रीति–रिवाज जोगाउन हामी अघि आउँदैछौ

  • Get News Alerts

नेपालको रीतिरिवाज गर्ने प्रक्रिया र हरेक प्रक्रियाको धार्मिक विश्वास तथा वैज्ञानिक रहस्यको जानकारी, अनि प्रक्रियामा आवश्यक सम्पूर्ण सामग्रीको ई–बजार हो रीतिरिवाज एप।
 
समस्याको परिचय तब हुन्छ जब त्यसलाई स्वयम् भोगिन्छ। मैले पनि हरेक वर्ष हरेक चाढपर्वमा मेरो घरमा रीतिरिवाजको प्रक्रियामा अल्मलिदै तथा सामान किनेर जम्मा गर्न अतालिदै मेरा बुवा–आमा हैरान देख्थें। मेरो समयमा त अझ के होला?एनसेल एप्स क्याम्प मा मेरो यस आइडिया उत्कृष्ट १५० मा छनोट हुनुको अर्थ नै यो समस्या मेरो मात्र रहेनछ भन्ने कुरा प्रष्ट हुन्छ।
 
रीतिरिवाज जोगाउन उत्साह र हौसलाको साथै आम्दानीको स्रोत पनि त्यतिनै आवश्यक हुन्छ। आम्दानीको स्रोत खोज्न तथा उत्साहको सहि प्रयोग गर्न यो एप्स क्याम्प निकै सहयोगी भएको प्रस्ट देखिन्छ। एनसेलद्वारा सञ्चालित यस कार्यक्रममा अनुभवी व्यक्तित्वहरुको सल्लाह, सुझावबाट आफ्नो आइडियालाई अझै निखार्न निकै मदत भईरहेको छ। एकै ठाउँमा यति धेरै सहयोगी व्यक्तित्व पाउन सायद हाम्रो लागि सम्भव हुदैन थियो।
 
आइडियालाई आइडिया मात्रैमा सिमित नराखी सबैको हथ्केलामा पुर्‍याउने हाम्रो पुरा प्रयास जारी छ। यदि हामीले यसबाट उत्कृष्ट हुँदै पुरस्कार रकम जितौैं भने, त्यसको प्रयोग नेपालमा एउटा कम्पनी खोलि आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिलाउने लक्ष्य अलि सजिलो हुनेछ।
 
पुरस्कार एक र आइडिया अनेक छन्, तसर्थ सबै जना बिजेता त पक्कै हुदैनन्। हामीले रीतिरिवाज एप,  एप्स क्यामप सुरु हुनु अघि नै सुरु गरेका थियौं र यसको विजनेस प्लान पनि त्यही स्वरूप राखेका छौं। 
सुरुवातमा काठमाडौँ उपत्यकामा संचालन गरी यस एपलाई विदेशमा बस्ने एनआरएन समक्ष पुर्‍याउने हाम्रो लक्ष रहेको छ।
 
यस एप्स क्याम्पमा शिक्षा अन्तर्गत प्रतिस्पर्र्धी साथीहरु नेपालको औपचारिक शिक्षामा केन्›ित रहेछन्। जहांकी हाम्रो विचार चाहिं नेपालको ऐतिहासिक परम्परागत रीतिरिवाजको ज्ञानलाई अहिलेको पुस्ता अनुरुप प्रयोगमा ल्याईराख्नु हो र रीतिरिवाज जोगाउनु हो।
 
एनसेल अहिले नेपालको दोस्रो ठूलो टेलिकम कम्पनी हो, र यस प्रतिस्पर्धामा संग्लन हुँदा रीतिरिवाज एप अझै धेरै समक्ष पुग्ने हाम्रो विश्वास रहेको छ।
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...