देशकै सबैभन्दा ठूलो मोबाइल एप क्याम्प सुरू

  • Get News Alerts

देशकै सबैभन्दा ठूलो मोबाइल एप क्याम्प ‘एनसेल एप क्याम्प’को अन्तिम चरणको प्रतिष्पर्दा आजबाट सुरू भएको छ। मङ्गलबार एभरेष्ट होटलमा आयोजित एक कार्यक्रमबाट क्याम्प सुरू गरिएको हो। कार्यक्रममा क्याम्पका लागि ४ सय ५७ आवेदन मध्ये १ सय ५० आबेदनहरू छानिएको जानकारी पनि दिइयो। एनसेलले शिक्षा, कृषि, पर्यटन तथा कर्पोरेट सोलुसन गरि चारवटा विधामा आवेदनहरू आव्हान गरेको थियो।
 
कार्यक्रमको पहिलो सत्रमा मुख्य वक्ता रहेका एफ वानका विश्वास ढकालले ‘मोबाइल एपको बजारीकरण र सोबाट आयआर्जन’को विषयमा बोलेका थिए। 'क्यास अन एड' सुरू गरेर चर्चा कमाएका विश्वासले कुनै पनि एप बनाउँदा एप डेभेलपरले एपको सही परिकल्पना हुनुपर्नेमा विशेष जोड दिए। त्यसै गरि उनले सो एप कति पटक डाउनलोड हुन्छ, त्यसको रिटेन्सन र प्रयोगकर्ताहरु त्यसमा कतिसमयसँग रहिरहन्छन भन्ने जस्ता कुराहरुलाई विर्सन नहुने बताए। 
 
कार्यक्रमको दोस्रो चरणमा भएको प्यानल छलफलमा विभिन्न व्यक्तिहरुले नेपालमा मोबाइल एपको निर्माण बजार र बजारीकरणमा रहेको समस्याका बारेमा बोलेका थिए। प्यानल छलफलमा एनसेलका बि टु सि का प्रमुख भ्याडेट जेताभ, गोल्छा समूहका सन्जय गोल्छा, एप डेभेलेपर चन्द्रमान श्रेष्ठ, फोकस वानका आदिस श्रेष्ठ, अन्जु उप्रेती ढकाल तथा नेपाल दुरसंचार प्राधिकरणका प्रवक्ता कैलाश न्यौपाने थिए। 
 
कार्यक्रममा मुख्यगरी एप्सको बजार विस्तारमा बिधमान नेपाली कानुन बाधक रहेको अधिकाश वक्ताहरूको भनाइ रहेको थियो। विशेषगरी एपको अन्तराष्ट्रिय भुक्तानीमा समस्या रहेकोमा उनीहरूको एकमत थियो। कार्यक्रममा सहभागी डेभलपरहरुले विशेषगरी उत्पादन गरिने एपहरूको प्रतिलिपि अधिकार सुरछाका बारेमा जिघ्यासा राखेका थिए।
 
यस प्रतिस्पर्धाका विषयगत उत्कृष्ट समूहहरु प्रत्येकले २ लाख ५० हजार रुपैयाँ पाउनेछन भने विजेताले थप ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन। त्यसैगरी विजेताले सन २०१५ मा हुने अन्तराष्टि्रय एप्लिकेसन सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...