सहभागीहरुलाई कर्पोरेट सल्यूसन्सबारे सुझाव

  • Get News Alerts

एनसेलले एप क्याम्पका उत्कृष्ट १५० समूहमध्ये कर्पोरेट सल्यूसन्स अन्तर्गत मोवाइलएप बनाउन चाहने सहभागीहरुलाई विषयगत ज्ञान प्रदानगर्ने उद्देश्यले आज छुट्टै सेमिनारको आयोजना गर्यो। सेमिनारमा विषयगत क्षेत्रका विज्ञहरुले एप क्याम्पका प्रतिस्पर्धीहरुलाई स्थानीय आवश्यकता र बजारलाई बुझेर एपनिर्माण गर्न सुझावदिनुभयो। सहभागीहरुलाई सम्बन्धित विषयबारे थप ज्ञान प्रदानगर्ने र प्रभावकारी एपनिर्माणका लागि हौसला प्रदानगर्न आयोजित उक्त सेमिनारमा सहभागीहरुले अन्तराष्टि्रय कारोबार गर्दा आइपर्ने समस्याहरुबारे जिज्ञासा राखेकाथिए। 
 
प्रतिस्पर्धी विद्यार्थीहरुलाई सम्बोधनगर्दै सेमिनारका प्रमुखवक्ता तथा एनसेलका कार्यकारी प्रमुख, एरिम टायलेनलरले एपनिर्माणको क्रम विश्वमा अत्यन्तै द्रूत गतिमा भइरहेको बताए। 'नेपालको सन्दर्भमा रहँदा नेपालीहरु नयाँ प्रविधिको विकास र बजारमा त्यस्ता प्रविधिको उपलब्धता बारे धेरै सुसूचित रहेछन्। बजारमा कुन मोवाइलफोन आइसक्यो भन्ने उनीहरुलाई राम्रै हेक्का रहेछ।'
 
नेपालमा मोवाइल एपको प्रयोग बढाउन स्मार्ट फोनको प्रयोग बढाउनु जरुरी हुने भएकाले यो नेपालकालागि एउटा चुनौती हो। तर स्मार्ट फोनहरुको मूल्य घटिरहेको अवस्थामा यो दिनानुदिन सम्भव हुँदै छ, टायलेनलरले भने। उनले एनसेलले देशका विभिन्न दुर्गम क्षेत्रमा आफ्नो नेटवर्क पुर्‍याउने प्रयास गरिरहको बताए। हामी सम्बन्धित सरकारी निकायबाट अनुमति कुरिरहेका छौं, उनले भने।
 
नेपालमा एपनिर्माण गर्दा निर्माताहरुले झेल्नुपर्ने समस्याबारे छलफल गरियो। सहभागीहरुले अन्तराष्टि्रय कारोबार गर्ने क्रममा झेल्नुपर्ने समस्या उल्लेख गर्दै नेपाली टेलिकम वा बैंकहरुले यसको समाधान दिनसके सहजहुने जिज्ञासा राखेकाथिए। 'हामीले हाम्रा सम्भावित ग्राहकहरुबाट पैसा लिन र विदेशी कम्पनीमा आफ्नो एप रजिस्टर गर्दा लाग्ने शुल्क कसरी तिर्न सक्छौं?, प्रतिस्पर्धाका सहभागी देव गुरागाईंले वक्ताहरुलाई सोधेका थिए। 
 
हामीले आफ्नो एकाउण्टबाट ग्राहकहरुलाई त्यस्तो कारोबारमा सहयोग गर्दै आइरहेका छौं। तर, हाम्रा ग्राहकहरुले उहाँहरुको खाताबाट सोझै त्यस्तो कारोबार गर्न भने मिल्दैन, नबिल बैंकका कार्यकारी प्रमुख विनय रेग्मीले भने। रेग्मीले नेपालका दुर्गम क्षेत्रहरुमा मोवाइल एपबाट बैंकिंग गर्न मिल्ने खालको एप भए बिजुली कम भएको अवस्थामा पनि ग्राहकले कारोबार गर्न सक्ने बताएका थिए। हुम्ला, जुम्ला लगायतका क्षेत्रमा कम्प्युटरबाट कारोबार गर्न सम्भव नभए मोवाइलबाट सहज हुन्छ। तर, त्यसको लागि उपयुक्त एप आवश्यक हुन्छ, रेग्मीले भने।
 
कार्यक्रममा वक्ताहरुले एपनिर्मातालाई एपनिर्माण गर्दा आफूले लक्षित गरेको व्यवसायलाई राम्ररी बुझ्न आग्रह गरेका थिए। मोबाइलको भविष्य नै सबै कुराको भविष्य हो। 'मोबाइल एप त्यस्तो चीज हो जसले सबै कुरालाई चलायमान बनाउँछ, ज्योति ग्रुपका निर्देशक तथा स्याकरका ट्रेडिङ्ग प्राइभेट लिमिटेडका सभापति सौरभ ज्योतिले भने।
 
त्यसैगरी हामा स्टीलका निर्देशक राजन श्रेष्ठले स्थानीयताको अनुभूति गराउने खालको एपनिर्माण गर्न सुझावदिएका थिए।
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...