र अर्को चाँहि हामीले यो एप्सलाई करिब ९०० किसानहरूमा प्रयोग गरेर हेरिसकेका छौ जून सफल छ। हाम्रो एप्समा किसानलाई चाँहिने लगभग सबै जानकारीहरू छन। यसमा कुनै पनि बाली लगाउनु पूर्व ध्यान दिनुपर्ने देखी लिएर, त्यसमा कस्तो हेरचाह पुर्याउनुपर्छ, त्यसमा लाग्न सक्ने सम्भावित रोग लगायतका किसानलाई चाहिने विविध जानकारीहरू छन।'

उनीहरूको यो एप्सबाट सिन्धूलीको रातमाटा गाविसको कालिमाटी गाँऊका करिव ३५० बेसी किसानहरूले फाइदा लिइरहेका छन भने काभ्रे जिल्लाको पात्लेखेत लगायतका गाँऊमा यति नै सख्यामा रहेका किसानहरूले पनि यसलाई प्रयोग गरिरहेका छन। रातामाटाकै सिबजन चौलागाई यसका टिम लिडर हुन जसको प्रस्तुतिले सबैको मन जितेको थियो। सामान्य किसान परिवारका उनले नेपाली किसानको दु:खलाई नजिकबाट देखेका थिए, भोगेका थिए जसका कारण यो एप्सको जन्म भयो।

आफ्नो एप्सको भावी योजना सुनाउँदै प्रशान्तले भने, 'सुरुवातमा हामीले मोबाइल एसएमएसबाट यो सेवाको थालनी गरेका थियौ जसमा कठिनाइहरुको सामना गर्नु पर्यो जसमा एसएमएसमा रहेको 'क्यारेक्टर लिमिटेसन' पर्छ। यसले गर्दा पनि हामीलाई एप्सतर्फ लाग्न प्रेरित गर्यो। सहरी एरियामा त मानिसले इन्टरनेटको साहारामा यो सुविधा सजिलै पाउन सक्छन तर गाँऊमा यो सम्भव छैन। अर्को तर्फ गाँऊमा स्मार्ट फोन चलाउने प्रचलन पनि निक्कै कम छ। अहिले हामीले सिप्रेडजस्ता संस्थाहरूसँग मिलेर सहकार्य गरिरहेका छौ तर यस्ता संस्थाहरू आफ्नो प्रोजेक्टको समयसिमा सकिएपछि जान्छन। हामीले चाँहि किसानहरूलाई तपाईहरूले नर्मल फोन प्रयोग गर्दा यो यो लिमिटेसन हुन्छ र स्मार्ट फोन प्रयोग गर्दा यस्तो यस्तो फाइदा हुन्छ भनेर सुसुचित गर्दैछौ।'

उनीहरूले निम्बससँग मिलेर अगाडी बढ्ने योजना बनाएका छन। त्यसै गरी एप्सलाई अझ प्रभावकारी बनाउन मोबाइल कम्पनीहरूसँग पनि सहकार्य गर्ने योजनामा रहेको सुनाउँदै भने, 'सिन्धुली जिल्लामा कलर्सको मोबाइल फोन किसानहरूले धेरै प्रयोग गरेको पायौ। अब हामीले मोबाइल कम्पनीसँग सहकार्य गरेर हाम्रो एप्सलाई त्यसमा ने 'प्रिइन्स्टल' गरेर किसानलाई एउटै मोलमा उनीहरूले कुनै पनि मोबाइल किन्नू भन्दा सोही मुल्यमा यस किसिमका मोबाइल किन्दा फाइदा बाताउँदै मोबाइलसँग बन्डलिङ गर्ने योजना पनि रहेको छ।'

विजेता बनेपछि उनको समूहलाई निर्णायकहरूले अझ अगाडी बढ्न हौसला दिएको बताए। निर्णायकहरूले उनीहरू एउटा स्तरमा सफल भइसकेको र यस एप्सको विश्वबजारमा पनि उत्तिकै सम्भावना रहेको थप मेहेनत गर्ने सल्लाह दिएको बताए।उनीहरू चाँडै नै आफ्नो एप्समा कृषि समाचार पनि थप्दैछन जसबाट किसानहरूले थप लाभ लिन सक्नेछन।

एप्सबाट उनीहरू आफैले चाँहि कसरी फाइदा लिदैछन त भन्ने प्रश्नमा उनले भने, 'एउटा त हामीले हामीले यो सेवा विभिन्न एनजिओ आइएनजिओलाई बेच्छौ भने अर्को निम्वस जस्ता कृषि सामान उत्पादक कम्पनीका विज्ञापन राखेर फाइदा लिनेछौ। त्यसैगरी हाम्रो एप्समा कृषि खरिदकर्ताको डाटा पनि छ जहाँ किसानले आफ्नो प्रोडक्टलाई राम्रो मुल्य दिने खरिदकर्तालाई आफ्नो प्रोडक्ट बेच्न सक्छन। त्यो पैसा किसानलाई 'हेलो पैसा'बाट उनीहरूलाई पठाउने र त्यो ट्रान्जेक्सनबाट आउने कमिसन बाँड्ने सहमती 'हेलो पैसा'सँग हुँदैछ।

उनीहरूले आफ्नो यो सेवालाई अर्को वर्षसम्म करिब दश हजार नेपाली किसानसमक्ष पुर्याउने लक्ष्य राखेका छन।  

 

 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...