प्रतिस्पर्धीले पाए व्यवसायिक रणनीतिबारे तालिम

  • Get News Alerts

एनसेलले एप क्याम्पका प्रतिस्पर्धी १५० समूहलाई उनीहरुले निर्माण गर्ने एपको व्यवसायिक रणनीति तयार पार्न सघाउने उद्देश्यले आज एक तालिमको आयोजना गर्यो। तालिममा सहभागीहरुलाई व्यवसायिक रणनीति राम्रो भए मात्र कुनै पनि एपले राम्रो व्यापारिक लाभ हासिलगर्न सक्ने जानकारी दिइयो।
 
सहभागीलाई आफ्ना अवसरहरु पहिल्याउन प्रेरित गर्दै थ्री एच म्यानेजमेन्टका प्रा लिका कार्यकारी प्रमुख सोहनबाबु खत्रीले एपको दीगो व्यापारिक सफलताकालागि गर्नुपर्ने मूलभूत कार्यहरुबारे छलफल गरेका थिए। 'एउटा एपनिर्माण गर्दैमा मात्रै तपाईंको व्यवसाय पूरा हुँदैन। त्यसलाई बजारमा प्रतिस्पर्धा गर्न सुरुदेखि नै उपयुक्त रणनीति अवलम्वन गरेको हुनुपर्छ,' खत्रीले भने, 'व्यवसायिक दीगोपन उद्यमशीलको कडी हो।'
 
अवसरलाई राम्ररी केलाउनुहोस् ताकि तपाईंको व्यवसायमा धेरै लगानीकर्ता पछि लाग्नेछन्। एउटा सिपालु उद्यमीले उसले भेट्टाउने भन्दा धेरै अवसरहरु सिर्जना गर्न सक्छ। 'अरुको पनि समस्या, चिन्ता, भोक वा दुविधामा व्यवसायीले आफ्नो अवसर पत्ता लगाउँछ। ती बाहेक अन्य सकारात्मक स्थितिहरुमा पनि अवसर हुन्छन्,' खत्रीले भने।
 
तालिममा अन्तर्क्रिया गर्दै सहभागीहरुले व्यवसायमा सिर्जनशील कसरी बन्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए। जवाफमा खत्रीले सम्भावित उपभोक्ताहरुको स्थानमा आफूलाई राखेर सोच्ने र उपभोक्ताहरुको आवश्यकता, बानी व्यवहार र उनीहरुको निर्णय गर्ने तरिकाबारे पर्याप्त अध्ययन गर्नुपर्ने बताएका थिए।
 
'सिर्जनशील बन्ने एउटा उपाय भनेको आफ्नो व्यवसायबारे धेरैभन्दा धेरै अध्ययन गर्नु हो। त्यसका साथै आफ्नो सिर्जनालाई सहज रुपमा प्रस्तुत गर्न सक्नुपर्छ, खत्रीले भने। उनले एप निर्माणलाई एउटा व्यवसायका रुपमा चिन्नसक्नु, सफलता पाएपछि के गर्ने भन्ने बारे पहिलै तयारी नगर्नु र प्रयोगकर्ताका गुनासोहरु नसुन्नु उद्यमशील बन्न उद्यत जोकोहीका साझा कमजोरीहरु भएको बताएका थिए।
 
तालिममा सहभागीहरुले व्यवसायका अवसर तथा मूल्य निर्धारण जस्ता विषयमा विभिन्न अभ्यासहरु गरेका थिए। 
 
एप क्याम्पका प्रतिस्पर्धीहरु हाल एप निर्माणका साथै त्यसको व्यसायिक मोडेल तय गरिरहेका छन्। मंसिर ५ माहुने अवधारणा प्रस्तुति विषयको तालिमपछि सहभागिहरुले आफ्नो एपको नमुना बुझाउनुपर्नेछ। त्यस पश्चात पर्यटन, कृषि, शिक्षा र कर्पोरेट प्रत्येक विधाका ६ वटा समूह गरी जम्मा २४ वटा समूह थप प्रतिस्पर्धाका लागि छनोट हुनेछन्। एनसेलका अनुसार प्रतिस्पर्धाबाट बाहिरिने समूहहरुलाई समेत आफ्नो एप एनसेल एपस्टोरमा राख्ने सुविधा दिइनेछ।
 
प्रतिस्पर्धामा जित्ने विषयगत उत्कृष्ट समूहहरु प्रत्येकले २ लाख ५० हजार रुपैयाँ र समग्र विजेताले थप ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने २०१५ मा हुने अन्तर्राष्ट्रिय एप सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन्।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...