एनसेल एप क्याम्प २०१५ को विधागत सेमिनारहरु सम्पन्न

  • Get News Alerts

नेपालको मोबाइल सेवा प्रदायक एनसेलले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको एप क्याम्प २०१५ मा युटिलिटिज् विधाका प्रतियोगीका लागि थिमेटिक सेमिनार आयोजना गरेको छ । यससँगै यस वर्षको एप क्याम्पको विधागत सेमिनारहरु सम्पन्न भएका छन्।
 
बैंकर, प्रहरी र एप डेभेलपरहरुको उपस्थितिमा बुधबार राजधानीमा आयोजित उक्त सेमिनारबाट प्रतियोगी समुहहरुले युटिलिटिज् एपका विभिन्न मोडलहरुको जानकारी पाएका थिए । एनसेलले  एनसेल एप क्याम्प २०१५ का लागि खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटीज् गरी ४ वटा विधाहरु राखिएको छ ।
 
कार्यक्रममा सेमिनारका प्रमुख वक्ता एनसेलका प्रणय राज आचार्यले एपका चुनौतिहरु र यसलाई समाधान गर्ने उपायहरुका बारेमा जानकारी दिएका थिए। ‘तपाँईले जे गर्नुहुन्छ मन लगाएर गर्नुहोस् एउटा एपमा आफ्नो सम्पूर्ण क्षमता लगाउनुहोस्,’ आचार्यले भने । अन्य एपहरुले पैसा कमायो भन्दैमा यतिकै एप निर्माणमा लाग्न नहुने पनि उनले जानकारी दिए ।
 
गोष्ठीमा विज्ञका रुपमा नेपाल प्रहरीका उपरीक्षक रबिन बस्न्यात, नेबिल बैंकका जेनरल म्यानेजर रमेश प्रसाद लोहनी, रियल टाइम सोलुसन्स्का रञ्जन श्रेष्ठ, विधि प्रालिका सिइओ सुभाष सापकोटा र एनलोकेटका सिइओ मनोज घिमिरेको उपस्थिति रहेको थियो ।
 
गोष्ठीमा बस्न्यातले नेपाल प्रहरीको एपको बारेमा जानकारी दिएका थिए । ‘स्पष्ट उद्देश्य र गहन खोज पश्चात् मात्र कुनै एपको निर्माणमा लाग्नु उपयुक्त हुन्छ,’ उनले भने । 
 
त्यसैगरी नेबिल बंैकका लोहनीले वित्तिय संस्थाहरु सदा सुरक्षित, भरपर्दो र आफुहरुले दिईरहेको सेवाहरुलाई थप उपयोगी बनाउने खालको नयाँ प्रविधिको खोजमा रहेको बताए ।
 
कार्यक्रममा विज्ञहरुले कुनै पनि एपको निर्माण र व्यवस्थापनका लागि काम गर्ने उत्सुकता, जोश, यसको उपयोगीताका बारेमा पूर्ण अध्ययन तथा अनुसन्धानका साथै दीर्घकालिन सोच लिएर समुहमा काम गर्नुपर्ने सल्लाह तथा सुझाव दिएका थिए। 
 
चारवटा विधामा छानिएका १५० समुहहरुलाई एनसेल एप क्याम्प अन्र्तगत बजारीकरण सम्बन्धि  गोष्ठी यही सोमबार आयोजना हुनेछ । यसपटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् ।
 
सेमिनार र तालिममा भाग लिएपछि प्रतियोगीहरुले आफ्नो एपको प्रटोटाइप बुझाउनु पर्नेछ जसका आधारमा सम्बन्धित क्षेत्रको विज्ञहरुले प्रत्येक विधाबाट ६ वटा समूहलाई फाइनलमा सहभागी हुनका लागि छान्नेछन् ।
फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आफ्नो आईडियाको प्रस्तुति तथा एपको प्रर्दशन गर्नुपर्ने छ ।
 
फाइनल प्रस्तुति पछि प्रत्येक विधागत विजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट विजेताले थप ५ लाख रूपैयाँको थप नगद पुरस्कारसहित २०१६ मा हुने अन्तराष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...