एनसेल एप क्याम्पबारे जानकारी सत्र सकियो

  • Get News Alerts

एनसेल एप क्याम्प २०१४ मा भाग लिन उत्सुक युवाहरुलाई उक्त प्रतिस्पर्धाको बारेमा जानकारी दिन एनसेलले सोमबार डिब्रीफिङ कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी तथा इच्छुक डेभलपरहरु सहभागी भएको एनसेलले जनाएको छ।
 
देशमा रहेको डिजिटल सम्भावनालाई अगाडि ल्याउन र युवा डेभलपरहरुलाई नवीनतम व्यवसाय निर्माण गर्न प्रेरित गर्ने उद्देश्यले एनसेलले आफ्नो कर्पोरेट सामाजिक जिम्मेवारी अन्तर्गत मोबाइल एप्लिकेशन बनाउने प्रतिस्पर्धा ल्याएकोे एनसेलले जनाएको छ।
 
कार्यक्रममा सहभागीहरुलाई प्रतिस्पर्धामा भाग लिनका लागि ध्यान दिनु पर्ने कुराहरु लगायत सम्पूर्ण प्रकृयाको वारेमा जानकारी दिइएको थियो। सहभागीले पनि छनोट प्रकृया, आफूले बनाएको एप्लिकेसनको स्वामित्व कसको हुने लगायतका विषयमा जिज्ञासा राखेका थिए। एनसेलका प्रतिनिधि तथा संलग्न व्यक्तिहरुले उक्त प्रश्नहरुको जवाफ दिएका थिए। 
 
कार्यक्रममा मोवाइल एपका विज्ञहरुले सहभागीहरुलाई प्राविधिक जानकारी तथा आफ्ना व्यक्तिगत अनुभवहरु प्नि सुनाएका थिए। 
 
काठमाडौं विश्वविद्यालयमा अर्थशास्त्र विषयमा स्नातक गरिरहेका सुशान्त आचार्यले कार्यक्रमले उनलाई एनसेल एप क्याम्प २०१४ बारे पूरा जानकारी दिई स्पष्ट पारेको र चाडै नै आफ्नो समूह बनाएर प्रतिस्पर्धामा भाग लिने योजना सुनाए।
 
त्यसैगरी काठमाडौं विश्वविद्यालयमा कम्प्युटर साइन्स तथा इन्जिनियरिंङ अध्ययन गरिरहेका चन्दन गुप्ताले एनसेलले ल्याएको यो कार्यक्रमले आफूजस्ता विद्यार्थीहरुका लागि एउटा सुनौलो अवसर दिएको र यसमा सहभागी भई समूहमा काम गर्ने कौशल तथा समुदायमा चिनिन पनि सकिने सम्भावना रहको विचार व्यक्त गरे। 
 
गुप्ताले उपभोग्य वस्तुको मूल्यबारे जानकारी दिने तथा भविष्यमा हुनसक्ने मूल्यको प्रक्षेपण गर्न सक्ने मोवाइल एप बनाउने दावी गरे। 
 
एनसेल य्याप क्याम्प २०१४ मोबाइल एप्लिकेशन बनाउने एक प्रतिस्पर्धात्मक कार्यक्रम हो जसअन्तर्गत सहभागीले पहिला विश्वव्यापी र स्थानीय एप व्यवसाय बारेे ज्ञान, एप बनाउने कौशल र यसको वरिपरि व्यवसायको निर्माण गर्नेबारे जानकारी प्राप्त गर्ने र त्यसपछि एक–अर्कासग प्रतिस्पर्धा गरि आकर्षक पुरस्कार जित्न सक्छन्।
 
प्रतिस्पर्धा कृषि, कर्पोरेट सल्युशन, शिक्षा र पर्यटन गरि जम्मा चारवटा विधाहरुमा हुनेछ। यसमा एप डेभलपर र यस सम्वन्धि चासो राख्ने समूहले निःशुल्क भाग लिन सक्नेछन्।
 
हरेक विषयगत विजेताले रु.२ लाख ५० हजारको नगद पुरस्कार जित्नेछन् भने मुख्य विजेताले थप रु. ५ लाखका साथै विदेशमा हुने यस्तै खाले एप क्याम्पमा सहभागी हुने मौका पनि जित्ने छ। प्रतिस्पर्धामा भाग लिन डेभलपर समूहले २०७१ कार्तिक ११ गते दिनको १२ बजेसम्म आफ्नो समूह तथा आइडिया दर्ता गरिसक्नु पर्नेछ।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...