'लिपि'ले एनसेलको ठूलो प्लेटफर्म पायो

  • Get News Alerts

 घुम्दा पर्ने प्रमूख समस्या भनेकै भाषाको हो। घुमिने ठाँउहरूमा प्राय सोही देशमा बोलिने भाषामा लेखिएका हुन्छन जसका कारण घुम्नेहरू समस्यामा पर्छन। सलिल अवाले र उनका साथी रुपकराज घिमिरेले पनि श्रीलंका जाँदा त्यस्तै समस्या भोगे। उनले आफ्नो एप्सको प्रस्थान विन्दुको सुरूवात सुनाउँदै भने, 'म र रुपक यो दसै अगाडी श्रीलंका घुम्न गएका थियौं। त्यहाँ जताततै सिहाँली र तमिल भाषाका मात्र बोर्ड थिए जसले गर्दा हामीले समस्या भोग्यौं। त्यही समस्याबाट हाम्रो मनमा 'यस्तो एप्स भइदिए हुन्थ्यो कि' भन्नेबाट आएको हो।' त्यही सोचबाट उनीहरूले 'लिपि' नामक मोबाइल एप्स बनाए जून एनसेल मोबाइल क्याम्प अन्तरगत पर्यटन विधाको विजेता बन्यो। उनीहरू पर्यटनको विषयगत विजेता बनेपछि थप उत्साहित बनेका छन।

उनले आफूहरू समूह विजेता बन्नुको कारण आफ्नो एप्सको नविन अवधारणा र उपयोगितालाई देखाए। उनले भने, 'यस्तो खालको एप्स छैन। यो चलाउन पनि सजिलो छ। अन्य एप्सहरू जस्तो कुनै निश्चित समूह वा वर्गलाई नभई सबैलाई उत्तिकै काम लाग्ने किसिमको छ।'

उनले आफ्नो 'लिपि' एप्समा दुईवटा कुरा रहेको जसमा 'अप्टिकल क्यारेक्टर रिकगनिसन'ले प्रयोगकर्ताले खिचेको फोटो लिन्छ र अर्कोले त्यस फोटोलाई अनुवाद गरी प्रयोगकर्ताले बुझ्ने भाषामा रुपान्तरण गर्ने काम गर्छ। कुराकानीमा उनीहरूले आफूहरू भविष्यमा यस एप्सलाई अझ राम्रो बनाउने योजनामा रहेको पनि बताए।

हाल एप्स पूरै तयार भइसकेको छैन जसलाई उनीहरूले ३१ तारिख सम्म तयार गरिसक्नेछन। 'लिपि'को युजर इन्टरफेस बनाउन बाँकी रहेको बताउँदै अन्य केही  अतिरक्त फिचरहरू पनि यसमा थप्न लागेको बताए। उनीहरूले आफ्नो एप्समा राम्रो बजार सम्भावना देखेका छन। यसलाई उनीले उदाहरण दिदैं पुष्टि गर्ने प्रयास गरे र भने, 'जस्तो रेष्टुरेन्टको एप्समा धेरै पैसा दिने रेष्टुरेन्टहरूलाई लिस्टमा माथी राखिदिने जस्ता काम गर्न सकिने  सम्भावना हुन्छ तर हाम्रो एप्समा त्यस्तो सम्भावना छैन।'

उनीहरूका अनुसार आफ्नो पूर्ण एप्स बजारमा आएको एक वर्षसम्ममा एप्समा भएको लगानी 'ब्रेकइभन' पोइन्ट'मा पुग्नेछ। उनीसँगै आएका रुपकले उनका कुरामा आफ्ना कुरा थप्दै एप्सको बजार रणनितिका बारेमा यस्तो भने, ' हाम्रो प्रारम्भिक अनुसन्धान तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तीहरूको सल्लाहका आधारमा हामीहरू यो निचोडमा पुगेका छौ।' उनीहरूले एप्समा करिब २५ हजार डलर खर्च हुने अनुमान गरेका छन।

एनसेल मोबाइल क्याम्प नभएको भए यो सोचले मूर्तरूप पाँउथ्यो? भन्ने जिज्ञासामा उनीहरूले भने, ' यो एप्स आउनेमा शंका थिएन। हामी जसरी पनि ल्याँउथ्यौ। फरक यती हो की हामीले यसका लागि एनसेलको यो ठुलो पलेटफर्म पायौं।'

 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...