प्रतिस्पर्धीलाई बजारीकरणबारे ज्ञान प्रदान

  • Get News Alerts

१ सय ५० वटा समूहलाई प्रतिस्पर्धाका लागि छनोट
एनसेल एप क्याम्प २०१४ का लागि छनोट भएका १५० समूहका लागि एप निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आज एनसेलले मोवाइल एप्लिकेसनको बजारीकरणबारे विज्ञहरुसँग छलफल कार्यक्रमको आयोजना गर्यो। 
 
कार्यक्रमका प्रमुख वक्ता तथा क्यास अन एड प्रालिका अध्यक्ष विश्वास ढकालले “प्रतिस्पर्धी समूहहरुलाई सिर्जनशील बन्न आग्रह गर्दै एप्लिकेसन निर्माण गर्दा एप्लिकेसन प्रयोगकर्तालाई लामो समयसम्म व्यस्त राख्नका लागि आवश्यक विशेषताहरु समेट्न आवश्यक हुने बताए।” एप्लिकेसन निर्माताले बजारीकरणका लागि सामाजिक सञ्जालबाट फाइदा लिनु महत्वपूर्ण हुने बताए।
 
अन्तर्क्रियामा सहभागी वक्ताहरुले एप्लिकेसन निर्माणसँग सम्बन्धित कानुनी तथा प्राविधिक चुनौती साथै सम्भावनाहरुबारे छलफल गरेका थिए। उनीहरुले सबैखाले व्यवसायीहरुले आफ्नो खर्च घटाउन मोवाइल एप्लिकेसनको प्रयोग गर्ने क्रम बढेको बताएका थिए।
 
“विश्वका अन्य विकासित देशहरुले इन्टरनेटलाई व्यवसायीक रुपमा प्रयोग गरिरहँदा नेपालमा भने त्यो सम्भव भएको थिएन। तर नेपालमा इन्टरनेट तथा मोवाइल प्रयोगकर्ताहरुको संख्या उल्लेखनीय रुपमा बढेकाले हाल यस क्षेत्रमा व्यवसायिक सम्भावनाहरु प्रशस्त देखिन्छन्”, गोल्छा अर्गनाइजेसनका अध्यक्ष सञ्जय गोल्छाले भने, “अब हामीले यो क्रमलाई पछ्याउन सक्नुपर्छ।”
 
सहभागीहरुलाई हौसला प्रदानगर्दै, फोकस वान नेपालका कार्यकारी निर्देशक आदिश श्रेष्ठले नेपाली व्यवसायीहरुलाई मोवाइल एप्लिकेसनहरुले तथ्यांक संकलनका लागि पनि सहयोग पुर्याउने क्रम बढेको बताए। यस्ता एप्लिकेसनहरुमा लगानी गर्न इच्छुक कम्पनीहरुको संख्या पनि हाल उल्लेखनीय रहेको जनाउँदै उनले भने, मोवाइल एप्लिकेसनकै कारण तथ्यांक संकलनकार्य सहज र द्रूतभइरहेको छ।
 
एनसेलका बिटुसी विभाग प्रमुख भाहदत जेहतावले एप्लिकेसनको विश्वव्यापिकरण मात्रै ठूलो समस्या नभएको बताए। निर्माताले आफ्नो लक्ष्यप्रति केन्द्रितभएर एप्लिकेसन निर्माण गरे आफ्नो उद्देश्यप्राप्तगर्न सक्छन्, उनले भए।
 
कार्यक्रममा सहभागी समूहहरुले प्रतिलिपी अधिकार तथा अन्य चुनौतीबारे जिज्ञासा राखेका थिए। नेपालमा मोवाइल एप्लिकेसनलाई प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार प्रतिलिपी अधिकारका रुपमा हेर्ने गरिन्छ जसअनुसार मोवाइलएप्लिकेसन बनाउनेले कुनै निकायमा दर्ता गराइराख्नु पर्दैन। तर निर्माताले कानुनी रुपमा आफू सुरक्षित रहनदर्ता गर्नु फलदायी हुन्छ, पायोनियर ल एसोसियट्सकी एड्भोकेट अञ्जू उप्रेती ढकालले भनिन्।
 
त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाश न्यौपानेले सरकारले प्रविधि विकासको क्षेत्रमा कानुन बनाउने प्रक्रियामा प्रतिक्रियात्मक भूमिका मात्रै निर्वाह गर्ने गरेको बताए।
 
एनसलेले आवेदन परेका ४ सय ५७ आवेदकहरुमध्ये १ सय ५० वटा समूहलाई प्रतिस्पर्धाका लागि छनोट गरेको छ। छनोट भएका समूहहरु कृषि, पर्यटन, शिक्षा तथा कर्पोरेट गरी विभिन्न विषयगत क्षेत्रहरुमा सम्बन्धित एप्लिकेसन निर्माण गर्नेछन्। 
 
छनोट समूहहरु मध्ये अब प्रत्येक विषयगत क्षेत्रमा ६ वटा गरी उत्कृष्ट अवधारणा प्रस्तुतगर्ने जम्मा २४ समूहलाई अन्तिम प्रतिस्पर्धाकालागि अवसर दिइनेछ। यस प्रतिस्पर्धाका विषयगत उत्कृष्ट समूहहरु प्रत्येकले २ लाख ५० हजार रुपैयाँ र समग्र विजेताले थप ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने २०१५ माहुने अन्तराष्टि्रय एप्लिकेसन सम्मेलनमा नेपालको प्रतिनिधित्वगर्ने मौका पाउनेछन्।
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...