जितभन्दा पनि पाएको ‘एक्सपोजर’लाई ठूलो मानेका छौ

  • Get News Alerts

देशकै ठूलो मोबाइल एप्स क्याम्प प्रतियोगिता ‘एनसेल मोबाइल क्याम्प’मा ४ विषयगत विधामा १५ समूहले प्रतिष्प्रधा गरिरहेका छन्। तीनै समूहमध्ये काठमान्डौ ईन्जिनरिङ कलेजका विधार्थीहरूको एक समूह जसको नाम ‘बिसिटियन्स’ हो र उनीहरूले कलेज, विधार्थी र त्यहाँ पढाउने शिक्षकका लागि उपयोगी हुने ‘रूटिन एप’ बनाइरहेका छन्।
 
आफ्नो सोही ‘रुटिन एप’को बारेमा सो समूहकी टिम लिडर मनिषा पन्त र सदस्य दिपक अधिकारीले आफ्ना एपको बारेमा कुरा गरे। टिममा यी दुईका अलावा छितिज तिवारी, अस्मिता मिश्र र आयूस महर्जन रहेका छन्। मनिषाले बताएअनुसार ‘रूटिन एप’को सोच उनीहरूको आफ्नै समस्या भोगाइको उपज हो। उनले भनिन्, ‘ यो सोच हाम्रो आफ्नै समस्याको भोगाइबाट निक्लेको हो। कलेजको क्लास, प्रयाक्टिकल क्लास अनि हुन क्लास कुन कोठामा हुने हो त्यो हेर्न सधै नोटिस बोर्ड धाइरहनुपर्ने। कतिपय समयमा नोटिस बोर्डमा पुग्दा नोटिस नै नहुने जसका कारणले भोलिपल्टको क्लास के हो भन्नेमा अन्योल हुने। फेरि नोटिस हेर्न बारम्बार गइरहनुपर्ने झन्झट। यी कुराहरू एप्समा नै भए भने धेरै सजिलो हुन्छ भन्ने लागेपछि यसको विकास भएको हो।’
 
झन्झटबाट मुक्ती दिने ‘रूटिन एप’को विशेषता के हो त? यसको जवाफ दिदैं दिपकले बताए, ‘यो एप विशेष गरी कलेजका विधार्थी र शिक्षकका लागि उपयोगी छ। विधार्थीहरूले रूटिनलगायतका विविध सूचनाका लागि नोटिस बोर्डसम्म गइरहनुपर्ने झन्झट बेहोर्नु परेन। विधार्थीले मोबाइलमा ने रियल टाइम सूचना पाउने भए। विधार्थी र कलेजबीचमा रहेको सूचना आदानप्रदानको खाडललाई पुर्ने काम यसले गर्ने भयो।’‘अनि यसको अर्को विशेषता भनेको’ भन्दै मनिषा थप्छिन्, ‘कलेजमा सबै क्लासहरु एउटै कोठामा हुँदैनन। विषयपिच्छे कोठाहरू चेन्ज हुनछन्। यसले क्लास कुन कोठामा हुन्छ भन्ने बारेमा पनि जानकारी दिन्छ। 
 
विधार्थी र शिक्षकका लागि उपयोगी रहेको यो एप्सले कलेजलाईचाँहि कसरी फाइदाजनक छ त? भन्ने प्रश्नमा उनले यसो भनिन्,‘कलेजले केही पैसा तिरेर हाम्रो एप्स ‘सस्क्राइब’ गरेपछि उनीहरुले एउटा ड्यासबोर्ड पाँउछन् जहाँबाट उनीहरूले आफ्नो विभिन्न सूचनाहरू अपलोड गर्न सक्छन् जुन आफै एप्समा अपडेट हुन्छ र विधार्थीहरुले पाँउछन्। यसबाट कलेजको ‘पेपर वर्क’ र फोन गरेर प्रत्येक विधार्थीलाई सम्पर्क गरिरहनुपर्ने लामो प्रक्रियाबाट मुक्ति पाँउछन जसले उनीहरूलो खर्चलाई घटाउने काम गर्दछ।’
 
त्यस्तै उनीहरू एनसेल यस्तो प्लेटफर्म उपलब्ध गराएकोमा उनीहरूले आफूमा थप उर्जा बढेको अनुभव पनि गरेका छन्। यसले उनीहरू जस्ता नयाँ डेभलपर तथा डिजाइनरहरूलाई सिप निखार्ने मौका प्रदान गरेको उनीहरूको कथन छ। उनीहरूले सेमिनारहरूबाट आफूहरूले विभिन्न छेत्रका दिग्गजहरू उपस्थितिमा नयाँ ग्यान प्राप्त गर्ने अवसार पाएको पनि बताए।
 
दिपकका अनुसार एनसेलले गरेको चारवटा सेमिनारहरूमा सहभागी नहुञ्जेल आफूहरूको ध्यान एप्स निर्माणमा मात्र रहेकोमा सेमिनारपछि भने एप्स निर्माण गर्दा ग्राहाक, बजार र बजारीकरणजस्ता कुराहरूको बारेमा पनि उत्तिकै जानकार रहनुपर्ने भन्ने बारेमा थुप्रै कुराहरु सिकेको बताए। यो यउटा ठूलो उप्लबधि रहेको उनको विश्वास छ।
 
उनीहरूले आफूहरूले बनाइरहेको एप्स बजारमा भएका अन्य एप्सहरूभन्दा पृथक रहेको पनि दाबी गरे। मनिषा र दिपकका अनुसार बजारमा भएका एप्सहरूको प्रकृति ‘म्यानुयल’ छन जसमा विधार्थी आफैले रुटिन इत्यादी हाल्नुपर्छ जून आफैमा झन्जटिलो छ। हाम्रोमा कलेजले सूचना एकपटक हालेपछि सबै विधार्थीले पाउँछन्।
 
प्रतितोगिता जित्ने सम्भावना कत्तिको छ त? ‘प्रतियोगिता जितियो भने राम्रो हो। हामी अहिले विधार्थी नै छौ र सिक्ने क्रममा नै छौ त्यसैले हामी प्रतियोगितामा जित्नेभन्दा पनि सिक्ने कुरामा आफूलाई केन्द्रित गराइरहेका छौँ। त्यसैले हामी जित्नैपर्छ भन्ने दवाब रहेर प्रतियोगितामा रहेका छैनौ। हामीले यस प्रतियोगितामा पाएको ‘एक्सपोजर’ नै हाम्रा लागि ठूलो हो।’

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...