क्यान्डी क्रसका डेभलपर एनसेल एप क्याम्पमा

  • Get News Alerts

युवाहरु माझ लोकप्रिय मोवाइल एप गेम क्यान्डी क्रस सागाका डेभलपर टमी कार्ल पाल्मले देशकै ठूलो मोवाइल एप स्पर्धा एनसेल एप क्याम्पमा छनोट भएका १ सय ५० एप डेभलपर टिमलाई मार्गदर्शन गर्न नेपाल आएका छन्।
 
क्यान्डी क्रस सागा बनाएको किंग डट कमका गेम्स गुरु पाल्मले एनसेल एप क्याम्प २०१४ अन्तर्गत भईरहेका क्षमता अभिवृद्धि सेमिनारको सिरिजमा यही कात्तिक २९ गते अतिथि वक्ताको रुपमा युवा डेभलपर टिमहरुलाई सम्बोधन गर्ने छन्। सेमिनारमा उनले आफ्नो सफलताको कथासँगै युवा डेभलपरले एप बनाउँदा ध्यान दिनु पर्ने युजर इन्टर्फेस तथा युजर अनुभति जस्ता विषयमा एनसेल एप क्याम्पका सहभागीलाई मार्गदर्शन गर्नेछन्।
 
”देशमा विद्यमान डिजिटल सम्भावनालाई उजागर गर्ने तथा नेपाली युवालाई विश्व एप उद्योगको हिस्सा बनाउने उद्देश्य लिएको यस एनसेल एप क्याम्पमा भाग लिईरहेका टोलीलाई पाल्म जस्ता विश्व चर्चित व्यक्तित्वहरुको मेन्टरशिपले उनीहरुको क्षमता अभिवृद्धि गर्ने तथा अन्तर्राटि्रय एप बजारबारे एक्स्पोजर प्रदान गर्नेछ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन्।
 
पाल्म अन्तर्राष्ट्रय एप उद्योगका सबभन्दा उत्प्रेरक (इन्स्पाइरिङ्ग) व्यक्तित्वहरु मध्ये एक मानिन्छन्। संसारभर दश करोडभन्दा बढी डाउनलोड भएको र प्रत्येक दिन पाँच लाख डलर कमाइरहेको क्यान्डी क्रस सागाको सफलताको पछाडि उनकै सोच तथा डिजाइन रहेको छ।
 
कोमोडोर ६४ का लागि १९८६ देखिनै रुचिका रुपमा गेम्स प्रोग्रामिङ्ग गर्दै आएका पाल्मले १९९९ मा जेडस्टोन  एबी नामक कम्पनी स्थापना गरेपछि विचार स्रष्टा तथा गेम डिजाइनरका रुपमा चर्चित हुनथालेका हुन्।  यस दौरान उनले चाम्पियनशीप म्यानाजर अनलाइन, डर्क डागर, फ्रि जम्बी हिरो, वर्ल्ड इन् वार र कोडो मि लगायत २० गेम्स एप बनाउन शीर्ष भूमिका खेलेका छन्। विगत १२ वर्षको अवधिमा उनको टोलीले १० वटा अवार्डका साथै थुप्रै मनोनयन प्राप्त गरेका छन्।
 
२००९ मा पाल्मले आफ्नो जेडस्टोन मोवाइल विभागलाई नयाँ कम्पनीमा परिणत गरे। २०१२ मा किङ डटकमले यो कम्पनी लिएपछि हाल उनी उक्त कम्पनीमा गेम्स गुरुका रुपमा कार्यरत छन्।
 
टोमी पढाउन तथा लेखन कार्यमा रुचि राख्छन्। साथै एप सम्वन्धि गोष्ठीहरुमा वक्ताका रुपमा उपस्थित भई युवा डेभलपरहरुलाई उत्प्रेरित गर्न रमाउँछन्। उनी स्टकहोमको रोयल इन्टिच्युट अफ टेक्नोलोजीमा नियमित लेक्चर दिन्छन् ।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...