किसानले उत्पादनको उचित मूल्य पाउन र बालीको बारेमा जान्ने उपयोगी एप्स

  • Get News Alerts

विजेश्वरी ८ भक्तपुरका राजु श्रेष्ठकी आमाले व्यवसायिक तरकारी खेती गरेकी छन। तरकारी खेतीबाट आम्दानी पनि भइरहेको छ। त्यसो त विजेश्वरी आसपासमा अहिले धेरै किसानले व्यवसायिक तरकारी खेती थालेका छन। तर, किसानले उत्पादनको पाउनु पर्ने जति मुल्य पाएका छैनन। त्यसको कारण बजारमा तरकारी सस्तो भएर पनि होइन। 
 
किसानले उत्पादनको मूल्य कम पाउनुको कारण उनीहरुले उत्पादन गरेको तरकारी उपभोक्तासम्म पुग्न बिचमा धेरै मानिसको च्यानल पार गर्नुपर्छ। किसान र उपभोक्ताका बिचमा दलालहरुले धेरै कमिसन खान्छन। 
 
यस्तो अवस्था देखेका राजुले किसानले सिधै बिक्रेतासँग पुग्ने एप्स बनाउन सके किसानले पनि उत्पादनको सहि मुल्य पाउने र उपभोक्ताले पनि राहतमा तरकारी पाउने विचार गरेका थिए। एनसेल मोबाइल क्याम्प बारे थाहा पाएपछि उनी त्यहि एप्स लिएर प्रतियोगितामा सहभागी भए।  उनको एप्समा उत्पादनको मुल्य मात्र होइन किसानलाई बालीमा लाग्ने रोगको जानकारी लिन सजिलो हुने विशेषता छ। उनको 'क्रिटो डेभेलपर' समुह अहिले  क्याम्पमा छानिएका २४ समुहमा परेको छ। उनको समुहमा विक्रम अवाले, किशोरविक्रम मल्ल, सन्दिप वल्ल र विवेक महर्जन छन। 
 
२२ वर्षका राजु नेशनल कलेज अफ इन्जिनियरिङमा कम्युटर इन्जिनियरिङमा स्नातक गर्दै छन। कम्प्युटर प्रोग्राम र  मोबाइल एप्समा रुचि भएका राजुले नेपालजस्तो कृषि धान कृषिसम्बन्धी एप्सको राम्रो सम्भावना रहेको बताए। 'कृषकलाई उत्पादनमा  दलाली रोक्न र उत्पादनको उचित मुल्य पाउन हाम्रो एप्स उपयोगी हुनेछ' श्रेष्ठले भने।
 
त्यतिमात्र होइन यो एप्सले कृषकलाई बालीमा लाग्ने रोगका बारेमा पनि सम्बन्धित डाक्टरसँग सल्लाह र परामर्श लिनका लागि सहयोग पुर्‍याउँछ। 'बालीमा रोग लाग्दा कृषकहरुले विशेषज्ञको परामर्श नपाउने भएकाले गलत औषधी पनि प्रयोग गरेको पाइयो' श्रेष्ठले भने 'यो एप्समा हामीले कृषक र जेटिएलाई जोड्नेछौं।' श्रेष्ठका अनुसार कृषकले बालीमा लागेको रोगको तस्वीर जेटिएलाई एप्स मार्फत पठाउन सक्नेछन। रोगको लक्षण पनि समावेश गर्न सकिनेछ। 
 
नेपालमा धेरै कृषकहरु साक्षर नभएको र उनीहरुले मोबाइलमा एप्सको प्रयोग गर्न नसक्ने समस्या रहेको बताउँदै श्रेष्ठले भने 'कृषक परिवारका कुनै न कुनै सदस्यसँग त पक्कै पनि मोबाइल चलाउन सक्छन नी।'  कृषकलाई रोगको विवरण लेख्न गाह्रो भयो भने तस्वीर खिचेर र अडियो रेकर्ड गरेर पनि सन्देश पठाउन सकिने गरी एप्सको विकास गर्न लागेको श्रेष्ठले बताए। 
 
सानैदेखि कम्प्युटर र प्रविधिमा रुचि भएका श्रेष्ठलाई एनसेल एप्स क्याम्पले प्रतिभावान व्यक्तिलाई प्लेट फर्म दिए जस्तो लाग्छ। यसअघि पनि गुगलले आयोजना गरेको चाइल्ड एप कम्पिटिसनमा भाग लिईसकेका श्रेष्ठले पुरस्कार जिते एप्सलाई व्यवसायिक बनाएर किसानहरुलाई सहजता बनाउन प्रयत्न गर्ने उनको योजना छ। 
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...