एनसेल मोबाइल क्याम्पमा कृषि र शिक्षा विकासको चर्चा

  • Get News Alerts

राजधानीमा जारी देशकै ठूलो मोबाइल एप्स क्याम्प ‘एनसेल मोबाइल एप्स क्याम्प’मा विज्ञहरूले नेपाली कृषि तथा शिक्षा क्षेत्रमा मोबाइल एप्सको ठूलो सम्भावना भएको बताएका छन्।

राजधानीमा शुक्रबार एनसेलले आयोजना गरेको कृषि तथा शिक्षामा मोबाइल एप्सको सम्भावना विशेष सेमिनारमा सहभागीहरूलाई नेपाली एप्सको सम्भावना, तिनलाई निर्माण गर्दा ध्यान दिनुपर्ने कुरा र एप्सको बजार सम्भावनाका बारेमा छलफल भएको थियो।

कृषि मोबाइल एप्समा सहभागिहरूलाई ‘कि नोट’ दिने क्रममा प्रोबाइटिकका प्रबन्ध निर्देशक एवम् मुख्य वक्ता रहेका दिनेश गौतमले नेपाली कृषि सम्बन्धी एकदुई एप्स मात्रै उइलब्ध रहेको वर्तमान अवस्थामा कृषि एप्सको सम्भावना प्रचुर रहेको बताए।

सहभागीहरुलाई उनले भने, ‘प्राय सबैसँग मोबाइलको पहुँच पुगिसकेको यो अवस्थामा सूचना सम्प्रेषणको महत्वपूर्ण माध्यम मोबाइल नै हो। यस अवस्थामा निर्माण हुने एप्स कृषिको सहि समस्या समाधान गर्ने किसिमको हुनुपर्छ।’

त्यसैगरी उनले एप्सका पनि आफ्नै सीमा हुनेहुँदा एप्स एक ‘प्राथमिक उपचार’ जस्तो हुनुपर्ने बताए। उनले एप्समा कुन समयमा कस्तो बाली लगाउने, मौसमको जानकारी, उत्पादित सामग्री बेच्ने बजार, बजार भाउ, कृषि प्रविधि लगायतका कुराहरू हुनुपर्नेमा जोड दिए।

उनको ‘कि नोट’ पछि कृषि एप्सको ‘प्यानल’ छलफल भयो। सो छलफलमा बोल्दै प्याक्टका योजना निर्देशक योगेन्द्र कुमार कार्कीले एप्स निर्माण गर्दा विभिन्न पक्षमा ध्यान दिनुपर्ने बताए। उनले नेपाली कृषि प्रणाली अर्ध-व्यवसायिक तथा व्यवसायिक नभईकन अघि नबढ्ने बताउदै उनले भने, ‘एप्समा वस्तुको मुल्य, तिनको उपलब्धता, गुणस्तर जस्ता आयामहरुलाई छोड्न हुँदैन।’ 

त्यस्तै सेन्टर फर मलिकुलर डाइनामिकका डा. समिर दिक्षितले कृषिमा लागेका नेपालीहरु स्मार्ट फोनको प्रविधि प्रयोग गर्न नसक्ने भएकोले उनीहरूलाई प्रशिक्षण पनि दिनुपर्ने बताए। ‘आधारभूत सूचनाले पनि एउटा स्तरको राहात दिन्छ। त्यो कुरा एप्समा हुनुपर्यो। त्यस्तै अन्तराष्ट्रिय क्षेत्रमा चलिआएका कुराहरुमा स्थानीय कृषकहरुको पहुच पुर्‍याउने गर्न सकियो भने अत्यन्त राम्रो हुन्छ।’

छलफलमा आफ्नो धारणा राख्दै प्राइभेट पाट्नरसीपकी प्रवन्धक मोना शर्माले कृषि भन्नाले कृषकलाई मात्र नबुझि कृषकलाई कृषि सम्बन्धी सामान बिक्रि वितरण गर्ने एवम् कृषि उत्पादनलाई किन्ने पक्षलाई बिर्सन नहुने बताइन।

उनले भनिन, ‘एप्समा स्थानीयता भन्ने कुरा बिर्सन हुन्न। सूचना दिने क्रममा त्यसमा शब्द मात्र नभई आवाज, चित्र तथा एसएमएस जस्ता कुराहरु पनि समेटिनु पर्छ किनकी यसले पढेका एवम नपढेका दुबै खाले प्रयोगकर्तालाई सहयोग गर्छ। फ्लोरा हिमालयका प्रबन्ध निर्देशक अजय बि प्रधानङ्गले एप्स कृषिमा ‘भ्यालु एड’ गर्ने किसिमको हुनुपर्नेमा जोड दिए।

त्यसैगरी शुक्रबारै भएको शिक्षा सम्बन्धी एप्सको छलफलमा सहभागीहरुले नेपालमा खड्किरहेको गुणस्तरीय शिक्षाको कमीलाई शिक्षा एप्सले एक स्तरसम्म सुधार्नमा सहयोग गर्ने कुरामा एकमत जाहेर गरे। कार्यक्रमाका मुख्य वक्ता रहेका अनिल चित्रकारले एप्स निर्माताले एप्स निर्माण गर्दा तर्कलाई मात्र ध्तान नदिई कल्पनाशिलतलाई पनि ध्यान दिनुपर्ने बताए। उनले विश्व परिवेशमा शिक्षा लिनु मनोरन्जक पनि हो भन्ने अवधारणालाई आत्मसाथ गरिएको तर नेपालमा भने त्यसो गर्न नसकिएको भन्दै नेपालि शैक्षिक क्षेत्र पक्षाडि परेको जानकारी दिए। 

केसिमका संस्थापक तथा प्रवन्ध निर्देशक विष्णुराज अधिकारिले पहिला आफूले आफ्नो कलेजमा पढ्न आउने विधार्थीका अभिभावकलाई ल्यापटप अनिवार्य किनिदिनुपर्ने भन्दै आएकोमा अबदेखि प्रत्येक विधार्थीलाई स्मार्ट फोन किनिदिन भन्ने बताए। उनले भने, ‘हामी पूरानै शैलीबाट मात्रै पढाउने बारेमा सोच्यौं। बद्लिदो सिकाई प्रवृतिका बारेमा भने पछाडी ने रह्यौ। यसमा मोबाइल एप्सको प्रयोग प्रभावकारी हुन्छ।’

‘टिच फर नेपाल’का संस्थापक शिशिर खनालले मोबाइल एप्सको माध्यमबाट शिक्षामा धेरै कुराहरू गर्न सकिने बताए। उनले विशेष गरी एसएलसीका विधार्थीकाले एप्सबाट फाइदा लिनसक्ने बताए। उनले विधार्थीले समयमै पाठ्यपुस्तक नपाउने जस्ता समस्याबाट मुक्त हुन एप्सहरू सहायक सिद्द हुनुपर्नेमा जोड दिए। त्यसैगरि रातो वंगला स्कुलकी संस्थापक तथा निर्देशक शान्ता दिक्षितका अनुसार एप्स विधार्थीलाई सिक्न पढ्न प्रेरित गर्नुपर्ने किसिमको हुनुपर्ने बताईन।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...