रेष्टुरेन्टको पूर्ण जानकारी पनि एप्समा

  • Get News Alerts

एनसेलको मोबाइल क्याम्पका सहभागी अधिकांश प्रतियोगीले एप्सको परिकल्पना आफूले भोगेको समस्याबाट नै अभिप्रेरित भएका छन्। अनिष श्रेष्ठको कथा पनि त्यस्तै छ। उनले सम्झिए सन २०११ को न्यू इयर इभ उनले उक्त इभ मनाउन पाएनन।' त्यति बेला म काममा नै व्यस्त हुन गर्थे। मलाई त्यो समयमा कहाँ कुन ठाँऊमा नयाँ वर्षको के कार्यक्रम हुँदैछ भन्ने थाहा भएन र त्यो सूचना लिने माध्यम पनि थाहा पाइन। मेरो 'एल्लो नेपाल एप्स'को सोच त्यहीबाट आएको हो।
 
अनिषका अनुसार 'एल्लो नेपाल' एप्स नेपाली रेष्टुरेन्टहरूको खोजी गर्ने नेपालको पहिलो स्थानीय एप्स हो। उनलाई यस एप्समा मनिष कर्माचार्यले साथ दिइरहेका छन। मनिषका अलावा उनलाई उनका अन्य ६ जनाले पनि यस एप्सको निर्माणमा सघाइरहेका छन। यस एप्सले विशेष गरी दुईवटा वर्गलाई लक्षित गरेको छ। एउटा त रेष्टुरेन्टलाई भने अर्को रेष्टुरेन्ट जानेहरूलाई। रेष्टुरेन्ट जानेहरुलाई  एप्सले आफू भएको स्थान वरीपरी रहेका रेष्टुरेन्ट, इभेन्ट, फुडमेला, फुड मेन्यू आदिका बारेमा जानकारी दिन्छ जसका आधारमा रेष्टुरेन्ट जानेहरूले आफू कुन र कस्तो खालको रेष्टुरेन्टमा जाने निर्णय गर्न सक्ने उनले बताए।
 
उनले भने, 'हामीले यो एप्समा हालसम्म राजधानीमा रहेका करिब एक हजारबाट रेष्टुरेन्टहरूलाई लिस्टिङ गरिसकेका छौं र यो क्रम अझ जारी छ।पहिलो चरणमा राजधानी भित्रका रेष्टुरेन्टहरूलाई समेटिने छ अनि ततपश्चात राजधानी बाहिरका रेष्टुरेन्टहरूको जानकारीलाई पनि समेटदै जाने छौं।'
 
यस एप्समा रेष्टुरेन्टको रिभ्यूले कुन रेष्टुरेन्ट कस्तो जानकारी त सेवाग्राहीलाई दिन्छ नै अर्को तर्फ रेष्टुरेन्टहरूले पनि आफ्ना सेवा तथा सुविधाको जानकारी दिने तथा सुझावका आधारमा आफूलाई अझ सशक्त हुने अवसर प्रदान गर्छ भने नयाँ रेष्टुरेन्ट खोल्नेहरूले पनि आफ्नो रेष्टुरेन्टको बारेमा जानकारी दिन सक्छन।
 
एप्सका थप विशेषता भनेको रेष्टुरेन्टको पूर्ण जानकारी एप्समा हुनु हो। उनले थपे, 'हाम्रो एप्समा कुनै पनि रेष्टुरेन्टको ठेगाना, फुड मेन्यू, त्यसको लोकेशन, मूल्य सूचि, खुल्ने र बन्द हुने समय इत्यादि सबै जानकारी यसैमा हुन्छ।'
 
यसबाट ग्राहकहरूले डिजिटल डिस्काउन्ट कार्ड, अफरहरूको उपयोग लिन सक्छन। यसले कुन रेष्टुरेन्टमा कस्तो इभेन्ट हुँदैछ भन्ने जानकारी पनि दिन्छ। उनका अनुसार प्रयोगका हिसाबले पनि एप्स सहज छ। रेष्टुरेन्टहरूको अफलाईन डाटा स्टोरेज यसको अर्को विशेषता हो जसका कारण एन्टरनेट नहुँदा पनि यसबाट फाइदा लिन सकिन्छ। 'एल्लो नेपाल'लाई एन्रोइड प्लेटफर्ममा निर्माण गरिदैंछ।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...