'स्टार्टअप विजनेसका लागि यो उपयुक्त समय हो,' टमी पाल्म

  • Get News Alerts

क्याण्डी क्रसका सर्जक तथा किङडटकमका गेम गुरु टमी पाल्मले एनसेल एप क्याम्प २०१४ का सहभागीहरुलाई आफूलाई मनपर्ने काम गर्न र आफूले चाहेको व्यक्तित्व विकास गर्न सुझाब दिएका छन्। 'तपाईं आफू को बन्न चाहनुहुन्छ त्यही बन्नुहोस्। जे गर्न मन लाग्छ त्यही काम गरेर रमाउनुहोस्', पाल्मले भने।
 
हामी बाँचिरहेको समय अत्यन्तै रमाइलो छ र हाम्रा अगाडि सम्भावनाहरु पनि धेरै छन्। यदि तपाईंमा विश्वव्यापी रुपमा केहीगर्ने प्रतिभा छ भने नयाँ कम्पनी खोल्नुहोस् र आफूले चाहेको एपनिर्माणमा लाग्नुहोस्। यदि तपाईंले एप स्टोरहरुमा आफ्नो एपलाई पुर्‍याउन सक्नुभयो भने त्यो एउटा सुनौलो अवसर हुनेछ। 'यस्ता एप स्टोरहरु प्रजातान्त्रिक हुन्छन्। तपाईं विश्वको कुन कुनामा हुनुहुन्छ भन्नेसँग मतलव राख्दैनन्। तर, त्यो ठाउँसम्म पुग्नु नै ठूलो चुनौती हो, पाल्मले भने।
 
क्याम्पमा प्रतिस्पर्धा गरिरहेका १५० समूहलाई सम्बोधन गर्न शुक्रबार काठमाडौं आएका पाल्मले आज एप निर्मातालाई स्टार्टअप तथा व्यवसाय विकास मार्फत् उद्यमशील बन्न प्रेरित गरे। एप क्याम्पमा प्रतिस्पर्धा गरिरहेका समूहहरुलाई एप निर्माणका प्राविधिक तथा सैद्धान्तिक आयामहरुबारे थप ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना भइरहेको तालिममा पाल्मले एपनिर्माणबारे आफ्नो अनुभव सुनाएका थिए।
 
पाल्म मोवाइल एप उद्योगमा सुपरिचित व्यक्ति हुनुहुन्छ। उनकै अवधारणामा आधारित भएर बनेको क्याण्डी क्रस एप सन् २०१३ सम्म ५० करोडभन्दा बढी पटकभन्दा डाउनलोड भइसकेको छ भने ८३ करोड पटक प्रतिदिन खेलिन्छ। यो खेल प्रत्येक महिना ३३ करोडभन्दा बढी नयाँप्रयोगकर्ताले खेल्ने गरेको तथ्यांक छ। 
 
'विभिन्न स्क्रीनका लागि कामगर्नुपर्दा हामीले धेरै चुनौतीहरुको सामना गर्नुपर्यो, 'पाल्मले आफ्नो टिमले परिवर्तनशील प्रविधिका कारण आफ्नो टिमले गर्नुपरेको संघर्ष सुनाए। 'तर, जब हामीले उक्त खेललाई मोवाइल प्ल्याटफर्ममा पनि लग्यौं धेरै समस्याको समाधान आफैं भयो, उनले भने।
 
पाल्मले क्याण्डी क्रस विश्वव्यापी हुनुमा विभिन्न प्ल्याटफर्ममा कामगर्न सक्नु, एपलाई निशुल्क डाउनलोड गर्न सक्नु र खेललाई एउटा सेवाका रुपमाविकास गर्न सक्नु मुख्य विशेषताहरु भएको बताए। 
 
प्रश्नोत्तर सत्रमा, सहभागीहरुले क्याण्डी क्रस बनाउनँदाको मुख्य अवधारणाबारे जिज्ञासा राखेका थिए। उनीहरुले खेलबाहेक अन्य एपहरु पनि क्याण्डी क्रसजस्तै लोकप्रिय र भाइरल बनाउन कसरी सकिएला भनेर सोधेका थिए। 
 
जवाफमा पाल्मले क्याण्डी क्रसको मूख्य अवधारणा नै विभिन्न प्ल्याटफर्ममा चल्ने खेलको आवश्यकता भएको बताए। उनले नयाँ एप निर्माणकर्ताहरुलाई बजारीकरण र लोकप्रियता हासिल गर्न फेसबुक जस्ता सामाजिक सञ्ञालबाट फाइदालिन सल्लाह दिए। 'यस्ता सामाजिक सञ्जालले तपाईंलाई साथीहरुबीच सजिलै जोड्छन् जसकारण यो निकै सहयोगी हुनेछ।'
 
तालिममा प्रशीक्षकहरुले सहभागीहरुलाई युजर एक्सपिरियन्स र युजर इन्टरफेसको डिजाइनबारे प्राविधिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरे। लामो समयसम्म व्यवसायिक रुपमा एपनिर्माण गर्दै आएका प्रशिक्षकहरुले नयाँ निर्माताहरुलाई एण्डरोइड, आइओएस, विण्डोज र एसएमएस माध्यमका लागि बनाइने एपका लागि सान्दर्भिक जानकारी समेत प्रदान गरे।
 
क्याम्पका प्रतिस्पर्धीहरुलाई व्यवसाय विकासका लागि मंसिर २ गते र अवधारणा प्रस्तुतिका लागि मंसिर ५ गते तालिमको आयोजना गरिने एनसेलले जनाएको छ।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...