एप्समै रीतिरिवाज

  • Get News Alerts

हेटौंडाका मनिष श्रेष्ठले घरमा कुनै पूजापाठ, चाडपर्व मनाउँदा आमाबुवा झुक्किने गरेको देखेका थिए। 
 
उनी आफूलाई त कुन चाडवाड कहिले, कसरी र किन मनाउने भन्नेबारे कुनै जानकारी नै थिएन। उनी जान्न चाहन्थे, नेवारी संस्कृतिमा म्हपूजा किन गरिन्छ? यमरी पूर्णिमा कसरी मनाइन्छ? तर, सबै जानेको मान्छे भेट्नै गाह्रो। 
 
आइटी पढिरहेका मनिषले सोचेँ, हाम्रा रीतिरिवाजका बारेमा किन मोबाइल एप्स नबनाउने? यसले रीतिरिवाजका बारेमा जानकारी त दिन्छ नै साथै, व्यावसायिक पनि बन्नसक्छ भन्ने लागेपछि उनले साथीभाइसँग छलफल गरेर एप्सको नाम राखे –रीतिरिवाज। 
 
समीर डंगोल, लिलाराम श्रेष्ठ, प्रेक्ष्या वज्राचार्य, सुजन जोशीसहितको उनको समूह रितिरिवाज एप्स लिएर एनसेल एप्स क्याम्पमा पुग्यो। प्रतियोगितामा उनीहरुको समूह छानिएका उत्कृष्ट २४ भित्र परेको छ। 
मनिषका अनुसार रीतिरिवाज एप्सले नेपाली रीतिरिवाजका बारेमा सम्पूर्ण जानकारी दिन्छ। आधुनिक जीवनशैलीसँगै मानिसहरू घरदेखि टाढा बस्नु पर्दा कुन चाडपर्व कसरी मनाउने? भन्ने विषयमा दुविधामा रहन्छन्। मनिषले भने ‘त्यही दुविधालाई हटाउन हाम्रो एप्सले सहयोग पु¥याउँछ।’
 
रीतिरिवाज एप्समा नेपालमा वर्षभरी मनाइने चाडवाडको सूची समावेश गरिएको छ। सूचीसँग चाडबाडको ऐतिहासिक र धार्मिक पृष्ठभूमि लगायतका जानकारी पनि समेटिएको छ। 
 
चाडवाड कसरी मनाउने प्रक्रिया पनि बताइएको छ। र, हरेक प्रक्रिया किन पूरा गर्नुपर्छ भनेर धार्मिक र वैज्ञानिक कारणहरू पनि समावेश गरिएको छ। 
 
शिक्षा विधामा प्रतिष्पर्धा गरिरहेको एप्समा रीतिरिवाजको जानकारी कसरी रहन्छ? भन्ने प्रश्नमा मनिषले भने ‘हामी औपचारिक शिक्षाभन्दा व्यवहारिक शिक्षाको जानकारी दिन चाहन्छौँ। औपचारिक शिक्षा त विद्यालय, क्याम्पसमा पढेर प्राप्त गर्न सकिन्छ तर, रीतिरिवाजको व्यवहारिक ज्ञान विद्यालयमा पाईँदैन।’
 
त्यसैपनि अहिलेको पुस्ताले पश्चिमा संस्किृतिको सिको गर्दा नेपाली रीतिरिवाजलाई बिर्सदै गएको छ। नेपाली रीतिरिवाजलाई जीवन्त बनाउन र जोगाइराख्न एप्स उपयोगी हुने मनिषको धारणा छ। 
एनसेल एप्स क्याम्पले प्रविधिका विषयमा भविष्य खोज्नेलाई उपयुक्त अवसर दिएको बताउने मनिषले क्याम्पमा भाग लिन पाउँदा गौरव महशुस भएको बताए। 
 
आफू पनि सूचना प्रविधिको विद्यार्थी भएकाले यस्ता क्याम्पले अघि बढ्न झन हौसला दिने उनले बताए। उनी लर्डबुद्ध एजुकेशन फाउण्डेसनमा बिएस्सी आइटीको पाँचौ सेमेष्टरमा अध्ययनरत छन्। 
‘पुरस्कार एउटा हुन्छ, सबैले जित्दैनन्’ मनिषले भने ‘प्रतियोगितका माध्यमबाट आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने अवसर पाएको छु।’ 
 
उपाधी जित्दा पाउने रकमले एप्सको बजार प्रर्वधनमा धेरै ठूलो राहत मिल्ने बताउने मनिषले भने ‘पैसा भन्दा पनि यस्ता प्रतियोगिताले उत्पेरणा धेरै मिल्छ।’
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...